IPL : हैदरावादको पहिलो जित, पन्जाब पुछारमा पुग्दा हैदरावाद पाँचौ स्थानमा

पन्जाब किंग्सलाई ९ विकेटले पराजित गर्दै सनराइजर्स हैदरावादले आईपीएल १४ मा पहिलो जित दर्ता गरेको छ। चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा सम्पन्न खेलमा पन्जाबले दिएको १२१ रनको लक्ष्य हैदरावादले १ विकेट गुमाएर १८.४ ओभरमा पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा हैदरावादका ओपनर डेभिड वार्नर र जोनी बेयरस्टोले ७३ रनको ओपनिंग साझेदारी गरे। वार्नर ३७ रन बनाएर आउट भएपछि बेयरस्टो र विलियमसनले टिमलाई जितसम्म पुर्याए।

बेयरस्टोले अविजित ६३ रन बनाए जुन क्रममा ५६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। विलीयमसनले अविजित १६ रन बनाए।

पन्जाबको लागि एक मात्र विकेट फाबीयन एलेनले लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको पन्जाबले १९.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १२० रन बनाएको थियो।

पन्जाबको लागि मायाँक अग्रवाल र शाहरुख खानले सर्वाधिक २२ रन, क्रिस गेलले १५ रन, मोईसेस हेनरिक्सले १४ रन तथा दिपक हुडाले १३ रन योगदान दिए। कप्तान केएल राहुल ४ रन बनाएर आउट भए भने निकोलस पुरनले खाता खोल्न सकेनन्।

हैदरावादको बलिंगमा खलिल एहमदले सर्वाधिक ३ विकेट ( ४-०-२१-३ ) तथा अभिसहेक शर्माले २ विकेट ( ४-०-२४-२ ) लिए। भुवनेश्वर कुमार, सिद्धार्थ कौल र राशिद खानले समान १ विकेट लिए।

लिगमा चौथो खेल खेल्दा हैदरावादको यो पहिलो जित हो भने समान खेल खेल्दा पन्जाबको तेश्रो हार हो। हार पछि पन्जाब अंकतालिकाको पुछारमा पुगेको छ भने हैदरावाद पाँचौ स्थानमा उक्लेको छ। समान २ अंक रहेता पनि कोलकाता, राजस्थान र पन्जाब नेट रन रेटमा पछि रहँदै छैठौं, सातौँ र आठौँ स्थानमा रहेका छन्।

लिग अन्तर्गत आजको दोश्रो खेलमा कोलकाता र चेन्नाई प्रतिस्पर्धा गर्दैछन्।

यो पनि पढ्नुस 

https://wicketnepal.com/rizwan-qadir-utkrist-pak-win-wn21/

https://wicketnepal.com/nep-vs-mal-rep-m5-tri-ser/

https://wicketnepal.com/icc-ranking-kushal-shirsh-100/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy