वार्नर र बेयरस्टोको कीर्तिमानी ब्याटिंग तथा नबिको उत्कृस्ट बलिंग, हैदराबादसंग बैंगलोर पराजित

  • विकेटनेपाल, चैत-१७ 

ठुला नामहरुले भरिएको तथा भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोरले भारतमा जारि इन्डियन प्रिमियर लिगमा लगातार तेश्रो हार बेहोरेको छ।

हैदराबादको राजिभ गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा घरेलु टिम हैदराबादले बैंगलोरलाई ११८ रनको विशाल अन्तरले पराजित गरेको हो।

जितसंगै आईपीएल अंकतालिकामा ३ खेलमा २ जित र १ हार बेहोरेको हैदराबाद शिर्षस्थानमा उक्लेको छ। समान हार/जित भए पनि नेट रन-रेटको आधारमा कोलकाता दोश्रो र दिल्ली तेश्रो स्थानमा रहेको छ। बैंगलोर भने तालिकाको तल्लो स्थानमा रहेको छ।

वार्नर र बेयरस्टोको शतक 

खेलमा टस हारेर ब्याटिंग गरेको हैदराबादले २० ओभरमा २ विकेट गुमाएर २३१ रनको योगफल तयार गरेको थियो।

लगातार तेश्रो खेलमा पहिलो विकेटको रुपमा हैदराबादको लागि जोनी बेयरस्टो र डेभिड वार्नरले १८५ रन जोडे। यो आईपीएल इतिहासमै पहिलो विकेटको लागि सर्वाधिक रनको साझेदारी हो । यस अघि यो रेकर्ड गौतम गम्भीर र क्रिस लिनले कोलकाताको लागि खेल्ने क्रममा १८४ रनको साझेदारी गरेपछि रहेको थियो।

१६.२ ओभरमा बेयरस्टो ११४ रन बनाएर आउट हुँदा हैदराबादले १८५ रन बनाईसकेको थियो। बेयरस्टोले मात्र ५६ बलमा ७ छक्का र १२ चौका प्रहार गरे।

बेयरस्टोको विकेटपछि वार्नरले पनि इनिंगको अन्तिम ओभरमा शतक पुरा गरे र १०० रनमा अविजित रहे। ५५ बलमा उनले ५ चौका र समान छक्का प्रहार गरे।

बैंगलोरको लागि १ मात्र विकेट युझभेन्द्र चाहलले लिए जसले ४ ओभरमा ४४ रन खर्चिए।

बैंगलोरको कमजोर ब्याटिंग  

२३२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा बैंगलोरले कमजोर सुरुवात गर्यो जुन क्रममा पहिलो ६ विकेट ३५ रनमै गुमाउन पुग्यो।

ओपनर पर्थिभ पटेल ११ रन, हेटमेयर ९ रन, ए बि डीभिल्लीयर्स १ रन, बिराट कोहली ३ रन, मोईन अलि २ रन तथा शिभम दुबे ५ रन बनाएर आउट भए।

सातौँ विकेट गुमेपछि कोलिन डी ग्राण्डहोमले ३७ रन बनाएर इनिंग बढाउने प्रयास गरे पनि जित भन्दा बैंगलोर निकै पर रह्यो। १९.५ ओभरमा ११३ रनमा उसले सम्पूर्ण विकेट गुमाउन पुग्यो र ११८ रनको हार बेहोर्यो।

बैंगलोरलाई सस्तोमा समेट्न मोहम्मद नबिले ४ विकेट लिए जुन क्रममा मात्र ११ रन खर्चिए। त्यस क्रममा उनले पर्थिभ पटेल, हेटमेयर, डी भी लियर्स र दुबेलाई आउट गरे। यस्तै सन्दिप शर्माले ३ विकेट लिन ३.५ ओभरमा १९ रन खर्चिए।

( फोटोहरु – आईपीएल )

 





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]