यासिर शाहलाई अपशब्द बोल्दा आफ्नै पिताद्वारा ब्रडलाई कारवाही, पढ्नुस के भएको थियो

आईसीसीको खेलाडी आचारसंहिता तोडेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ( आईसीसी ) ले इंग्ल्याण्ड तिब्र गति बलर स्टुवार्ट ब्रडलाई कारवाही गरेको छ।

पाकिस्तान बिरुद्ध पहिलो टेस्टको दौरान ब्रडले यासिर शाहको विकेट लिएपछि शाहलाई ‘सेन्ड अफ’ दिंदै अपशब्द प्रयोग गरेपछि ब्रडलाई जरिवाना तथा १ डीमेरिट अंक समेत दिईएको छ।

ब्रडलाई आईसीसीको कोड अफ कन्डक्टको २.५ अन्तर्गत दोषी पाइएको हो जसमा खेलाडी र सपोर्ट स्टाफलाई भद्दा इशारा, अपशब्द प्रयोग गर्ने आदि रहेको छ। पाकिस्तानको दोश्रो इनिंगको ४६ औं ओभरमा ब्रडले शाह आउट भएपछि उनलाई अपशब्द प्रयोग गरेका थिए।


आईसीसीले ब्रडलाई १ डीमेरिट अंक दिएको छ जुन अन्तिम २४ महिना भित्र ब्रडले पाएको यो तेश्रो डी-मेरिट अंक हो। यस अघि २०१८ अगस्टमा भारत बिरुद्ध तथा यसै वर्ष जनवरीमा दक्षिण अफ्रीका बिरुद्ध उनलाई डी-मेरिट अंक प्रदान गरिएको थियो। आईसीसीको नियमअनुसार यदि अन्तिम २४ महिनामा खेलाडीले ४ डीमेरिट अङ्क प्राप्त गरेमा १ टेस्ट वा २ सिमित ओभरको खेल गुमाउनेछ। यस्तै ८ डीमेरिट अङ्कमा २ टेस्ट वा ४ लिमिटेड ओभरको खेलमा प्रतिबन्ध रहनेछ।

आफ्नै पिताले गरे कारवाही 

ब्रडलाई आचारसंहिता तोडेका कारण कारवाही अरु कोहि हैन उनकै पिता क्रिस ब्रडले गरेका छन्। इंग्ल्यान्डका पुर्व क्रिकेटर समेत रहेका ब्रड आईसीसीको म्याच रेफ्री हुन् र इंग्ल्यान्ड र पाकिस्तान बीचको खेलमा म्याच रेफ्रीको भूमिकामा रहेका थिए। ब्रडले पिता समक्ष गल्ति र उनिमाथि गरिएको कारवाही स्वीकार गरिसकेका छन्।

आईसीसी म्याच रेफ्री तथा पुर्व इंग्ल्यान्ड क्रिकेटर रहेका क्रिस ब्रड स्टुवार्ट ब्रडका पिता हुन्

टेस्ट वरियतामा तेश्रो स्थानमा रहेका ३५ वर्षीय ब्रडले पाकिस्तान बिरुद्ध पहिलो टेस्टमा कुल ६ विकेट लिएका थिए। इंग्ल्यान्डले उक्त खेल ३ विकेटले जित्ने क्रममा चौथो इनिंगमा २७७ रनको लक्ष्य पछ्याएको थियो।

यो पनि पढ्नुस :-

दोश्रो टेस्ट अघि इंग्ल्यान्डलाई झट्का, सिरिज छोडेर बेन स्टोक्स न्युजिल्यान्ड जाने

संगाकाराको नजरमा दुइ वेस्टइन्डिज ब्याट्सम्यान सर्वोत्कृष्ट

विदेशी लिगमा सन्दिपको ९ उत्कृस्ट बलिङ्ग स्पेल

आईपीएल टाइटल प्रायोजनमा रामदेवको पतंजलीको चासो

२०२० मा नेपालले विश्वकप लिग-२ को खेल नखेल्ने, सर्ने भयो प्रशिक्षण

 





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]