भारत र अफगानिस्तानसंग खेल्ने नेपाली यू-१९ टिमको घोषणा

nepal u19 cricket team
  • विकेटनेपाल – २२ भदौ

भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) को आयोजनामा सेप्टेम्बर १२ देखि सुरु हुने ४ टिम सहभागी हुने मैत्रीपूर्ण सिरिजका लागि आसिफ शेखको कप्तानीमा १५ सदस्यीय नेपाली यु-१९ टोलीको घोषणा भएको छ।

भारतमा हुने सिरिजमा नेपाल यु-१९ सहित भारत यु-१९, अफगानिस्तान यु-१९ र भारतको नेसनल क्रिकेट एकेडेमी यु-१९ टिम सहभागी हुँदैछन्।

सिरिज अन्तर्गत नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १२ मा एनसीए यु-१९ संग, दोश्रो खेल सेप्टेम्बर १४ मा भारत यु-१९ संग, तेश्रो खेल सेप्टेम्बर १६ मा अफगानिस्तान यु-१९ संग खेल्नेछ। लिग चरणमा सबैले एकअर्का बिरुद्ध खेलीसकेपछि लिगको पहिलो र दोश्रो हुने टिमले १८ सेप्टेम्बरमा फाईनल खेल्नेछन् भने सोहि दिन लिगको तेश्रो र चौथो टिम बीच प्लेअफ खेलिनेछ।

Aasif Sheikh
Aasif Sheikh

आसिफ शेखको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीमा त्रित राज दास, रभि शाह , बिपिन रावल, लोकेश बम, रित गौतम, पवन सर्राफ, किशोर महतो, राशिद खान, भिम शार्की, कमल सिंह ऐरी, सन्दिप जोरा, सागर ढकाल, अरुण ऐरी र मोहम्मद संसाद आलम रहेका छन्।

आसिफ शेख, पवन सर्राफ, किशोर महतो, भिम  शार्की,कमल सिंह ऐरि जस्ता खेलाडीहरुले यस अघि यु-१९ टिमको तथा रभी शाह, त्रित राज दास, रित गौतमले यु-१६ राष्ट्रिय क्रिकेट टिमको यस अघि प्रतिनिधित्व गरिसकेका छन्।

खेलाडी छनौटको आईसीसी प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक बिनोद दास, राजु खड्का र सुनोज भट्टराईको टोलीले गरेको हो। प्रतियोगितामा सहभागी हुन नेपाल सेप्टेम्बर १० तारिकमा भारत प्रस्थान गर्ने टिम व्यवस्थापक रमन शिवाकोटीले बताएका छन्।

Rit Gautam
Rit Gautam

भारत प्रस्थान गर्नु अघि नेपाली यु-१९ टिम मुख्य प्रशिक्षक बिनोद दासको रोहबरमा टियु मैदानमा अभ्यास गरेको थियो। प्रतियोगिता खेल्ने टिमको छनौट ट्यालेन्ट हन्ट मार्फत गरिएको थियो जसबाट छानिएका प्रतिभाहरुमध्ये ४४ हुँदै २२ जना खेलाडीहरु अभ्यास गरेका थिए। २२ जना मध्येबाट अन्तिम १५ खेलाडी सम्मिलित टिमको घोषणा गरिएको हो।

खेलतालिका –

सेप्टेम्बर १२ : भारत यु-१९ Vs अफगानिस्तान यु-१९  , नेपाल यु-१९ Vs एनसीए यु-१९
सेप्टेम्बर १४ : नेपाल यु-१९ Vs भारत यु-१९  , एनसीए यु-१९ Vs अफगानिस्तान यु-१९
सेप्टेम्बर १६ : एनसीए यु-१९ Vs भारत यु-१९  , नेपाल यु-१९ Vs अफगानिस्तान यु-१९
सेप्टेम्बर १८ : लिग बिजेता Vs लिग उपविजेता  , तेश्रो Vs चौथो, प्लेअफ





थप समाचार

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]