ब्रडले पुरा गरे ५ सय विकेट, किर्तिमान बनाउने विश्वको ७ औं बलर

इंग्ल्यान्डका दायाँ हाते तिब्र गति बलर स्टुवार्ट ब्रडले टेस्ट क्रिकेटमा ५ सयौं विकेट पुरा गरेका छन्।

यो किर्तिमान बनाउने ब्रड विश्वको सातौँ बलर बनेका छन् भने चौथो तिब्र गति बलर बनेका छन्। इंग्ल्यान्डको लागि जेम्स एण्डरसन पछि ५ सयौं विकेट लिने ब्रड दोश्रो खेलाडी बनेका छन्।

वेस्टइन्डिज बिरुद्ध जारि टेस्ट सिरिज अन्तर्गत तेश्रो टेस्टको पाँचौ दिन १९ रन बनाएका ओपनर क्रेग ब्राथवेटलाई एलबिडब्लु शिकार बनाउदै बरडले कोसेढुङ्गा पार गरेका हुन्। संयोगले अर्का इंग्ल्यान्ड बलर जेम्स एण्डरसनले पनि वेस्टइन्डिज बिरुद्ध ब्राथवेटकै विकेट लिएर ५ सय विकेट पुरा गरेका थिए।

जारि सिरिजको पहिलो टेस्टमा अन्तिम-११ मा पर्न असफल ब्रडले उत्कृस्ट कम्ब्याक गर्दै इतिहास रचेका हुन्। टेस्टको पहिलो इनिंगमा ६ विकेट लिएका ब्रडले जारि दोश्रो इनिंगमा तिन विकेट आफ्नो नाम गरिसकेका छन्।

धेरैले पढेको :– अब फ्रन्ट फुट ‘नो बल’को निर्णय थर्ड अम्पायरले गर्ने , यसै साता देखि लागु हुने

खेलको हिसाबले सबैभन्दा ढिलो ५ सयौं विकेट 

५ सयौं विकेट लिन ब्रडले १४० टेस्ट लगाएका छन्। खेलको हिसाबले यो उपलब्धि हाँसिल गर्न लगाएको यो सबैभन्दा ढिलो हो।

सबैभन्दा छिटो ५ सय टेस्ट विकेट लिने बलर श्रीलंकाका मुथैया मुरलीधरन हुन् जसले मात्र ८७ टेस्टमा उक्त उपलब्धि हाँसिल गरेका थिए। दोश्रो छिटो भारतका अनिल कुम्बलेले १०५ टेस्टमा, तेश्रो छिटो अस्ट्रेलियाका शेन वार्नले १०८ टेस्टमा उक्त कोसेढुङ्गा पार गरेका थिए। अस्ट्रेलियाकै ग्लेन म्याक्ग्राथले ११० टेस्टमा तथा वेस्टइन्डिजका कर्टनि वाल्स र जेम्स एण्डरसनले समान १२९ टेस्टमा ५ सयौं विकेट लिएका थिए।


बलको हिसाबले तेश्रो छिटो 

ब्रडले ५ सय विकेट लिन कुल २८ हजार ४ सय ३० बल लगाए जुन तेश्रो छिटो हो। सबैभन्दा ढिलो ५ सय विकेट बलको हिसाबले भारतीय लेग स्पिनर अनिल कुम्बलेले लगाएका थिए जसले कुल ३१ हजार ९ सय ५९ बल लगाएका थिए। सबैभन्दा थोरै बल लगाएका बलर अस्ट्रेलियन फास्ट बलर ग्लीन म्याकग्राथ हुन् जसले २५ हजार ५ सय २८ बलमा ५ सयौं विकेट लिएका थिए।

गलेन म्याकग्राथ : २५,५२८ बल

जेम्स एण्डरसन : २८,१५० बल

स्टुवार्ट ब्रड : २८,४३० बल

कर्टनि वाल्स : २८,८३३ बल

मुथैया मुरलीधरन : २९,५११ बल

शेन वार्न : ३०,२०० बल

अनिल कुम्बले : ३२,९५९ बल

छिटो ५ सय विकेट पुरा गर्ने बलरहरु

१.मुथैया मुरलीधरन ( श्रीलंका ) : ८७ खेल

२.अनिल कुम्बले ( भारत ) : १०५ खेल

३.शेन वार्न ( अस्ट्रेलिया ) : १०८ खेल

४.ग्लेन म्याकग्राथ ( अस्ट्रेलिया ) : ११० खेल

५.कर्टनि वाल्स ( वेस्टइन्डिज ) : १२९ खेल

६. जेम्स एण्डरसन ( इंग्ल्यान्ड ) : १२९ खेल

५ सय विकेट क्लबमा रहेका बलरहरु 

१. मुथैया मुरलीधरन ( श्रीलंका ) : ८०० विकेट ( १३३ खेल , २३० इनिंग )

२. शेन वार्न ( अस्ट्रेलिया ) : ७०८ विकेट ( १४५ खेल, २७३ इनिंग )

३. अनिल कुम्बले ( भारत ) : ६१९ विकेट ( १३२ खेल, २३६ इनिंग )

४. जेम्स एण्डरसन ( इंग्ल्यान्ड ) : ५८९ विकेट ( १५३ खेल , २८६ इनिंग, खेल जारि )

५. ग्लेन म्याकग्राथ ( अस्ट्रेलिया ) : ५६३ विकेट ( १२४ खेल, २४३ इनिंग )

६. कर्टनि वाल्स ( वेस्टइन्डिज ) : ५१९ विकेट ( १३२ खेल , २४२ इनिंग )

७. स्टुवार्ट ब्रड (  इंग्ल्यान्ड ) ५ सय विकेट ( १४० औं खेल, २५८ इनिंग , खेल जारि )

ब्रडको इतिहास 

सन् २००७ डिसेम्बरमा मा श्रीलंका बिरुद्ध सिन्हालिज स्पोर्ट्स क्लबमा टेस्ट डेब्यु गरेका ब्रडले १ वर्ष अघि एकदिवसीय र टि-२० डेब्यु गरेका थिए।

ब्रडले एकदिवसीय अन्तर्राष्ट्रियमा १२१ खेलमा १७८ विकेट तथा ५६ टि-२० अन्तर्राष्ट्रियमा ६५ विकेट आफ्नो नाम गरेका छन्। आफ्नो ब्याटिंग मार्फत पनि आफुलाई प्रमाणित गर्न नचुकेका ब्रडले १४० टेस्टको २०५ इनिंगमा ब्याटिंग गर्ने क्रममा १ शतक र १३ अर्धशतक प्रहार गर्दै १८.८७ को औशतले ३ हजार २ सय ८४ रन पनि बनाएका छन्।

धेरैले पढेको :- 

– आईसीसीद्वारा २०२३ विश्वकप छनौटको लागि नयाँ लिगको घोषणा, पढ्नुस नेपालको विश्वकप छनौट हुने बाटो

– सिपिएल टि-२० को खेल तालिका सार्वजनिक, सन्दिपको टिमको खेल कहिले छ





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]