IPL : रोकियो हैदरावादको हारको शिलशिला

२०७८ आश्विन ११, सोमबार २३:३७

राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै सनराइजर्स हैदरावादले लगातार ५ खेलमा हारपछि छैठौं खेलमा जित हात पार्दै राहतको स्वास फेरेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न खेलमा राजस्थानले दिएको १६५ रनको लक्ष्य हैदरावादले ३ विकेट गुमाएर १८.३ ओभरमा पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा ओपनर जेसन रोय र ऋद्धिमान साहाले ५७ रनको साझेदारी गरे। पाँचौ ओभरमा साहा आउट भएपछि रोयले र केनविलियमसनसंग ५७ रन जोडे। १२ औ ओभरमा रोय आउट भए पछि प्रियम गर्ग पनि आउट भए। त्यसपछि विलियमसनले चौंथो विकेटको लागि ४८ रनको साझेदारी गर्दै टिमलाई सहज जित दिलाए। राजस्थानको लागि मुस्तफिजुर रहमान, महिपाल लोमरोर र चेतन सकरियाले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट क्षेतीमा १६४ रन बनाएको थियो।

राजस्थानको लागि कप्तान सन्जु स्यामसनले सर्वाधिक ८२ रन बनाए जुन क्रममा ५७ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। यस्तै यसस्वी जैसवालले ३६ तथा मनिपाल लोमरोरले अविजित २९ रन बनाए। ओपनर इभिन लुइस सुरुवातमै आउट भएपछि दोश्रो विकेटको लागि स्यामसनले ५६ रन को साझेदारी गरे। त्यसपछि उनले चौंथो विकेटको लागि लोमरोरसंग ८४ रनको साझेदारी गरे।

हैदरावादको बलिंगमा सिद्धार्थ कौलले २ तथा सन्दिप शर्मा, भुवनेश्वर कुमार र राशिद खानले समान १ विकेट लिए।

जितपछि पनि हैदरावाद १० खेलमा २ जित र ८ हार पछि २ अंक सहित अंकतालिकाको पुछारमा रहेको छ। हार पछि राजस्थान १० खेलआम ४ जित र ६ हार पछि छैठौं स्थानमा रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy