हैदराबादलाई पराजित गर्दै दिल्ली पुग्यो दोश्रो स्थानमा

  • विकेटनेपाल, बैशाख-१ 

इन्डियन प्रिमियर लिग अन्तर्गत ३० औं खेलमा दिल्ली क्यापिटल्सले सराइजर्स हैदराबादलाई ३९ रनले पराजित गरेको छ।

जितसंगै लिगमा ८ खेल खेल्दा पाँचौ जितको साथ दिल्ली १० अंक बटुल्दै दोश्रो स्थानमा उक्लेको छ। हैदराबाद भने ७ खेलमा चौथो हार बेहोर्दै छैठौं स्थानमा यथावत रहेको छ।

हैदराबादको राजिभ गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा दिल्लीले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा हैदराबादले १८.५ ओभरमा सबै विकेट गुमाएर ११६ रनमा समेटियो।

७२/१ देखि ११६/१० , दिल्लीको नाटकीय जित

१५६ रनको लक्ष्य पछ्याउने क्रममा हैदराबाद ओपनर जोन्नि बेयरस्टो र डेभिड वार्नरले ७२ रनको साझेदारी गरे। दशौँ ओभरमा बेयरस्टो ४१ रन ( ३१ बलमा ५ चौका र १ छक्का ) बनाएर केमो पौलको बलमा क्याच आउट भए।

बेयरस्टोको विकेटपछि हैदराबादले लगातार विकेट गुमायो। कप्तान विलियमसन ३ रन, रिकी भुइ ७ रन, बनाएर आउट भए। विलियमसन र भुइलाई केमो पौलले क्याच आउट गरे।

एक किनार सम्हालीरहेका वार्नर १७ औं ओभरमा आउट हुँदा हैदराबाद समस्यामा पुग्यो। ५१ रन बनाएका वार्नरले ४७ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

७२/१ ( ९.५ ओभर ) बाट वार्नर आउट हुँदा १०६/४ ( १६.२ ओभर ) मा पुगेको हैदराबाद त्यसपछि सम्हालिन सकेन र नाटकीय रुपमा लगातार विकेट गुम्न पुग्यो। भिजय शंकर १ रन, दिपक हुडा ३ रन तथा राशिद खान खाता नखोली आउट भए।

फलस्वरूप १८.५ ओभरमा हैदराबादले ११६ रनमा सबै विकेट गुमाउन पुग्यो। ७२ रन बनाउदा १ विकेट गुमाएको हैदराबादले थप ४४ रन बनाउदा बाँकी ९ विकेट गुमाउन पुग्यो।

दिल्लीको लागि बलिङ्गमा कागीसो रबाडाले सर्वाधिक ४ विकेट ( ३.५-०-२२-४ ) हात पारे भने क्रिस मोरिस ( ३-०-२२-३ ) र केमो पौल ( ४-०-१७-३ ) ले ३/३ विकेट लिए।

दिल्लीको ब्याटिंग    

यस अघि दिल्लीले टस हारेर ब्याटिंग गर्ने क्रममा दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो।

कप्तान श्रेयस ऐयरले सर्वाधिक ४५ ( ४० बलमा ५ चौका ) , कोलिन मुनरोले ४० ( २४ बलमा ४ चौका र ३ छक्का ), रिशभ पन्तले २३ ( १९ बलमा ३ चौका ) योगदान दिएका थिए।

हैदराबाद बलर खलिल एहमदले ३ सर्वाधिक ३ विकेट ( ४०-३०-३ ) लिए। भुवनेश्वर कुमार ( ४-०-३३-२ ) ले २ विकेट तथा अभिषेक शर्मा ( १-०-१०-१ ) र राशिद खान ( ४-०-२२-१ ) ले १/१ विकेट लिएका थिए।

सन्दिपले पाएनन् मौका :- 

दिल्लीले सन्दिप लामिछानेलाई लगातार दोश्रो खेलमा पनि मौका दिएन। अघिल्लो खेलमा उनको सट्टा केमो पौललाई स्थान दिईएको थियो भने आज अर्का लेग स्पिनर अमित मिश्रा र केमो पौललाई स्थान दियो भने राहुल तेवतियालाई पनि बाहिर राख्यो।

सन्दिपले लिगमा अन्तिम खेल बैंगलोरसंग खेलेका थिए जुन खेलमा १ विकेट लिंदा ४६ रन खर्चेका थिए। त्यस अघि हैदराबादसंगको खेलमा सन्दिपले १ विकेट लिन ३२ रन खर्चेका थिए। नेपाली लेग स्पिनरले पन्जाब बिरुद्ध २ विकेट तथा कोलकाता बिरुद्ध १ विकेट लिएका थिए।





थप समाचार

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनसिएएसए) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]