बिपिएल : सिल्हेट सिक्सर्सको सहज जित, सन्दिपको कसिलो बलिंग प्रदर्शन

  • विकेटनेपाल – ३ माघ, बुधवार

बंगलादेश प्रिमियर लिग ( बिपिएल ) क्रिकेट अन्तर्गत सन्दिप लामिछानेको टोलि सिल्हेट सिक्सर्सले रंगपुर राईडर्सलाई २७ रनले पराजित गरेको छ। अघिल्लो खेलमा टोलीमा नपरेका सन्दिपले बुधवारभने कसिलो बलिंग प्रदर्शन गरे।

पहिले ब्याटिंग गर्दै सिल्हेटले दिएको १८८ रनको लक्ष्य लिएर मैदान उत्रिएको रंगपुर निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६० रनमा समेटिन पुग्यो।

ठूलो लक्ष्य पछ्याउने क्रममा रंगपुर राईडर्सको सुरुवात सुखद रहन सकेको थिएन। टोलीको खातामा मात्र ११ रन हुँदा ओपनर मेहेदी मरुफ (३) मेहेदी हसन रानाको बलमा निकोलस पुरनको हातबाट क्याच आउट भएका थिए।

पहिलो विकेटको ३ बलपछि रंगपुरका बिदेशी खेलाडी एलेक्स हेल्स ( ० ) समेत पभेलियन फर्किए। लगत्तै अर्को ओभरमा क्रिस गेल ( ७ ) सोहेल तनवीरको शिकार बन्दा टोलि ११/३ को खराव अवस्थामा पुगेको थियो।

त्यसपश्चात टोलीलाई उकास्न बिदेशी खेलाडी रयली रुस्सोले मोहम्मद मिथुनसंग चौथो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए। बाह्रौं ओभरको चौथो बलमा तस्किन अहमदको बलमा बोल्ड हुनअघि रुस्सोले ५८ रन जोडे। ३२ बलमा उनले ३ चौका र ४ छक्का प्रहार गरेका थिए।

रुस्सोको विकेट पश्चात मिथुन समेत धेरै समय क्रिजमा टिकेनन्। टोलीका खातामा ११७ रन हुँदा मिथुन व्यक्तिगत ३५ रनमा तस्किन अहमदको शिकार बनेका थिए। त्यसपश्चात बेन्नी हवेल १३ रन बनाएर सन्दिपको बलमा बोल्ड हुँदा टोलीले १३८ रन जोड्न ६ विकेट गुमाइसकेको थियो।

टोलीले त्यसपश्चात कुनै विकेट नगुमाएपनि निर्धारित २० ओभरमा मात्र १६० रन जोड्न सक्दा २७ रनको हार बेहोर्न पुग्यो। उसका मश्रफे मोर्तजा ३३ रनमा अविजित रहे।

सिल्हेटको बलिंगमा मेहेदी हसन राना र तस्किन अहमदले समान २-२ विकेट लिए। यस्तै सन्दिप लामिछाने र सोहेल तनवीरको नाममा समान १-१ विकेट रह्यो।

यस्तो रह्यो सन्दिपको स्पेल : 

लगातार दुई खेलमा विकेट बिहिन रहेपछि अघिल्लो खेलमा मौका नपाएका सन्दिपले बुधवारभने सानदार प्रदर्शन गरे। आफ्नो ४ ओभरको स्पेलमा कसिलो बलिंग गर्दै मात्र १८ रन दिएका सन्दिपले बेन्नी हवेलको विकेट समेत हात पारे। सन्दिपको पुरै स्पेलमा बिपाक्षि टोलिले एक समेत बाउन्ड्री प्रहार गर्न सकेको थिएन।

खेलको सातौँ ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका सन्दिपले कसिलो बलिंग गर्दै सो ओभरमा मात्र ६ रन खर्चिए। सन्दिपले सो ओभरको तेस्रो बलमा फालेको गुग्लीले रयली रुस्सोको ब्याटको बाहिरी किनारा लिनबाट जोगिएको थियो।

पहिलो ओभर : १ रन , २ रन, ० , १ रन , १ रन, १ रन

लगत्तै नवौं ओभरमा आफ्नो आफ्नो दोस्रो ओभर बलिंग गर्न आएका सन्दिप बिरुद्ध सो ओभरमा समेत दुबै ब्याट्सम्यानले मौका लिन चाहेनन्। सो ओभरमा सन्दिपले ५ रन मात्र खर्चिए।

दोस्रो ओभर : ०, १ रन, २ रन, ०, १ रन, १ रन

लगातार रुपमा तेस्रो ओभर गर्ने क्रममा सन्दिपले खेलको११ औं ओभरमा पुन: कसिलो बलिंग गरे। सो ओभरमा सन्दिपले ४ रन मात्र खर्चिएका थिए।

तेस्रो ओभर : १ रन, २ रन, १ रन, ०, ०, ०

तेस्रो ओभर पश्चात लामो ब्रेक पाएका सन्दिपले आफ्नो अन्तिम ओभर खेलको सत्रौं ओभरमा गर्ने मौका पाएका थिए। ओभरको दोस्रो बलमा सन्दिपको बलमा मश्रफे मोर्तजाले प्रहार गरेको सटमा डिपमा रहेका खेलाडीले क्याच ड्रप गरेका थिए। यद्यपी सन्दिपले विकेट लिन समय लिएनन्। ओभरको पाँचौं बलमा रिभर्स स्विप प्रहार गर्ने चक्करमा बेन्नी हावेल बोल्ड भए।

चौथो ओभर : १ रन, १ रन, ०, ०, विकेट ( बेन्नी हावेल ), १ रन

यसअघि टस हारेर ब्याटिंगको निम्तो पाएको सिल्हेटले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८७ रन जोडेको थियो। सिल्हेटका लागि लिटन दासले ७०, डेभिड वार्नरले ६१ र निकोलस पुरनले २६ रन जोडेका थिए।

आक्रमक ब्याटिंग गरेका दासले मात्र ४३ बलमा ९ चौका र १ छक्का सहित ७० रन जोडेका थिए। उनले शब्बिर रहमान ( २० ) संग पहिलो विकेटका लागि ७३ रन साझेदारी गर्दै टोलीलाई उत्कृस्ट सुरुवात दिए।

रहमानको विकेट पश्चात लिटन दासले कप्तान डेभिड वार्नरसंग दोस्रो विकेटका लागि पुन: ५६ रनको साझेदारी गरे। व्यक्तिगत ७० रनमा ब्याटिंग गर्दा दास रन आउट भएका थिए।

त्यसपश्चात ब्याटिंग गर्न उत्रिएका निकोलस पुरनले बिष्फोटक ब्याटिंग गर्दै मात्र १६ बलमा २६ रन जोडेका थिए। यस्तै अफिफ हुसेन ६ र जाकेर अलिभने खाता नखोल्दै पभेलियन फर्किएका थिए।

अर्को किनारमा अविजित रहँदै कप्तान वार्नरले भने ६१ रन जोडे।   मात्र ३६ बल खेलेका वार्नरले ६ चौका र २ छक्का प्रहार गरेका थिए। क्रिस गेलले गरेको १९ औं ओभरको दोस्रो र तेस्रो बलमा अफ स्पिनका बिरुद्ध रन जोड्न मुस्किल बनेपछि वार्नरले ओभरको बाँकी ३ बल दायाँ हाते ब्याट्सम्यान बनेर ब्याटिंग गर्दै १४ रन जोडेका थिए।

रंगपुरको बलिंगतर्फ शैफुल इस्लामले सर्वाधिक ३ विकेट लिन ४ ओभरमा ३१ रन खर्चिएका थिए। यस्तै बेन्नी हवेलको नाममा १ विकेट रहेको थियो।

 

 

 

 





थप समाचार

अर्जुन ट्रफीको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरमाथि आर्मीको जित

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

केसीए यु–१४ क्रिकेट शुक्रबारदेखि, बिजेतालाई ५० हजार

काठमाडौँ । काठमाडौँ क्रिकेट एकेडेमीको आयोजनामा हुने केसिए यु–१४ क्रिकेट प्रतियोगिता शुक्रबार ११ गतेदेखि २२ गतेसम्म हुने भएको छ। प्रतियोगितामा […]

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]