पोलार्ड कप्तानीको सेन्ट लुसिया स्टार्सको लगातार १४ औं जितबिहिन यात्रा – सिपिएल

  • विकेटनेपाल, श्रावण ३० – बुधबार

एडम जाम्पाले ३ विकेट लिन २७ रन खर्चिंदै म्यान अफ द म्याच अवार्ड जितेपछि वेस्ट इन्डिजमा जारि टि-२० लिग क्यारेबियन प्रिमियर लिगमा जमैका तल्लावाजले सेन्ट लुसिया स्टार्सलाई २ बल अगावै ६ विकेटले पराजित गरेको छ। हारसँगै कायरन पोलार्डको कप्तानीमा रहेको सेन्ट लुसिया स्टार्सले सन् २०१६ देखि अहिलेसम्मको १४ खेलको जितबिहिन यात्रालाई निरन्तरता दिएको छ।


जमैकाको घरेलु मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको सेन्ट लुसिया स्टार्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १७५ रन बनाएको थियो। उसका लागि आन्द्रे फ्लेचरले ४३ रन (३३ बल, ५ चौका, २ छक्का), तथा ड्यारेन शामीले ३६ रन (२४ बल, २ चौका, ३ छक्का) प्रहार गरेका थिए। त्यस्तै कायरन पोलार्डले २६, कवीम हजले २१ तथा लेण्डल सिमोन्सले २२ रन बनाएका थिए।

बल टेम्परिंग काण्डपछी १२ महिना अन्तर्राष्ट्रिय क्रिकेटबाट प्रतिबन्धित अस्ट्रेलियाका पुर्व-उपकप्तान डेभिड वार्नरले ७ रन बनाउन ६ बलमा १ चौका प्रहार गरे।

बलिंगतर्फ जमैका तल्लावाजका लागि एडम जाम्पाको साथै ओशाने थोमसले पनि ३ विकेट हात पार्नेक्रममा ३९ रन खर्चे भने कप्तान आन्द्रे रसेलको नाममा २ विकेट रह्यो।

जवाफमा १७६ रनको लक्ष्य पछ्याएको जमैका तल्लावाजका लागि ग्लेन फिल्लिप्सले ५८ रन (४० बल, २ चौका, ६ छक्का) बनाउँदै पहिलो विकेटको लागि जोन्सन चार्ल्ससँग ८१ रनको साझेदारी गरे। चार्ल्सले ३१ रन बनाउन २० बलको सामना गरे। त्यस्तै आन्द्रे एमकार्टीलेले २० रन बनाउँदा रोभ्मन पावेलले अविजित ४३ रनको पारि खेल्दै २३ बलमा २ चौका र ४ छक्का प्रहार गरे।

अन्त्यमा अविजित ८ रन बनाएका रोस टेलरले अन्तिम ओभरको तेस्रो बलमा छक्का प्रहार गर्दै खेललाई बराबरीमा पुर्याएका थिए भने चौथो बलमा १ रन लिँदै जित सुनिस्चित गरे।





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]