ग्रेट हिमालय क्रिकेट एकेडेमीमा श्रीलंकन प्रशिक्षक नियुक्त

श्रीलंकन प्रशिक्षक मिहिराज वसन्थाले काठमाडौँ स्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीको ब्याटिंग प्रशिक्षक नियुक्त भएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को लेभल-३ प्रशिक्षक मिहिराज बिगत १५ वर्ष देखि प्रशिक्षकको रुपमा कार्यरत छन्। उनले श्रीलंकाको महिला राष्ट्रिय क्रिकेट टिमको २०१३ मा सहायक ब्याटिंग प्रशिक्षकको रुपमा समेत काम गरिसकेका छन्। यस्तै उनले २०१७ मा प्रशिक्षक डेभ व्हाटमोरसंग भारतको चेन्नाईमा सेन्टर अफ स्पोर्ट्स साइन्समा काम गरेका थिए।

मिहिराजले श्रीलंका, युएई, भारत र इंग्ल्यान्डमा काम गरिसकेका छन्। भर्खरै मात्र उनि भारत बैंगलोरको शिन्स क्रिकेट एकेडेमीमा प्रमुख प्रशिक्षकको भूमिकामा थिए। सन् १९९९ देखि २००६ सम्म श्रीलंकाको प्रथम श्रेणी क्रिकेट खेलेका मिहिराजले इंग्ल्यान्डमा समेत क्रिकेट लिग खेलेका थिए।

मिहिराजलाई तिन महिनाको लागि प्रशिक्षक नियुक्त गरिएको हो जो जुलाई  २०२२ सम्म नेपालमा रहनेछन्। यस क्रममा उनले ग्रेट हिमालय क्रिकेट एकेडेमीको हत्तिबन र शान्तिनगरमा रहेको एकेडेमीमा प्रशिक्षण गर्नेछन्। यस क्रममा उनले एकेडमीमा अन्तर्राष्ट्रिय स्तरमा अभ्यास सिस्टम समेत विकास गर्न सघाउने छन्।


मिहिराज नेपालमा रहंदा उनले काठमाडौँ बाहेक अन्य स्थानहरुमा समेत प्रशिक्षण शिविर संचालन गर्ने योजना एकेडेमीले बनाएको छ।

अन्तर्राष्ट्रिय स्तरको स्तरीय प्रशिक्षकलाई नियुक्त गरेकोमा ग्रेट हिमालय क्रिकेट एकेडेमीका प्रशिक्षक सुदिप शर्माले आफ्नो प्रयास खेलाडीहरुलाई सक्दो स्तरीय प्रशिक्षण प्रदान गर्ने रहेको बताए –

“हामि हाम्रो एकेडेमीमा उच्च स्तरीय प्रशिक्षकलाई स्वागत गर्न पाउँदा खुसि छौँ। ग्रेट हिमालय क्रिकेट एकेडेमीले सधैं स्तरीय प्रशिक्षण दिने प्रयास गर्दै आएको छ। अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षक नियुक्त गर्दा विद्यार्थीहरुलाई लाभ हुनेछ। यो अवधिमा उनीहरुले अनुभवी प्रशिक्षकको अन्डरमा उत्कृस्ट प्रशिक्षण प्राप्त गर्नेछन्।”

“ग्रेट हिमालय क्रिकेट एकेडेमीमा सबैभन्दा उत्कृस्ट अभ्यास सुविधा छ जसमा अब अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षक समेत जोडिएका छन्। यो कदमले युवा खेलाडीहरुलाई अझ फाइदा पुग्ने विश्वास छ।” शर्माले बताए।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]