बंगलादेशलाई १० विकेटले पराजित गर्दै श्रीलंका फाइनलमा

  • विकेटनेपाल, माघ ११ – बिहिबार

श्रीलंका, बंगलादेश र जिम्बाबे सम्मिलित जारि त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत श्रीलंकाले बंगलादेशलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको छ। अंकतालिकाका शिर्ष दुई टोलीहरु श्रीलंका र बंगलादेश शनिबार (२७ तारिख) मा शेरे बंगला रास्ट्रीय मैदानमा उपाधीका लागि भिड्ने छन्।

शेरे बंगला रास्ट्रीय मैदान, बंगलादेशमा भएको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको बंगलादेशले खराब ब्याटिंग गर्दै मात्र २४ ओभरमा ८२ रनमै सबै विकेट गुमायो।

बंगलादेशका लागि मुश्फिकुर रहिमले सर्बाधिक २६ रन प्रहार गरे भने दोश्रो सर्बाधिक रन अतिरिक्तको रुपमा पाएको १४ रन रह्यो । त्यस्तै सब्बिर रहमानले १० रन बनाउदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।

 

आयोजक बंगलादेशको ब्याटिंग ध्वस्त पार्नेक्रममा श्रीलंकाका सुरंगा लकमलले मात्र २१ रन खर्चेर ३ विकेट लिए। यस्तै दुश्मन्था चमेरा, लक्षण संदाकन र थिसरा परेराले २/२ विकेट हात पारे।

जवाफमा पाएको ८३ रनको झिनो लक्ष्य श्रीलंकाले बिना कुनै विकेटको क्षतिमा मात्र ११.५ ओभरमै पुरा गर्यो ।

श्रीलंकाका लागि दनुषा गुनाथिलाकाले अविजित ३५ रन बनाउन ३ चौका र २ छक्का प्रहार गर्दै ३५ बल खेले भने उपुल थरंगाले ३९ रन प्रहार गर्न १ चौका र ३ छक्का प्रहार गर्दै ३७ बल खेले ।

उत्कृस्ट बलिंग गर्दै बंगलादेशलाई सुरुवाती झट्का दिएका श्रीलंकाका सुरंगा लकमल म्यान अफ द म्याच घोषित भए ।

 

यो सँगै प्रतियोगितामा समूह चरणका खेलहरु सकिएका छन् । बंगलादेश ४ खेलबाट ३ जित र १ हार सहित १५ अंकका साथ शिर्ष स्थानमा रह्यो भने श्रीलंकाले पनि समान खेलबाट २ जित र २ हार व्यहोर्दै ९ अंकका साथ दोश्रो स्थानमा रहेको छ। जिम्बाबे भने १ मात्र जितका साथ ४ अंक सहित अन्तिममा रह्यो।

(Pictures: Bangladesh Cricket Board)





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]