लुइसले विस्फोटक ब्याटिंग गर्दा सेन्ट किट्सको पहिलो जित

२०७७ भाद्र ९, मंगलवार २३:३३

रोमान्चक खेलमा बार्बेडोस ट्राइडेन्टलाई ६ विकेटले पराजित गर्दै सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्सले करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० मा पहिलो जित दर्ता गरेको छ।

यस अघि ३ खेलमा सेन्ट किट्स पराजित भएको थियो। चौथो खेलमा बार्बेडोसको पनि यो तेश्रो हार हो। बार्बेडोस तालिकामा पाँचौ र सेन्ट किट्स छैठौं स्थानमा रहेको छ। समान २ अंक रहेता पनि जमैका नेट रन रेटमा अघि रहँदै चौथो स्थानमा छ।

अंकतालिका 

लुइसको विस्फोटक ब्याटिंग 

खेलमा बार्बेडोसले दिएको १५२ रनको लक्ष्य सेन्ट किट्सले मात्र ३ बल बाँकी रहंदा ४ विकेट गुमाएर पुरा गरेको हो।

सेन्ट किट्सको लागि ओपनर इभिन लुइसले जारि सिपिएलकै सर्वाधिक रन बनाउने क्रममा ८९ रन बनाए। उनले ६० बलमा २ चौका र ९ छक्का प्रहार गरे। यस्तै बेन डंकले अविजित २२ रन, दिनेश रामदिनले २० तथा क्रिस लिनले १६ रन बनाए।

अन्तिम ओभरमा जितको लागि १३ रन आवस्यक रहंदा ओभरको दोश्रो र तेश्रो बलमा लगातार २ छक्का प्रहार गर्दै बेन डंकले खेल जिताएका थिए। उनले २२ रन बनाउन ११ बलमा १ चौका र २ छक्का प्रहार गरे।

बार्बेडोसको बलिंगमा कायल मायर्सले सर्वाधिक २ विकेट तथा कप्तान जेसन होल्डर र राशिद खानले समान १/१ विकेट लिए।

बार्बेडोसको ब्याटिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको बार्बेडोसले २० ओभरमा ७ विकेट गुमाएर १५१ रन बनाएको थियो। उसको लागि कोरे एन्डरसनले सर्वाधिक ३१ रन बनाए। यस्तै शाइ होपले २९, यशले नर्सले २५, जोन्सन चार्ल्सले २४ तथा कायल मायर्सले २२ रन बनाए।

पहिलो विकेटको लागि चार्ल्स र होपले ५० रनको साझेदारी गरेपछि बार्बेडोसले लगातार विकेट गुमाएको थियो। पाँचौ विकेटको लागि नर्स र एन्डरसनले ५६ रनको साझेदारी गरेका थिए।

सेन्ट किट्सको बलिंगमा जोन रस जग्गेसरले २ विकेट लिन ४ ओभरमा १७ रन मात्र खर्चिए। सोहेल तन्बिर, अल्जारी जोसेफ, रायद इम्रिट र इमरान खानले समान १ विकेट लिए।

लिग अन्तर्गत बुधबार बिहान ३:१५ बजे सन्दिप लामिछाने सम्मिलित टिम जमैका तलावाजले गायना अमेजन वारियर्ससंग प्रतिस्पर्धा गर्नेछ।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/jamaika-4th-vs-gyana-wn20-prev/

https://wicketnepal.com/anderson-600th-wicket-wn20/

https://wicketnepal.com/ipl-5-rec-todna-muskil-wn20/

https://wicketnepal.com/can-sadharansabha-sthagit-wn20/

https://wicketnepal.com/ipl-best-bowling-3-teams-wn20/

https://wicketnepal.com/national-cricketer-10-hajar-talab-wn20/

https://wicketnepal.com/sandeep-credit-to-mujeeb-wn20/

https://wicketnepal.com/irfan-pathan-farewell-wn20/

https://wicketnepal.com/pak-team-for-eng-t20i-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy