श्रीलंकन स्पिनरहरुको अगाडी इंग्ल्याण्ड कमजोर

  • विकेटनेपाल, २८ कार्तिक 

श्रीलंका भ्रमण अन्तर्गत इंग्ल्याण्ड र घरेलु टिम बीच जारि दोश्रो टेस्ट पालेकेले स्टेडियममा सुरु भएको छ। ३ टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्टमा इंग्ल्याण्ड २११ रनले विजयी भएको थियो।

टेस्टको पहिलो दिन टस जितेर ब्याटिंग गरेको इंग्ल्याण्डले ७५.४ ओभर ब्याटिंग गर्दै २८५ रनमा सम्पूर्ण विकेट गुमाउन पुगेको छ।

श्रीलंकन स्पिनरहरु दिलरुवान परेरा, मालिन्डा पुस्पकुमारा र अकिला धनन्जयले राम्रो बलिङ्ग गरेपछि इंग्ल्याण्ड ठुलो योगफल बनाउन सफल रह्यो। पारेराले ४ ( २४.४-५-६१-४ ) , पुस्पकुमाराले ३ ( २३-४-८९-३ ) , तथा धनन्जयले २ ( १४-१-८०-२ ) विकेट लिए।

इंग्ल्याण्डको लागि स्याम कुरानले सर्वाधिक ६४ ( ११९ बल १ चौका र ६ छक्का ) तथा जोस बटलरले ६३ रन ( ६७ बल, ७ चौका ) योगदान दिए। ओपनर रोरी बर्न्सले ४३ रन तथा आदील रशिदले ३१ रन बनाए।

इंग्ल्याण्डको इनिंग पछि पहिलो दिननै ब्याटिंग थालेको श्रीलंकाले १२ ओभरमा १ विकेट गुमाएर २६ रन बनाएको छ। ओपनर कौशल सिल्भा ६ रन बनाएर आउट हुँदा डिमुथ करुनारत्ने १९ र मालिन्डा पुस्पकुमारा १ रन बनाएर ब्याटिंग गरिरहेका छन्। इंग्ल्याण्ड बलर ज्याक लिचले १ विकेट लिएका हुन्।

दुई टिम बीच यस अघि सम्पन्न ५ एकदिवसीयको सिरिज इंग्ल्याण्डले ३-१ ले जितेको थियो भने एक मात्र टि-२० पनि इंग्ल्याण्डले जितेको थियो।

फोटोहरु – 

( फोटोहरु – आईसीसी , श्रीलंका क्रिकेट )





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]