भारतबिरुद्ध श्रीलंकाको शानदार जित

  • विकेटनेपाल, फाल्गुन २२ 

श्रीलंकामा सुरु भएको निधास टि-२० ट्रफी अन्तर्गत पहिलो खेलमा श्रीलंकाले भारतलाई ५ विकेटले पराजित गरेको छ। भारतले दिएको १७५ रनको लक्ष्य श्रीलंकाले १९ औ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गरेको हो। योसंगै श्रीलंकाले भारतसंग लगातार ७ वटा टि-२० मा हारको शिलशिलालाई रोकेको छ।

लक्ष्य पछ्याउने क्रममा श्रीलंकाको लागि कुशल परेराले सर्वाधिक ६६ रन प्रहार गरेका थिए जुन क्रममा उनले मात्र ३७ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै श्रीलंकन टिमको जितको आधार तयार गरेका थिए।यस्तै थिसारा परेराले अविजित २२ रन ( १० बल, २ चौका र १ छक्का ) गुनथीलकाले १९ रन तथा दासुन शनाकाले अविजित १५ रन बनाउदै टिमलाई जितसम्म पुर्याएका थिए।

१३६ रनको स्कोरमा ५ विकेट गुमाएको अवस्थामा परेरा र शनाकाले छैठौं विकेटको लागि ३९ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याएका हुन्। भारतीय बलर युज्भेन्द्र चहल र वाशिंगटन सुन्दरले समान २/२ विकेट हात पारे पनि जितसम्म पुर्याउन सकेनन्।

भारतको ब्याटिंग  

टस हारेर ब्याटिंग गरेको भारतले पहिलो इनिंगमा २० ओभरमा ५ विकेट गुमाई १७४ रन बनाएको थियो। ओपनर शिखर धवनले विस्फोटक ब्याटिंग गर्दै ६ चौका र ६ छक्का मदतले मात्र ४९ बलमा ९० रनको योगदान दिए। मनिस पाण्डेले ३७, रिसब पन्तले २३ रन योगदान दिए। श्रीलंकन बलर दुश्मन्था चमिराले सर्वाधिक २ विकेट लिए।

श्रीलंका, भारत र बंगलादेश सम्मेलित निधास ट्रफी अन्तर्गत दोश्रो खेल बिहिबार ( मार्च ८ ) बंगलादेश र भारत बीच खेलिनेछ। एकअर्कासंग २/२ वटा खेल खेलेपछि अंकतालिकामा उत्कृस्ट हुने २ टिम बीच फाइनल खेल मार्च १८ मा खेलिनेछ। प्रतियोगितामा भारतीय नियमित कप्तान बिराट कोहलीको सट्टा रोहित शर्माले कप्तानी गरिरहेका छन्।

( फोटो – श्रीलंका क्रिकेट, आईसीसी )





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]