९३ रनको लक्ष्य पछ्याउन नसक्दा रोमान्चक खेलमा बार्बेडोस पराजित

मात्र ९३ रनको लक्ष्य पछ्याउन नसक्दा सिपिएल टि-२० अन्तर्गत १९ औं खेलमा जेसन होल्डर कप्तानीको बार्बेडोस ट्राइडेन्ट डेरेन सामी कप्तानीको सेन्ट लुसिया जुक्ससंग ३ रनले पराजित भएको छ।

सेन्ट लुसियाले दिएको ९३ रनको लक्ष्य पछ्याउने क्रममा २० ओभर ब्याटिंग गरेता पनि बार्बेडोसले ७ विकेट गुमाएर ८९ रन मात्रै बनाउन सक्यो।

अन्तिम २ ओभरमा जितको लागि आवस्यक १३ रन बार्बेडोसले बनाउन सकेन। १९ औं ओभरमा जभेल्ले ग्लेनले मात्र ४ रन खर्चेर १ विकेट लिएका थिए। त्यसपछि अन्तिम ओभरमा ६ बलमा ९ रन आवस्यक रहंदा रोस्टन चेजले मात्र ५ रन खर्चेर १ विकेट लिंदै टिमलाई रोमान्चक जित दिलाएका थिए।

लक्ष्य पछ्याउने क्रममा बार्बेडोसका ओपनर जोन्सन चार्ल्सले सर्वाधिक ३९ रन बनाए। शाइ होपले १४, एशले नर्सले १२ तथा कोरे एन्डरसनले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। पहिलो विकेटको लागि चार्ल्स र होपले ३२ रनको साझेदारी गरेका थिए। तर त्यसपछि भने ब्याट्सम्यानहरु क्रिजमा जम्न सकेनन्।

सेन्ट लुसियाको बलिंगमा केसरिक् विलियम्स ( ३-०-१२-२ ) र जभेल्ले ग्लेन ( ३-०-११-२ ) ले समान २ विकेट लिए। मोहम्मद नाबी ( ४-०-१८-१ ) , जाहिर खान ( ४-०-२१-१ ) र रोस्टन चेज ( ४-०-१४-१ ) ले समान १ विकेट लिए।

हेडन वाल्सको उत्कृस्ट बलिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको सेन्ट लुसियाले १८ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्र बनाउन सकेको थियो। उसको लागि नजिबुल्लाह जद्रानले २२, लेनिको बाउचरले १८ तथा रोस्टन चेजले १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बार्बेडोसको बलिंगमा लेग स्पिनर हेडेन वाल्सले सर्वाधिक ३ विकेट लिए जुन करमा ४ ओभरमा १९ रन मात्र खर्चिए। रेमन रिफरले २ विकेट लिंदा जोशुवा बिसप, जेसन होल्डर, राशिद खान, यसले नर्सले समान १ विकेट लिए।

अंकतालिका 

जितपछि सेन्ट लुसिया ७ खेलमा ५ जित र २ हारको साथ १० अंक बटुल्दै दोश्रो स्थानमा यथावत रहेको छ। यस्तै बार्बेडोस पनि ७ खेलमा २ जित र ५ हार पछि ४ अंक सहित चौथो स्थानमा छ। गायनाको पनि समान ४ अंक रहेता पनि नेट रन रेटमा पछि रहँदै पाँचौ स्थानमा रहेको छ।  ट्रिनबागो नाइट राइडर्स ६ वटा खेलमा शतप्रतिशत जित सहित १२ अंक बटुल्दै पहिलो स्थानमा रहेको छ।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/eng-vs-pak-2nd-t20i-rep-wn20/

https://wicketnepal.com/ipl-purple-cap-jitna-sakne-3-bowler/

https://wicketnepal.com/3-player-who-plyed-for-csk-rcb-wn20/

https://wicketnepal.com/stokes-father-brain-cancer-wn20/

https://wicketnepal.com/2-chennai-player-corona-wn20/

https://wicketnepal.com/delhi-capitals-player-sams-wn20/

https://wicketnepal.com/kevin-chakka-car-sisa-wn20/





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]