पोलार्ड कप्तानीको सेन्ट लुसिया स्टार्सको लगातार १४ औं जितबिहिन यात्रा – सिपिएल

  • विकेटनेपाल, श्रावण ३० – बुधबार

एडम जाम्पाले ३ विकेट लिन २७ रन खर्चिंदै म्यान अफ द म्याच अवार्ड जितेपछि वेस्ट इन्डिजमा जारि टि-२० लिग क्यारेबियन प्रिमियर लिगमा जमैका तल्लावाजले सेन्ट लुसिया स्टार्सलाई २ बल अगावै ६ विकेटले पराजित गरेको छ। हारसँगै कायरन पोलार्डको कप्तानीमा रहेको सेन्ट लुसिया स्टार्सले सन् २०१६ देखि अहिलेसम्मको १४ खेलको जितबिहिन यात्रालाई निरन्तरता दिएको छ।


जमैकाको घरेलु मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको सेन्ट लुसिया स्टार्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १७५ रन बनाएको थियो। उसका लागि आन्द्रे फ्लेचरले ४३ रन (३३ बल, ५ चौका, २ छक्का), तथा ड्यारेन शामीले ३६ रन (२४ बल, २ चौका, ३ छक्का) प्रहार गरेका थिए। त्यस्तै कायरन पोलार्डले २६, कवीम हजले २१ तथा लेण्डल सिमोन्सले २२ रन बनाएका थिए।

बल टेम्परिंग काण्डपछी १२ महिना अन्तर्राष्ट्रिय क्रिकेटबाट प्रतिबन्धित अस्ट्रेलियाका पुर्व-उपकप्तान डेभिड वार्नरले ७ रन बनाउन ६ बलमा १ चौका प्रहार गरे।

बलिंगतर्फ जमैका तल्लावाजका लागि एडम जाम्पाको साथै ओशाने थोमसले पनि ३ विकेट हात पार्नेक्रममा ३९ रन खर्चे भने कप्तान आन्द्रे रसेलको नाममा २ विकेट रह्यो।

जवाफमा १७६ रनको लक्ष्य पछ्याएको जमैका तल्लावाजका लागि ग्लेन फिल्लिप्सले ५८ रन (४० बल, २ चौका, ६ छक्का) बनाउँदै पहिलो विकेटको लागि जोन्सन चार्ल्ससँग ८१ रनको साझेदारी गरे। चार्ल्सले ३१ रन बनाउन २० बलको सामना गरे। त्यस्तै आन्द्रे एमकार्टीलेले २० रन बनाउँदा रोभ्मन पावेलले अविजित ४३ रनको पारि खेल्दै २३ बलमा २ चौका र ४ छक्का प्रहार गरे।

अन्त्यमा अविजित ८ रन बनाएका रोस टेलरले अन्तिम ओभरको तेस्रो बलमा छक्का प्रहार गर्दै खेललाई बराबरीमा पुर्याएका थिए भने चौथो बलमा १ रन लिँदै जित सुनिस्चित गरे।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy