पितालाई ‘ब्रेन क्यान्सर’ भएको खबर पछि १ हफ्ता सुत्न सकेका थिएनन् स्टोक्स

इंग्ल्यान्ड क्रिकेट टिमका अल-राउन्डर बेन स्टोक्सले आफ्नो पितालाई ‘ब्रेन क्यान्सर’ भएको खबर पाए पछि एक हफ्तासम्म सुत्न नसकेको बताएका छन्। स्टोक्सले पिताको त्यस्तो खबर सुने पछि पाकिस्तान बिरुद्धको टेस्ट सिरिज छोड्ने बाहेक त्यसबखत आफूसंग अन्य विकल्प नरहेको बताएका छन्। स्टोक्स न्युजिल्यान्डमा आफ्नो घर क्राइस्टचर्च पुगेपछि २ हफ्ता क्वारेन्टाइनमा बिताएका थिए।

“म १ हफ्तासम्म सुत्न सकिन जुन क्रममा मेरो दिमागमा त्यही कुरा मात्रै खेलीरहेको थियो।” उनले बताए। “मानसिक रुपमा म न्युजिल्यान्ड आउनु सहि निर्णय थियो” स्टोक्सले स्थनीय पत्रिका हेराल्डलाई शनिवार बताए। स्टोक्स पाकिस्तानसंगको तिन टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्ट पछि सिरिज छाडेर न्युजिल्यान्ड गएका थिए। 

स्टोक्सले यो वर्ष जुलाईमा वेस्टइन्डिज बिरुद्ध शतक बनाउदा आफ्नो पितालाई समर्पित गरेका थिए। त्यसक्रममा उनले तिन एउटा औला झुकाएर सलाम गरेका थिए। उनको पिताले न्युजिल्यान्डको लागि रग्बी खेल्दा दौरान औलामा चोट लाग्दा मैदानमा छिटो फर्कन आफ्नो हात काट्न तयार रहेका थिए त्यसैलाई स्टोक्सले इंगित गरेका थिए।

स्टोक्सको पिता जेरार्डलाई यो वर्ष जनवरीमा आफ्नो बिमारी बारे थाहा भएको थियो। इंग्ल्यान्डको दक्षिण अफ्रीका भ्रमणमा खेल हेर्न पुगेका उनलाई जोहानेसबर्गमा अस्पतालमा भर्ना गरिएको थियो। दक्षिण अफ्रीका बिरुद्ध स्टोक्सले तेश्रो टेस्टमा १२० रनको इनिंग खेल्दा उनलाई आफ्नो पिताको अवस्थाबारे थाहा थियो।

स्टोक्सले आफ्नो पिताले आफुलाई कडा अनुशासनमा राख्ने गरेको जसको महत्व अहिले आएर आफुले बुझेको बताएका छन्-

“वहाँ कडा हुनुहुन्थ्यो, जब म ठुलो हुँदै गए बल्ल थाहा भयो कि यसको पछाडी कारण थियो। वहाँलाई थाहा थियो कि म व्यवसायिक खेलाडी हुन चाहन्थे र ममा त्यस्तै खालको गुणहरू देख्न चाहनुहुन्थ्यो।”

आफ्नो पितासंग स्टोक्स

न्युजिल्याण्डमा जन्मिएका थिए स्टोक्स 

इंग्ल्याण्ड राष्ट्रिय टिमको लागि खेले पनि स्टोक्सको जन्म न्युजिल्याण्डमा भएको थियो। १२ वर्षको उमेर देखि उनि इंग्ल्याण्डमा बस्न थालेका थिए। उनका पिता गेरार्ड स्टोक्स रग्बी लिग खेलाडी र प्रशिक्षक थिए। इंग्ल्याण्डको रग्बी लिगमा स्टोक्सका पितालाई प्रशिक्षक चयन गरे पनि स्टोक्स पितासंगै इंग्ल्याण्ड पुगेका थिए। २०१३ मा स्टोक्सको परिवार इंग्ल्याण्ड छोडेर न्युजिल्याण्ड गएका थिए। सन् २०११ मा स्टोक्सले इंग्ल्याण्डको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा आयरल्याण्ड बिरुद्ध डेब्यु गरेका थिए।

गत वर्ष वानडे विश्वकपमा इङ्ल्यान्ड विजयी भए पछि स्टोक्सका बुवा र आमाले एक अन्तर्वार्ताको क्रममा छोराको जितमा खुसि भएता पनि न्युजिल्याण्ड पराजित हुँदा भने दुख व्यक्त गरेका थिए। विश्वकपपछि न्युजिल्याण्डर अफ द एअर अवार्डको छनौटमा बेन स्टोक्स पनि चुनिएका थिए जुन अवार्डको हकदार आफु नभई केन विलियमसन बढी भएको भन्दै स्टोक्सले अवार्ड अस्विकार गरेका थिए।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/2-chennai-player-corona-wn20/

https://wicketnepal.com/sandeep-6th-m-vs-st-kitts-wn20/

https://wicketnepal.com/ipl-raina-bharat-farkiye-wn20/

https://wicketnepal.com/ipl-purple-cap-jitna-sakne-3-bowler/

https://wicketnepal.com/delhi-capitals-player-sams-wn20/

https://wicketnepal.com/pach-kheladi-jasko-antim-ipl-wn20/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy