चण्डीमलको धैर्यताले श्रीलंकासँग दक्षिण अफ्रिका पराजित

  • विकेटनेपाल, श्रावण २९ – मङ्गलबार

दिनेश चण्डीमलले धैर्यतापूर्ण ब्याटिंग गर्दै अविजित ३६ रन बनाउन ३३ बलमा ३ चौका र १ छक्का प्रहार गरेपछि श्रीलंका भ्रमणमा रहेको दक्षिण अफ्रिकाले एकमात्र टि२० खेलमा ३ विकेटको हार व्यहोरेको छ।

यस्तै जितको लागि ९९ रनको लक्ष्य पछ्याएको श्रीलंकाको लागि धनन्जय डी शिल्भाले ३१ रन बनाउँदै दोश्रो विकेटको लागि चण्डीमलसँग ५३ रनको महत्त्वपूर्ण पारि खेलेपछि जितको आधार तय भएको थियो। २६ बलको सामना गरेका शिल्भाले ४ चौका र २ छक्का प्रहार गरे। त्यसपछि लड्खडाएको पारिमा दसुन शानकाले लगातार ३ चौका सहित १६ रन बनाए भने इसुरु उदनाले १६ औं ओभरको अन्तिम बलमा बिजयी चौका प्रहार गरे।

बलिंगतर्फ दक्षिण अफ्रिकालाई १६.४ ओभरमा मात्र ९८ रनमा रोक्न लक्षण शान्दकानले ३ विकेट लिन ४ ओभरमा १९ रन खर्चिए भने अकिला धनन्जयले १५ तथा धनन्जय डी शिल्भाले २२ रन खर्चेर समान २/२ विकेट हात पारे।

यसअघि प्रेमदाषा मैदान कोलम्बोमा टस जितेर पहिले ब्याटिंग गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरको खेलमा १६.४ ओभरमा सबै विकेट गुमाउँदै ९८ रनमात्र बनाउन सक्यो। यो दक्षिण अफ्रिकाले टि२० खेलमा बनाएको सबैभन्दा न्युन स्कोर रहेको छ। उसका लागि ब्याटिंग तर्फ क्विन्टन डी ककले २० रन, रीज़ा हेन्ड्रीक्सले १९ रन, हेनरीच क्लासनले १८ रन बनाए। बलिंगतर्फ कागीसो रबाडा, त्रबिज़ साम्सी तथा जुनियर डालाले समान २/२ विकेट हात पारे।

ब्याटिंगतर्फ ३१ रन तथा बलिंगतर्फ २ विकेटलिन २२ रन खर्चेका धनन्जय डी शिल्भा म्यान अफ द म्याच घोषित भए।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy