श्रीलंकाको पहिलो जित, अफगानिस्तान ३४ रनले पराजित

अफगानिस्तानलाई ३४ रनले ( डीएल मेथड ) पराजित गर्दै श्रीलंकाले जारि एकदिवसीय विश्वकपमा पहिलो जित दर्ता गरेको छ।

श्रीलंका पहिलो खेलमा न्युजिल्याण्डसंग १० विकेटले पराजित भएको थियो भने अफगानिस्तान अस्ट्रेलियासंग ७ विकेटले पराजित भएको थियो।

खेलमा श्रीलंकाले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले १५२ रन मात्रै बनाउन सकेको हो। श्रीलंकाले पहिले ब्याटिंग गर्ने क्रममा २०१ रन बनाए पनि वर्षाको कारण ओभर ४१ बनाईएकोले अफगानिस्तानले ४१ ओभरमा १८७ रनको लक्ष्य पाएको थियो।

लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान ओपनर मोहम्मद शहजाद र हज्रतुल्लाह जजईले ३४ रनको ओअप्निंग साझेदारी गरे पनि त्यसपछि लगातार विकेट गुमाउन पुग्यो।

७ रन बनाएका शाहजादलाई मलिंगाले आउट गरेपछि रहमत शाह २, हाश्मतुल्लाह शाहिदी ४, मोहम्मद नाबी ११ रन तथा जजई ३० रन बनाएर आउट भए।

छैठौं विकेटको लागि नाजिबुल्लाह जद्रान र कप्तान गुल्बदीन नैबले ६४ रनको साझेदारी गर्दै अफगानिस्तानलाई अघि बढाए। २५ औं ओभरमा नैब २३ रन बनाएर आउट भएपछि श्रीलंका खेलमा फर्कियो।

एक किनार सम्हाल्दै अफगानिस्तानलाई जितको आशा दिलाएका नजिबुल्लाह जद्रान ३२ औं ओभरमा ४३ रन बनाएर आउट भए। उनले ५६ बलमा ६ चौका प्रहार गरे।

३२.४ ओभरमा अफगानिस्तान १५२ रनमा समेटिन पुग्यो।

श्रीलंकाको बलिंगमा नुवान प्रदिपले सर्वाधिक ४ विकेट ( ९-१-३१-४ ), लासिथ मालिंगाले ३ ( ६.४-०-३९-३ ) तथा इसुरु उडाना र थिसारा परेराले १/१ विकेट लिए। करियरकै उत्कृस्ट बलिंग गरेका प्रदिप खेलको प्लेयर अफ द म्याच समेत चुनिए। स्कोरकार्ड  अंकतालिका 

नाबीको उत्कृस्ट बलिंग 

यस अघि पहिले ब्याटिंग गरेको श्रीलंकाले ३६.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर २०१ रन बनाएको थियो। ३३ ओभरमा १८२/८ को योगफल रहंदा वर्षाले खेल रोकिएपछि खेल ४१ ओभरमा छोट्याइएको थियो। बाँकी २ विकेट गुमाउदा श्रीलंकाले थप १९ रन जोड्यो।

श्रीलंकाको लागि ओपनर कुशल परेराले सर्वाधिक ७८ रन बनाए। कप्तान डिमुथ करुनारत्नेले ३०, लहिरु थिरमानेले २५, सुरंगा लक्मलले अविजित १५ , इशुरु उडानाले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

श्रीलंकाको लागि ओपनर कुशल परेरा र डिमुथ करुनारत्नेले पहिलो विकेटको रुपमा ९२ रन जोडेका थिए। डिमुथ ३० रन बनाएर आउट हुँदा दोश्रो विकेटको लागि परेराले लाहिरु थिरमानेसंग ५२ रनको साझेदारी गरे। थिरमानेलाई अफ स्पिनर मोहम्मद नाबीले २५ रनको व्यक्तिगत योगफलमा आउट गरे पछि श्रीलंकाले लगातार विकेट गुमाउन पुग्यो।

कुशल मेन्डिस २ रन, एन्जेलो म्याथुज र धनन्जय डी सिल्भा खाता नकोहली, थिसारा परेरा २ तथा इशुरु उडाना १० रन बनाएर आउट भए। एक किनारमा विकेट जोगाईराखेका परेरा पनि ३३ औं ओभरमा आउट भए। ७८ रन बनाउने क्रममा उनले ८१ बलमा ८ चौका प्रहार गरे।

अफगानिस्तानको लागि अनुभवी अफस्पिनर मोहम्मद नाबीले ४ विकेट ( ९-०-३०-४ ) लिए। यस्तै दौलत जद्रान ( ४-०-१९-१ ) , ,हमिद हसन ( ७-०-५३-१ ) र राशिद खान ( ६-१-१४-१ ) ले १/१ विकेट लिए।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]