डेल स्टेनको अर्धशतक र ताहिरको ह्याट्रिकमा दक्षिण अफ्रीका बिजयी

  • विकेटनेपाल, असोज १८

दक्षिण अफ्रिका र जिम्बाबेबीच जारि ३ खेलको एकदिवसीय शृंखला अन्तर्गत बुधबार राति भएको दोश्रो एकदिवसीय खेलमा दक्षिण अफ्रिकाले जिम्बाबेलाई १२० रनको फराकिलो अन्तरले पराजित गरेको छ।

जितसंगै १ खेल बाँकी रहँदै ३ एकदिवसीयको शृंखला दक्षिण अफ्रीकाले २-० ले आफ्नो पक्षमा पारेको छ। तेश्रो एकदिवसीय ६ अक्टोबरमा खेलिनेछ।

स्टेनको करियरकै पहिलो एकदिवसीय अर्धशतक 

दक्षिण अफ्रिकाको जितमा करिब २ बर्षको अन्तरालमा एकदिवसीय क्रिकेटमा पुनरागमन गरेका तिब्र गतिका बलर डेल स्टेनले अलराउण्ड प्रदर्शन गरे।

उनले अन्तिम विकेटको रुपमा आउट हुनुअघि करियरकै पहिलो अर्धशतक बनाएका स्टेनले ६० रन बनाउन ८५ बलको सामना गर्दै ८ चौका र १ छक्का प्रहार गरेपछि दक्षिण अफ्रिकाले ४७.३ ओभरमा सबै विकेट गुमाएर १९८ रनको योगफल तयार पारेको थियो। टेस्ट क्रिकेटमा भने स्टेनले २ वटा अर्धशतक प्रहार गरेका छन्।

बलिंगतर्फ पनि २ विकेट हातपार्न ६ ओभरमा १९ रन खर्चेपछी म्यान अफ द म्याच घोषित भएका थिए।

एक समय १०१ रनको योगफलमा सातौँ विकेट गुमाएपछी डेल स्टेन र एन्डीले फेहलुक्कायोले मिलेर आठौँ विकेटको लागि ७५ रनको साझेदारी गरेपछि दक्षिण अफ्रिका सम्मानजनक योगफलतर्फ अग्रसर देखिएको थियो। फेहलुक्कायोले २८ रन बनाए। त्यस्तै एइड़ेन मर्क्रमले पनि ३५ रन बनाए।

टस हारेर पहिले बलिंग गरेको जिम्बाबेको तर्फबाट टेण्डाई चताराले ३ विकेट लिन ४२ रन खर्चिंदा कायल जर्विस, डोनाल्ड तिरिपानो तथा ब्रेण्डन मतुभाले समान २/२ विकेट हात पारे।

ताहिरको ह्याट्रिक

जवाफमा लक्ष्य पछ्याएको जिम्बाबेले मात्र २४ ओभर टिक्न सक्दा सबै विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो र १२० रनको फराकिलो अन्तरले पराजित भयो।

उसलाई सस्तैमा समेट्न दक्षिण अफ्रिकी लेग स्पिनर इमरान ताहिरले ह्याट्रिक सहित ६ विकेट लिन ६ ओभरमा २४ रन खर्चे।

ह्याट्रिकको क्रममा ताहिरले १८ औं ओभरको अन्तिम बलमा सिन विलीयम्सलाई क्याच आउट गराएका थिए भने २० औं ओभरको पहिलो बलमा पिटर मुरलाई एलबिडब्लु र दोश्रो बलमा ब्रान्डन माभ्युटालाई बोल्ड गर्दै ह्याट्रिक पुरा गरेका थिए।

ताहिर दक्षिण अफ्रीकाको लागि एकदिवसीयमा ह्याट्रिक लिने तश्रो खेलाडी बनेका छन्। उनि अघि चार्ल्स ल्यांगेभेल्डट, जेपी डुमिनि र कागीसो रबाडाले ह्याट्रिक लिईसकेका छन्। एकदिवसीय क्रिकेटमा ह्याट्रिक लिने सुचीमा भने ताहिर इतिहासकै ४५ औं खेलाडी बनेका छन्। लिस्ट  

जिम्बाबेको लागि कप्तान ह्यामिल्टन मजाकास्दाले सर्बाधिक २७ रन, डोनाल्ड तिरिपानोले अविजित १२ रन तथा ब्रेण्डन टेलरले १० रन बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy