सन्दिप बिना मैदान उत्रिएको सिल्हेटको लज्जास्पद हार

  • विकेटनेपाल – १ माघ, मंगलावर

बंगलादेश प्रिमियर लिग ( बिपिएल ) क्रिकेट अन्तर्गत सन्दिप लामिछाने सम्मिलित टोलि सिल्हेट सिक्सर्सले कोमिल्ला भिक्टोरियन्स बिरुद्ध लज्जास्पद हार बेहोरेको छ।

घरेलु मैदानमा सन्दिप लामिछाने बिनानै मैदान उत्रिएको सिल्हेटलाई कोमिल्ला भिक्टोरियन्सले ८ विकेटले पराजित गर्यो। पछिल्ला दुई खेलमा लगातार विकेट बिहिन बनेपछि मंगलावरको खेलमा टोलिले सन्दिपलाई सुरुवाती ११ मा स्थान दिएन। प्रतियोगिता अन्तर्गत यसअघि ढाकामा सम्पन्न सिल्हेट र कोमिल्ला बिरुद्धको खेलमा भने सन्दिपले १६ रन खर्चिएर २ विकेट हात पारेका थिए।


सिल्हेट अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर बलिंग गर्ने निर्णय लिएको कोमिल्लाले सिल्हेटलाई १४.५ ओभरमा ६८ रनमा समेट्न पुग्यो। सिल्हेटको इनिंगमा आलोक कपालीले अविजित ३३ रन जोड्न बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। सिल्हेटका ४ ब्याट्सम्यान ० रनको स्कोरमा पभेलियन फर्किएका थिए।

घरेलु टोलीलाई सस्तैमा समेट्न कोमिल्लाका महेदी हसनले सर्वाधिक ४ विकेट हात पारे। आफ्नो ४ ओभरको स्पेलमा हसनले २२ रन खर्चिंदा डेभिड वार्नर, आन्द्रे फ्लेचर, अफिफ हुसेन र सोहेल तनवीरलाई पभेलियनको बाटो देखाएका थिए। यस्तै वाहब रियाजको नाममा भने ३ विकेट (२.५- ०-१५-३) रह्यो।

Mahedi Hasan
Mahedi Hasan

जवाफमा ६९ रनको सामन्य लक्ष्य कोमिल्लाले ११.१ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। कोमिल्लालाई जितसम्म पुर्याउन शम्शुर रहमानले अविजित ३४ तथा कप्तान इम्रुल कायसले अविजित ३० रन जोडे।

लगातार तेस्रो खेलको हारसंगै सिल्हेट अंकतालिकाको अन्तिम स्थानमा रहेको छ। ४ खेलमा १ जित र ३ हार रहेको सिल्हेटको २ अंक रहेको छ। यस्तै बिजयी टोलि कोमिल्लाभने ५ खेलमा ३ जित र २ हार सहित तालिकाको दोस्रो स्थानमा रहेको छ।

अंकतालिकाको शिर्ष स्थानमा ढाका (८ अंक), तेस्रो स्थानमा चिट्टागोंग ( ६ अंक ), चौथो स्थानमा रंगपुर ( ४ अंक ), पाँचौ स्थानमा राजशाही ( ४ अंक ) र छैठौं स्थानमा खुल्ना ( २ अंक ) रहेका छन्।

तस्बिर स्रोत : कोमिल्ला भिक्टोरियन्स 

 





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]