इंग्ल्यान्ड र पाकिस्तान बीच बिहिबार सुरु भएको दोश्रो टेस्टको पहिलो दिन स्टुवार्ट ब्रोड मैदानमा असहज देखिएका थिए। चौथो ओभर बलिंग गर्ने क्रममा ब्रोडले इन्हेलर ल्याउन इशारा गरे। तर बोलाउने बित्तिकै इन्हेलर मैदान आईनपुग्दा ब्रोडले थोरै प्रतीक्षा गर्नु पर्यो। त्यसक्रममा ब्रोडको छटपटि स्पस्ट देखिन्थ्यो, तापनि उनि मैदानमै बसीरहे।
ब्रोडलाई अस्थमा ( Asthma ) अर्थात् दमको समस्या रहेको छ। तिब्र गति बलरले पहिलो पटक ५ वर्ष अघि यो कुराको खुलासा गरेका थिए। २०१५ को एशेज सिरिजको दौरान ब्रोडले आफुलाई दम रहेको बताउदै त्यसको कारण पनि बताएका थिए।
ब्रोडको अनुसार उनको जन्म समयभन्दा अघि भएको थियो। उनको जन्म १२ हफ्ता चाडो भएपछि निकै मुस्किलले जोन नामक डक्टरले उनको ज्यान बचाएका थिए। त्यही कारणले उनको एउटा फोक्सो सामान्य भन्दा आधा जति सानो रहेको छ। त्यसैले उनलाई बारम्बार इन्हेलरको आवस्यकता पर्ने गर्छ।
समस्याको बाबजुद ब्रोडले खेलको दौरान पहिलो स्पेल राम्रो गर्दै ५ ओभरमा मात्र ७ रन खर्चेका थिए जसमा विकेट नपाएता पनि दुइ ओभर मेडन गरेका थिए। यस क्रममा अबिद अलिको एउटा क्याच छुटेको थियो।
दमको कारण संघर्ष गर्नु परेता पनि ब्रोडले टेस्ट क्रिकेटमा ५०७ टेस्ट विकेट आफ्नो नाम गरिसकेका छन्। यस क्रममा उनले माथिल्लो स्तरमा १५ वर्ष सक्रिय क्रिकेट खेलीसकेका छन्। वेस्टइन्डिज बिरुद्ध गत महिना सम्पन टेस्ट सिरिजमा ब्रोडले ५ सयौं टेस्ट विकेट पुरा गरेका थिए। यो किर्तिमान कायम गर्ने इंग्ल्यान्डका मात्र दोश्रो तथा विश्वको सातौँ बलर हुन्।
५ वर्ष अघि यसरी गरेका थिए खुलासा
पांच वर्ष अघि सम्म ब्रोडले आफुलाई दम भएको कुरा लुकाएका थिए तर एक अभ्यास क्याम्पको दौरान उनले आफ्नो साथि खेलाडीलाई यो बारे जानकारी गराएका थिए। ब्रोडले डेलीमेललाई एक अन्तर्वार्ताको क्रममा उक्त प्रसंग बारे बताएका थिए।
ब्रोडले बताएका थिए – “एक रात हामि आफ्नो बारे अरुलाई थाहा नभएको कुरा बताउने खेल खेलीरहेका थियौं। मेरो साथीहरुलाई आफुलाई दम भएको र फोक्सो आधा सानो भएको कुरा सुनाउदा उनीहरुलाई आश्चर्य लागेको थियो। किनकि म समय भन्दा तिन महिना अघि जन्मिएको थिएँ।”
“मैले उनीहरुलाई बताए कि म जन्मदा निकै निकै सानो जन्मिएको थिए र मृत्युको नजिक थिए। मेरो एउटा फोक्सो राम्रोसंग विकास भएको थिएन। त्यसैले मलाई दम भएको हो र सधै इन्हेलर बोक्ने गर्छु।”
“यसले मलाई कहिले पनि खेलाडीको रुपमा नोक्सानी गरेन। बरु यति लामो करियर अरु भन्दा आधा फोक्सोका साथ खेले भनेर सोच्दा रोमान्चित हुन्छु।”
ब्रोडले सन् २००७ डिसेम्बरमा मा श्रीलंका बिरुद्ध सिन्हालिज स्पोर्ट्स क्लबमा टेस्ट डेब्यु गरेका ब्रोडले त्यसको १ वर्ष अघि एकदिवसीय र टि-२० डेब्यु गरेका थिए।
सम्बन्धित :-
https://wicketnepal.com/stuwart-broad-fined-eng-vs-pak-wn20/
https://wicketnepal.com/st-broad-500-wket-wn20/
https://wicketnepal.com/cricketers-salary-can-wn20/
https://wicketnepal.com/ipl-t20-all-teams-squad-wn20/
https://wicketnepal.com/akash-chopda-on-dhoni-wn20/