अफगानिस्थानलाई पराजित गर्दै श्रीलंका फाइनलमा, भारतसंग फाइनल पक्का

  • विकेटनेपाल, असोज १९ 

बंगलादेशमा जारि यु-१९ युथ एसिया कप प्रतियोगताको फाइनलमा भारत र श्रीलंकाले प्रतिस्पर्धा गर्ने पक्का भएको छ।

शुक्रबार सम्पन्न दोश्रो सेमीफाइनलमा श्रीलंकाले अफगानिस्थानलाई ३१ रनले पराजित गर्दै भारतसंगको फाइनल पक्का गरेको हो। भारतले यस अघि बिहिबार सम्पन्न पहिलो सेमीफाइनलमा बंगलादेशलाई २ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

प्रतियोगिताको फाइनल आइतबार शेरे बांग्ला स्टेडियम ढाकामा खेलिनेछ।

श्रीलंकाको अपराजित यात्रा, अफगानिस्तान स्तब्ध 

गत बर्षको बिजेता टिम अफगानिस्थानलाई श्रीलंकाले ३१ रनले पराजित गर्दै दोश्रो पटक फाइनल पुग्ने सपना चकनाचुर पार्यो।

टस जितेर शेरे बांग्ला स्टेडियममा श्रीलंकालाई ब्याटिंगको निम्तो दिएपछि श्रीलंकाले ५० ओभरमा ७ विकेट गुमाएर २०९ रनको योगफल तयार गरेको थियो।

पहिलो ४ विकेट ४२ रनको स्कोरमा गुमाएको श्रीलंकाको लागि नुवानिडु फर्नान्डोले शतकीय इनिंग खेल्दै स्कोर २०० पार गराएका थिए। १११ रन बनाउने क्रममा उनले १२९ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। अफगानिस्थान बलर अब्दुल रहमानले सर्वाधिक ३ विकेट ( ९-२-४२-३ ) हात पारे।

२१० रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्थानले राम्रो सुरुवात गरे पनि निरन्तर अन्तरालमा विकेट गुमाउन पुग्यो। ११३/२ को बलियो अवस्थामा रहेको अफगानिस्थानले त्यसपछि ६५ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन पुगेको थियो। श्रीलंका बलर शशिका दुल्शनले सर्वाधिक ४ विकेट ( ९.३-३-२४-४ ) लिए।

यस अघि पहिलो सेमीफाइनल खेलमा भारतले बंगलादेशलाई २ रनले पराजित गरेको थियो। पहिले ब्याटिंग गरेको भारतले पहिलो इनिंगमा १७२ रनमा सबै विकेट गुमाएको थियो। लक्ष्य पछ्याउने क्रममा अफगानिस्थानले २० औं ओभरमा सुरुवाति ५ विकेट ६५ रनमा गुमाएपनि त्यसपछि ३६ औं ओभरमा १३९/५ को स्कोरसम्म पुगेको थियो। जितको लागि मात्र ३४ रन आवस्यक र हातमा ५ विकेट रहेको अवस्थामा लगातार विकेट गुमाउन पुग्दा खेल मात्र २ रनले बंगलादेश हार्न पुगेको थियो।

प्रतियोगितामा नेपाल समुह चरणमा भारत र अफगानस्थानसंग पराजित हुँदै बाहिरिएको थियो भने युएई बिरुद्ध सान्त्वना जित हात पारेको थियो। समुह ‘ए’ बाट भारत र अफगानिस्तान तथा समुह ‘बि’ बाट श्रीलंका र बंगलादेश सेमीफाइनल प्रवेश गरेका थिए।

( फोटोहरु – एसीसी )





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]