डेल स्टेन दक्षिण अफ्रीकाको सर्वाधिक टेस्ट विकेट लिने बलर

  • विकेटनेपाल, पौष ११ – बुधबार

दक्षिण अफ्रिकाका तिब्र गतिका बलर डेल स्टेन शन पोलकलाई उछिन्दै आफ्नो देशको लागि टेस्ट क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने लिने खेलाडीको किर्तिमान बनाएका छन्। पोलकको नाममा सन् २००८ मा सन्यास लिँदा ४२१ विकेट रहेको थियो।

पाकिस्तानको ३ टेस्ट खेलको सिरिज अन्तर्गत सुपरसपोर्ट पार्क, सेन्चुरीयनमा आजदेखि सुरु भएको पहिलो टेस्ट खेलमा स्टेनले आफ्नो ४२२ औं विकेटका रुपमा पाकिस्तानका ओपनर फकर जमानको विकेट लिएपछि उनले किर्तिमान आफ्नो नाममा गराएका हुन्। खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिंग रोजेको थियो।

यसअघि शन पोलकले अन्तिमपल्ट सन् २००८ मा टेस्ट क्रिकेटको प्रतिनिधित्व गरेका थिए। वेस्ट इन्डिज बिरुद्द डर्बनमा भएको उक्त खेलमा पोलकले पहिलो पारीमा ४ विकेट लिन ११ रन तथा दोश्रो पारीमा १ विकेट लिँदा ५० रन खर्चिएपछि  घरेलु टिमले खेल पारि र १०० रनले जितेको थियो। साथै करियरको अन्तिम विकेटको रुपमा रुनाको मोर्टनलाई बोल्ड गरेका थिए।

जारि खेलमा कमेन्टेटरको भूमिकामा रहेका पोलकले तत्काल प्रतिक्रिया दिए:


उक्त सिरिज दक्षिण अफ्रिकाले २-१ ले आफ्नो पक्षमा पार्दा उनै डेल स्टेन म्यान अफ द सिरिज घोषित भएका थिए। उनले उक्त सिरिजमा सर्बाधिक २० विकेट हात पार्न मात्र ३८२ रन खर्चेका थिए।

“मात्र १ विकेट हैन, म भित्र अझ धेरै विकेट छ ” स्टेनले टेस्ट खेल सुरुहुनु अघि बताएका थिए “मैले आफुलाई मात्र १ विकेट लिन तयार गरेको छैन। मेरो त्यो भन्दा अझ ठुलो उद्देश्य छ”।

३ टेस्टको सिरिजमा स्टेनले धेरै विकेट लिने सुचीमा अब थोरै माथि रहेका रिचर्ड हेड्ली ( ४३१ विकेट ) , स्टुवार्ट ब्रड ( ४३३ विकेट ) , रंगना हेराथ ( ४३३ विकेट ) लाई पनि उछिन्ने मौका रहेको छ।

सन् २०१५ जुलाईमानै आफ्नो टेस्ट करियरको ४०० औं टेस्ट विकेट लिएका स्टेनले छिट्टैनै उक्त किर्तिमान आफ्नो नाममा लेखाउने आंकलन गरिएको थियो। तर लगातारको चोटले कतै उनको करियरनै धरापमा पर्दा ४०० देखि ४२२ सम्म पुग्न उनलाई ३ बर्ष बढी समय लाग्यो।

“मलाई पनि लाग्छ केहि राम्रो कुरा हुँदैछ, यदी म सफल हुन्छु भने यो रेकर्ड सम्म पुग्न निकै लामो समय लागेको छ। मलाई गर्व महसुस हुनेछ तर म पुनः अर्को गन्तव्यतर्फ लाग्नेछु” स्टेनले बताएका थिए।

सन् २०१६ मा अस्ट्रेलिया बिरुद्द वेस्टर्न अस्ट्रेलिया क्रिकेट एकेडेमीको मैदानमा भएको टेस्ट खेलमा करियरनै खतरामा पर्ने गरि स्टेनको हातमा चोट लागेको थियो। उक्त चोटले पिरोलिएका स्टेनलाई पुनः देशको जर्सीमा फर्किन करिब १४ महिना लाग्यो। उमेरले ३५ नाघेका स्टेनले सन् २००४ मा इंग्ल्याण्ड बिरुद्ध टेस्टमा डेब्यु गरेका थिए। एकदिवसीयमा सन् २००५ मा डेब्यु गरेका उनले १२१ खेलमा १९२ विकेट लिएका छन्।

दक्षिण अफ्रिकाको लागि टेस्ट क्रिकेटमा सबैभन्दा धेरै विकेट:

डेल स्टेन: ८९* खेल – ४२२* विकेट , शन पोलक : १०८ खेल – ४२१ विकेट , मखाया एन्टिनि : १०१ खेल – ३९० विकेट , एलेन डोनाल्ड: ७२ खेल – ३३० विकेट , मोर्ने मोर्केल: ८६ खेल – ३०९ विकेट

दक्षिण अफ्रिकाको लागि एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै विकेट:

शन पोलक: २९४ खेल – ३८७ विकेट, एलेन डोनाल्ड: १६४ खेल – २७२ विकेट, ज्याक कालिस: ३२३ खेल – २६९ विकेट,  मखाया एन्टिनि : १७२ खेल – २६५ विकेट, लान्स क्लुसेनर: १७१ खेल – १९२ विकेट, डेल स्टेन: ११९* खेल – १९०* विकेट

टेस्ट क्रिकेटमा ४०० विकेट भन्दा धेरै विकेट लिने बलरहरु :- 

१. मुथैया मुरलीधरन ( श्रीलंका ) – ८०० विकेट , २. शेन वार्न ( अस्ट्रेलिया ) – ७०८ विकेट , ३. अनिल कुम्बले ( भारत ) – ६१९ विकेट , ४. जेम्स एण्डरसन ( इंग्ल्याण्ड ) – ५६५ विकेट , ५. ग्लेन म्याकग्राथ ( अस्ट्रेलिया ) – ५६३ विकेट, ६. कर्टनि वाल्स ( वेस्ट इन्डिज ) – ५१९ विकेट, ७. कपिल देब ( भारत ) – ४३४ विकेट, ८. रंगना हेराथ ( श्रीलंका ) – ४३३ विकेट, ९. स्टुवार्ट ब्रड ( इंग्ल्याण्ड ) – ४३३ विकेट, १०. सर रिचर्ड हेडली ( न्युजिल्याण्ड ) – ४३१ विकेट, ११. डेल स्टेन ( दक्षिण अफ्रीका ) – ४२२* विकेट, १२. शन पोलक ( दक्षिण अफ्रीका ) – ४१७ विकेट , १३. हरभजन सिंह ( भारत ) – ४१७ विकेट, १४. वासिम आक्रम ( पाकिस्तान ) –  ४१४ विकेट ,
१५. कर्टलि एम्ब्रोस ( वेस्ट इन्डिज ) – ४०५ विकेट

 

 





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]