U19 National : निर्मलको ५ विकेटमा लुम्बिनीको चौंथो जित, गण्डकी जितमा सुबासको ६ विकेट

अन्डर-१९ राष्ट्रिय प्रतियोगिता अन्तर्गत बिहिबार सम्पन्न दुई खेलमा लुम्बिनी प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन्।

प्रदेश नम्बर-१ लाई ६ विकेटले पराजित गर्दै लुम्बिनी प्रदेशले यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा चौथो जित हात पारेको छ । लुम्बिनीका बलर निर्मल गुरुङले आक्रामक बलिङ गर्दै ५ विकेट लिएको खेलमा प्रदेश १, २६.२ ओभरमा ६९ रनमा अलआउट भएको थियो । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रदेश १ का लागि ओपनर सुभान गहतराजले सर्वाधिक २२ रन बनाए ।

उनले २२ बल खेल्दै ३ चौका प्रहार गरे । तेस्रो क्रमका ब्याटर इस्टेन रिजालले ६८ बल खेल्दै १९ रन बनाए । त्यसबाहेकका कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन नसक्दा प्रदेश १ सस्तैमा आउट भएको हो । लुम्बिनीका लागि निर्मल गुरुङले ४.२ ओभर बलिङ गर्दै सर्वाधिक ५ विकेट लिए । अर्का बलर दुर्गेश गुप्ताले ७ ओभर बलिङ गर्दै १ मेडन सहित २१ रन खर्चेर २ विकेट लिए ।

प्रदेश १ ले दिएको ७० रनको सामान्य लक्ष्य लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । लुम्बिनीका लागि देव खनालले सर्वाधिक १९ रन बनाए । उनले ३९ बल खेल्दै २ चौका प्रहार गरे । अर्का ओपनर आकाश त्रिपाठीले १७ रन बनाए । प्रज्वल ओलीले ११ बल खेल्दै २ चौकाको साहयतामा १५ रन जोडे । सुनिल भण्डारी र विशाल भुसाल ६ र ८ रनमा अविजित रहे ।

प्रदेश-१ का लागि दिपेश कँडेलले छ ओभर बलिङ गर्दै १ मेडन सहित १९ रन खर्चेर ३ विकेट लिए । विपिन महतोले १ विकेट लिए ।

गण्डकीद्वारा कर्णाली पराजित 

मुलपानी मैदानमा गण्डकीले कर्णालीलाई १०९ रनले पराजित गर्यो। गण्डकीले दिएको २३५ रनको लक्ष्य पछ्याएको कर्णालीले ३० ओभरमा १२५ रनमा सबै विकेट गुमायो।

कर्णालीका सुवास ऐरले सर्वाधिक ३२ रन, कप्तान बिपिन रावलले १९ तथा मनिस थापाले १८ रन बनाए।

गण्डकीका अफ स्पिनर सुबास भण्डारी एक्लैले ६ विकेट लिए। १० ओभर बलिंग गरेका उनले ३ मेडन ओभर गर्दै २७ रन खर्चिए। सिब्रिन श्रेष्ठले ३ तथा निर्तेश गिरिले १ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको गण्डकीले ५० ओभरमा ७ विकेट क्षेतीमा २३४ रन बनायो। गण्डकीका ओपनरद्वय गोविन्द बिक र अर्जुन कुमालले अर्धशतक बनाए। गोविन्दले ८७ बलमा ५५ तथा अर्जुनले १०६ बलमा ५० रन बनाए। दिपक डुम्रेले ४४, सिब्रिन श्रेष्ठले २६ अठा सुबास भण्डारीले २१ रन बनाए।

कर्णाली प्रदेशका बलर आवाश शाहले ३, मोहन बिकले २ तथा बिनित खत्रीले १ विकेट लिए।

आफूले खेलेका सबै ५ खेल जितेको सुदूरपश्चिमको १० अङ्क छ । बागमती ५ खेलमा ४ जित सहित ८ अङ्कका साथ रनरेटका आधारमा दोस्रो स्थानमा छ । लुम्बिनी समान खेलमा समान अङ्क भएता पनि रनरेटका आधारमा तेस्रो स्थानमा छ । ७ टिम सहभागी प्रतियोगिताको शीर्ष २ मा रहने टिमले फाइनल खेल्ने छन् । अन्य चार प्रदेश भने बाहिरिसकेका छन् ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]