बेन स्टोक्सले क्रिकेटबाट लिए ब्रेक

इंग्ल्यान्ड क्रिकेट टिमका स्टार अलराउण्डर बेन स्टोक्सले अचानक  सबै किसिमको क्रिकेटबाट ब्रेक लिने निर्णय लिएका छन्।

३० वर्षीय अलराउण्डरले तत्काल लागु हुने गरि क्रिकेटबाट अनिश्चित समयको लागि विश्राम लिएको इंग्ल्यान्ड क्रिकेट बोर्डले जानकारी गराएको छ। यस्तो नतिजा स्वरूप स्टोक्स अगस्ट ४ तारिख देखि सुरु हुने भारत बिरुद्ध पाँच टेस्टको सिरिजबाट नाम फिर्ता लिएका छन्। इंग्ल्यान्ड सिरिज नखेल्ने भए पछि उनको स्थानमा क्रेग ओभरटनलाई बोलाइएको छ।

स्टोक्सले ब्रेक लिनु पछाडीको कारण उनको मानसिक स्वास्थ्य हो भने देब्रे हातको चोर औंलाको चोटलाई आराम दिनु हो। क्रिकेटमा यो महिना फर्किएता पनि स्टोक्सको औंलाको चोट राम्रोसंग निको भएको छैन।


“बेनले आफ्नो भावनाहरु खुलेर राख्ने साहस देखाएका छन्। हाम्रो प्राथमिकता सधै सबै खेलाडीहरु मानसिक रुपमा स्वस्थ हुन् भन्ने हो र रहनेछ। हाम्रो खेलाडीहरु खेलको तयारीको लागि विशेष वातावरण चाहन्छन् जसको लागि जारि पेन्डेमिक वाधक बनेको छ। ”

“कम स्वतन्त्रता तथा आफ्नो परिवारसंग समय बिताउन नपाउनु निकै चुनौतीपूर्ण छ। पछिल्लो १६ महिना देखि यस्तो वातावरणले सबैको जीवनमा ठूलो असर पारेको छ। बेनलाई उनले चाहे जति समय दिईनेछ र आशा गर्छौं उनले छिट्टै इंग्ल्यान्डको लागि खेल्नेछन्।” इंग्ल्यान्ड क्रिकेटका व्यवस्थापकीय प्रमुख एशले जायल्सले बताए।

स्टोक्सले भर्खरै सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पाकिस्तान बिरुद्ध इंग्ल्यान्डको कप्तानी सम्हालेका थिए भने जारि द हन्ड्रेड लिगमा नर्दर्न सुपरचार्जर्सको लागि खेलेका थिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy