१४ औं आईपीएल अन्तर्गत छैठौं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ। हैदरावादको भने लिगमा यो लगातार दोश्रो हार हो।
चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा सम्पन्न खेलमा बैंगलोरले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो।
लक्ष्य पछ्याउने क्रममा ओपनर ऋद्धिमान शाह १ रन बनाएर आउट भएपछि दोश्रो विकेटको लागि अर्का ओपनर तथा कप्तान डेभिड वार्नरले मनिष पाण्डेसंग ८३ रनको साझेदारी गरे। १४ औं ओभरमा वार्नरलाई कायल जेमिसनले क्याच आउट गराए जस अघि उनले ३७ बलमा ७ चौका र १ छक्का मद्दतले ५४ रन बनाए।

जित सहज देखिएको बेला १७ औं ओभरमा देब्रे हाते स्पिनर शाहबाज एहमदले एकै ओभरमा ३ विकेट लिंदै बैंगलोरलाई खेलमा फर्काए। त्यसक्रममा ओभरको पहिलो बलमा १२ रन बनाएका जोनी बेयरस्टो क्याच आउट भए। लगत्तै बलमा ३८ रन बनाएका मनिष पाण्डे क्याच आउट भए। ओभरको अन्तिम बलमा खाता नखोलेका अब्दुल समदलाई आफैद्वारा एहमदले क्याच आउट गराए। फलस्वरुप एक ओभरको अन्तरमा ११५/२ बाट हैदरावाद १७ ओभरमा ११६/५ को अवस्थामा पुग्यो।
त्यसपछि पनि हैदरावादको विकेट जाने शिलशिला रोकिएन। ३ रन बनएका विजय शंकरलाई हर्षल पटेलले १८ औं ओभरमा तथा १९ औं ओभरमा ४ रन बनएका जेसन होल्डरलाई मोहम्मद सिराजले क्याच आउट गराए।
अन्तिम ओभरमा जितको लागि हैदरावादलाई १६ रन आवस्यक रह्यो। ओभरको तेश्रो बलमा राशिद खानले हर्षल पटेलको नो बलमा चौका हिर्काए। ९ बलमा १८ रन बनाएका राशिद चौथो बलमा रन आउट हुन पुगे। लगत्तै बलमा पटेलले शाहबाज नदीम पनि खाता नखोली क्याच आउट हुन पुगे।

बैंगलोरको बलिंगमा शाह्बाज नदीमले ३ विकेट लिए जुन क्रममा २ ओभरमा मात्र ७ रन खर्चिए। हर्षल पटेल ( ४-०-२५-२ ) र मोहम्मद सिराज ( ४-१-२५-२ ) ले समान २ विकेट तथा कायल जेमिसनले १ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १४९ रन बनाएको थियो।
बैंगलोरको लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ५९ रन बनाए जुन क्रममा उनले ४१ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। कप्तान बिराट कोहलीले ३३ रन बनाए।
सनराइजर्स हैदरावादको बलिंगमा जेसन होल्डरले सर्वाधिक ३ विकेट ( ४-०-३०-३ ) लिए। राशिद खानले २ विकेट ( ४-०-१८-२ ) तथा भुवनेश्वर कुमार, शाहबाज नदीब र टि नटराजनले समान १ विकेट लिए।
यो पनि पढ्नुस
https://wicketnepal.com/babar-aakramak-batting-wn21/
https://wicketnepal.com/tri-ser-nep-team-ann-wn21/
