श्रीलंकन स्पिनरहरुको अगाडी इंग्ल्याण्ड कमजोर

२०७५ कार्तिक २८, बुधबार २०:०८

  • विकेटनेपाल, २८ कार्तिक 

श्रीलंका भ्रमण अन्तर्गत इंग्ल्याण्ड र घरेलु टिम बीच जारि दोश्रो टेस्ट पालेकेले स्टेडियममा सुरु भएको छ। ३ टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्टमा इंग्ल्याण्ड २११ रनले विजयी भएको थियो।

टेस्टको पहिलो दिन टस जितेर ब्याटिंग गरेको इंग्ल्याण्डले ७५.४ ओभर ब्याटिंग गर्दै २८५ रनमा सम्पूर्ण विकेट गुमाउन पुगेको छ।

श्रीलंकन स्पिनरहरु दिलरुवान परेरा, मालिन्डा पुस्पकुमारा र अकिला धनन्जयले राम्रो बलिङ्ग गरेपछि इंग्ल्याण्ड ठुलो योगफल बनाउन सफल रह्यो। पारेराले ४ ( २४.४-५-६१-४ ) , पुस्पकुमाराले ३ ( २३-४-८९-३ ) , तथा धनन्जयले २ ( १४-१-८०-२ ) विकेट लिए।

इंग्ल्याण्डको लागि स्याम कुरानले सर्वाधिक ६४ ( ११९ बल १ चौका र ६ छक्का ) तथा जोस बटलरले ६३ रन ( ६७ बल, ७ चौका ) योगदान दिए। ओपनर रोरी बर्न्सले ४३ रन तथा आदील रशिदले ३१ रन बनाए।

इंग्ल्याण्डको इनिंग पछि पहिलो दिननै ब्याटिंग थालेको श्रीलंकाले १२ ओभरमा १ विकेट गुमाएर २६ रन बनाएको छ। ओपनर कौशल सिल्भा ६ रन बनाएर आउट हुँदा डिमुथ करुनारत्ने १९ र मालिन्डा पुस्पकुमारा १ रन बनाएर ब्याटिंग गरिरहेका छन्। इंग्ल्याण्ड बलर ज्याक लिचले १ विकेट लिएका हुन्।

दुई टिम बीच यस अघि सम्पन्न ५ एकदिवसीयको सिरिज इंग्ल्याण्डले ३-१ ले जितेको थियो भने एक मात्र टि-२० पनि इंग्ल्याण्डले जितेको थियो।

फोटोहरु – 

( फोटोहरु – आईसीसी , श्रीलंका क्रिकेट )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy