स्टार श्रीलंकन क्रिकेटरहरु नेपाल बिरुद्ध खेल्ने

मार्च १५ देखि २२ तारिखसम्म युएईमा आयोजना हुने विश्वकप लिग-२ को एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको लागि श्रीलंकामा रहेको नेपाली क्रिकेट टिमले चौंथो अभ्यास खेलमा श्रीलंकाको मिश्रित-११ टिमसंग प्रतिस्पर्धा गर्ने भएको छ।

भ्रमण अन्तर्गत नेपाल र श्रीलंका मिश्रित-११ बीचको खेल मार्च ११ ( शुक्रबार ) खेलिनेछ। ५० ओभरको खेल नेपाली समय १०:१५ बजे बिहान सुरु हुनेछ।

श्रीलंकाको मिश्रित टिममा श्रीलंकन राष्ट्रिय क्रिकेटरहरु समाबेश हुनेछन्। उपुल थारांगा, थिसारा परेरा, धम्मिका प्रसाद, सेक्कुगे प्रशन्ना, दिलरुवान परेरा, दिल्शान मुनविरा र सन्दुन विराक्कोडी जस्ता श्रीलंकन राष्ट्रिय क्रिकेटरहरु नेपाल बिरुद्ध उत्रनेछन्।

नेपाली क्रिकेट टिमले श्रीलंका भ्रमण अन्तर्गत श्रीलंकाको प्रथमश्रेणी टिम नेभी दुई वटा अभ्यास खेल खेलीसकेको छ। दुवै खेल नेपालले जितेको थियो। तेश्रो अभ्यास खेलमा बिहिबार नेपाल र श्रीलंका पुलिस बीच खेल हुँदैछ।

श्रीलंका भ्रमण सकिएपछि नेपाली टिम मार्च १४ तारिखमा युएई प्रस्थान गर्ने तालिका छ।

लिग-२ अन्तर्गत नेपालले युएई र पपुवा न्यु गिनीसंग त्रिकोणात्मक सिरिज खेल्नेछ। सिरिजमा नेपालले युएई र पपुवा न्यु गिनीसंग २/२ वटा खेल खेल्नेछ। नेपालले पहिलो खेल मार्च १६ तारिखमा पपुवा न्यु गिनीसंग, दोश्रो खेल मार्च १८ तारिखमा युएईसंग, तेश्रो खेल मार्च २१ तारिखमा युएईसंग तथा चौंथो खेल मार्च २२ तारिखमा पपुवा न्यु गिनीसंग खेल्ने तालिका छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy