युएईमा जारि आईपीएल २०२० अन्तर्गत ११ औं खेलमा श्रेयस ऐयरको कप्तानिमा रहेको दिल्ली क्यापिटल्स र डेभिड वार्नरको कप्तानिमा रहेको सनराइजर्स हैदराबादबिच प्रतिस्पर्धा भइरहेको छ।
अबुधाबी स्थित शेख जायद स्टेडियममा टस हारेर ब्याटिंग गरेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६२ रन बनाउदै दिल्लीलाई १६३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
हैदरावादको लागि ओपनर इंगलिस ब्याट्सम्यान जोनी बेयरस्टोले सर्वाधिक ५३ रन बनाए। उनले ४८ बलमा २ चौका र १ छक्का हिर्काए। अर्का ओपनर कप्तान डेभिड वार्नरले ३३ बलमा ४५ रन बनाए जुन क्रममा ३ चौका र २ छक्का हिर्काए। सिजनमा पहिलो खेल खेल्ने क्रममा केन विलियमसनले २६ बलमा ५ चौका मद्दतले ४१ रन बनाए। लिगमा डेब्यु गरेका ब्याट्सम्यान अब्दुल सामदले ७ बलमा १ छक्का र १ चौका प्रहार गर्दै अविजित १२ रन बनाए। अभिषेक शर्मा १ रनमा अविजित रहे भने मनिष पाण्डेले ३ रन बनाए।

राम्रो सुरुवात गर्ने क्रममा कप्तान डेभिड वार्नर र जोनी बेयरस्टोले ७७ रनको ओपनिंग साझेदारी गरे। १० औं ओभरमा लेग स्पिनर अमित मिश्रालाइ रिभर्स स्विप गर्ने क्रममा उनि ग्लब्समा बल लागेर विकेटकिपर पन्तबाट समातिन पुगे। मिश्राले १२ औं ओभरमा दोश्रो विकेट लिए जुन क्रममा मनिष पाण्डे ठुलो सट खेल्ने क्रममा क्याच आउट हुन पुगे।
पहिलो खेलमा मौका पाएका केन विलियमसनसंग ओपनर बेयरस्टोले तेश्रो विकेटको लागि ५२ रनको साझेदारी गरे।

१८ औं ओभरम बेयरस्टोलाई कागीसो रबाडाले क्याच आउट गरे। अन्तिम ओभरमा विलियमसनलाई रबाडाले अक्षर पटेलबाट क्याच आउट गरे। अब्दुल समद र अभिषेक शर्मा अविजित रहे।
दिल्लीको बलिंगमा अमित मिश्र ( ४-०-३५-२ ) र कागीसो रबाडाले ( ४-०-२१-२ ) ले समान २ विकेट लिए। एनरिक नोर्किया ( ४-०-४०-० ) , इशान्त शर्मा ( ३-०-२६-० ) , मार्कस स्टोइनिस ( ३-०-२२-० ) र अक्षर पटेल ( २-०-१४-० ) विकेटविहिन रहे।

लिगमा पहिलो पटक हैदरावादले केन विलियमसनलाई अन्तिम११ मा मौका दिएको छ। विलियमसन भित्र हुँदा अलराउण्डर मोहम्मद नाबी बाहिरीका छन्। अघिल्लो खेलमा सुस्त ब्याटिंग गरेपछि आलोचित रिद्दिमान शाहको सट्टा अन्तिम-११ मा हैदरावादले दायाँ हाते १८ वर्षीय ब्याट्सम्यान अब्दुल समदलाई डेब्यु गर्ने मौका दिएको छ। उनि जम्मु कश्मिरका खेलाडी हुन् जसलाई पूर्व भारतीय क्रिकेटर इरफान पठानले प्रशिक्षण दिएका थिए।
लिग अन्तर्गत दिल्ली यस अघि खेलिएको २ खेलमा चेन्नाई र पन्जाबलाई पराजित गर्दै ४ अंकसहित अंकतालिकामा पहिलो स्थानमा रहेको छ। अर्कोतर्फ हैदरावाद कोलकाता र बैंगलोरसंग पराजित हुँदै अंकविहिन रहँदै पुछारमा रहेको छ।
भरतपुर महानगरपालिकाद्वारा धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० लाख प्रदान
“मात्र ६ बलको कुरा थियो, उनि ( इशान किशन ) ब्याटिंग गर्न जानुपर्थ्यो” – गावस्कर
