युएईमा जारी १३ औं आईपीएल अन्तर्गत आठौँ खेलमा शनिवार दिनेश कार्तिक कप्तानीको कोलकाता नाइट राइडर्स र डेभिड वार्नर कप्तानीको सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्दैछन्। दुवै टिम अंकतालिकामा समान १/१ हार पछि सातौँ र आठौँ स्थानमा रहेका छन्। शेख जायद स्टेडियम, अबुधाबीमा हुने खेल नेपाली समय राति ७:४५ बजे सुरु हुनेछ।
खेलमा टस जितेर सनराइजर्स हैदरावादले ब्याटिंग गर्ने निर्णय गरेको छ। टिमले घाइते खेलाडी शन मार्शको सट्टा अफगानि अलराउण्डर मोहम्मद नाबीलाई मौका दिएको छ। यस्तै विजय शंकरको सट्टा रिद्दिमान शाहलाई मौका दिईएको छ। कोलकाताले कमलेश नगरकोटी र रिद्दिमान शाहलाई मौका दिएको छ भने सन्दिप शर्मा र विजय शंकरलाई बाहिर राखेको छ।
कोलकाताको अन्तिम ११ : सुनिल नारायण, शुबमन गिल, दिनेश कार्तिक ( विकेटकिपर, कप्तान ) , नितिश राना, ओएन मोर्गन, आन्द्रे रसेल, प्याट कमिन्स, शिभम माभी, ,कुलदिप यादव, कमलेश नगरकोटी र वरुण चक्रवर्ती
हैदरावादको अन्तिम ११ : जोनी बेयरस्टो, डेभिड वार्नर ( कप्तान ) , मोहम्मद नाबी, मनिष पाण्डे, रिद्दिमान शाह, अभिषेक शर्मा, प्रियम गर्ग, राशिद खान, भुवनेश्वर कुमार, खलिल एहमद, टि. नटराजन
कोलकाताको पछिल्लो खेल : पहिलो खेलमा कोलकाता मुम्बईसंग ४९ रनले पराजित हुने क्रममा मुम्बईले दिएको १९६ रनको लक्ष्य पछ्याउने क्रममा १४६ रन मात्र बनाउन सकेको थियो। विस्तृतमा पढ्नुस
हैदरावादको पछिल्लो खेल : बैंगलोरसंग १० रनले पराजित भएको हैदरावादले १६४ रनको लक्ष्य पछ्याउने क्रममा राम्रो सुरुवातको बबज्दु १५३ रन मात्र बनाउन सकेको थियो। १२१/२ को अवस्थाबाट टिमले थप ३२ रन जोड्दा सबै विकेट गुमाउन पुगेको थियो। विस्तृतमा पढ्नुस
हेड टु हेड : दुइ टिमले एकअर्कासंग कुल १७ खेल खेलेका छन् जसमध्ये १० खेलमा कोलकाता र ७ खेलमा हैदरावाद विजयी भएको छ। २०१९ मा कोलकाता र हैदरावादले १/१ खेल जितेको थियो। अन्तिम ५ खेलमा हैदरावादले ३ वटा र कोलकाताले २ खेल जितेको छ। अन्तिम पटक २०१९ मा खेल्दा ६ विकेटको जित दर्ता गर्ने क्रममा हैदरावादले दिएको १८२ रनको लक्ष्य कोलकाताले अन्तिम ओभरमा भेटाएको थियो। आन्द्रे रसेलले १९ बलमा ४९ रन बनाउदै जितमा अहम योगदान दिएका थिए।
रोचक रेकर्ड :
१. कोलकाताका आन्द्रे रसेल आईपीएलमा १,५०० रन पुरा गर्न ८९ रन टाढा छन्। उनले ६५ खेलमा ३२.८१ को औशत र १८५.१७ को स्ट्राइक रेटले ८ अर्धशतक प्रहर गर्दै १,४११ रन बनाएका छन्।
२. कोलकाताका सुनिल नारायण ५० आईपीएल छक्का पुरा गर्न ५ विकेट मात्र टाढा छन्। हालसम्म आईपीएलमा ४८ जना खेलाडीले ५० भन्दा बढी छक्का हिर्काएका छन्।
३. हैदरावादका फास्ट बलर सन्दिप शर्मा आईपीएलमा १०० विकेट पुरा गर्न ५ विकेट टाढा रहेका छन्। उनले कुल ८० खेलमा ९५ विकेट लिएका छन्। १४ जना खेलाडीले मात्र आईपीएलमा १०० भन्दा बढी विकेट लिएका छन्। सबैभन्दा धेरै लासिथ मालिंगाले १७० विकेट लिएका छन्।
चेन्नाईको संघर्षको पछाडी रैनाको अभाव, प्रशिक्षक फ्लेमिंगले स्वीकारे
जितपछि दिल्ली कप्तानले यी खेलाडीहरुलाई दिए श्रेय, धोनीले भने-“खराब खेल रह्यो”
किन दिदैन दिल्लीले सन्दिपलाई मौका ?