बल टेम्परिंग: स्मिथ, वार्नर र ब्यान्क्राफ्टलाई कडा कारबाही

  • विकेटनेपाल, चैत्र १४ – बुधबार

बल टेम्परिंगको कारण लामो समयदेखि आलोचित बन्न पुगेका अस्ट्रेलियाका तिन खेलाडीहरु कप्तान स्टिव स्मिथ, उप-कप्तान डेविड वार्नर र युवा खेलाडी क्यामरुन ब्यान्क्राफ्टलाई क्रिकेट अस्ट्रेलियाले आजै देखि लागु हुने गरि कारबाही गरेको छ ।

क्रिकेट अस्ट्रेलियाले बुधबार पत्रकार सम्मेलन गर्दै दक्षिण अफ्रिका बिरुद्दको तेस्रो टेस्टमा बल टेम्परिंग गरेको अवस्थामा भेटिएका ब्यान्क्राफ्टलाई ९ महिना, योजना बनाउने वार्नर र कप्तान स्मिथलाई उक्त योजनाको जानकारी भएको भन्दै दुवैलाई १/ १ वर्ष कारबाहीको घोषणा गरेको हो ।

साथै स्मिथ र ब्यान्क्राफ्टलाई १२ महिना अवधिसम्म टिमको नेतृत्व समूहबाट निलम्बित गरिएको छ भने उक्त योजनाका मास्टरमाइन्ड मानिएका वार्नरलाई कहिलेपनि टिमको नेतृत्वदायी समूहमा नरहने गरि निलम्बित गरिएको छ ।

यसअघि हिजो क्रिकेट अस्ट्रेलियाका सीईओ जेम्स सदर्ल्याण्डले पत्रकार सम्मेलन गर्दै तिनै खेलाडीहरुलाई टिमबाट निकालिएको जनाउंदै चौथो टेस्ट अगाडी ग्लेन म्याक्सवेल, जोए बर्न्स र म्याट रेंसोलाई टिममा सामेल गरिएको बताएका थिए ।

यस्तै टिमको कप्तानको रुपमा केहि समय अगाडी ७ वर्षपछी टिममा स्थान बनाएका विकेटकिपर ब्याट्सम्यान टिम पेनलाई नियुक्ति गरिएको छ ।  उनि अस्ट्रेलियाको ४६ औं टेस्ट कप्तान भएका छन् ।

क्रिकेट अस्ट्रेलियाले तिनै जना खेलाडीलाई अन्तर्राष्ट्रिय तथा आफुले आयोजना गर्ने घरेलु क्रिकेट खेल्नबाट रोक लगाएपनि क्लब क्रिकेट भने खेल्न पाउने छन् । उता बिसिसीआईले भने खेलाडीहरुलाई आइपिएल खेल्न रोक लगाएको छ ।

के भएको थियो ?

दक्षिण अफ्रिका बिरुद्द जारी तेस्रो टेस्टको तेस्रो दिनमा अष्ट्रेलियाका ओपनर ब्याट्सम्यान क्यामरुन ब्यान्क्रफ्ट बल टेम्परिंग गर्दै गर्दा क्यामरामा कैद भएका थिए। पहेंलो रंगको टेप प्रयोग गरेर बललाई क्षति पुर्याएको अवस्थामा ब्यान्क्रफ्ट क्यामरामा कैद भएका थिए। आफ्नो हर्कत स्क्रिनमा कैद भएपछि ब्यान्क्रफ्टले उक्त टेप गोजीभित्र बाट झिकेर ट्राउजरभित्र लुकाएका थिए।

उक्त टेप ब्यान्क्रफ्टले हातमा उल्टो टाँसेका थिए। टेपको टाँसिने भाग उनि पिचमा दलेपछि खस्रो भएको टेपले बलको एउटा भागलाई रगड्थे।त्यसो गर्दा बलको एउटा भाग खश्रो भइ बलले रिभर्स स्विंग प्राप्त गर्न सक्थ्यो।





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]