सुबास र अमृत पीपीएल खेल्ने, कुशल सर्वाधिक मूल्यमा पोखरा पल्टनमा भित्रिए ( सम्पूर्ण सुची )

लामो समय देखि राष्ट्रिय क्रिकेट टिम तथा घरेलु क्रिकेटमा समेत प्रतिनिधित्व नगरेका राष्ट्रिय क्रिकेटर सुबास खकुरेल र अमृत भट्टराईले पोखरा प्रिमियर लिगको पीपीएलको दोश्रो संस्करण खेल्ने भएका छन्।

पीपीएलको दोश्रो संस्करण यही डिसेम्बर १४ देखि २८ सम्म ( मङ्सिर २८ देहि पुष १२ ) सम्म पोखरामा आयोजना हुँदैछ। पीपीएलमा सहभागी ६ टिमले अघिल्लो सिजन खेलेका ३ खेलाडी रिलिज गर्दै २ जना नयाँ खेलाडी प्रतिस्थापनको रुपमा लिएको हो।

सोमबार पोखरा प्रिमियर लिग आयोजक क्विन्स इभेन्टले यो संस्करण टिमले रिलिज, रिटेन गरेको खेलाडीको नाम सार्वजनिक गरेको हो।

सुबास र अमृतको पुनरागमन

राष्ट्रिय टिमका ओपनिंग ब्याट्सम्यान सुबास खकुरेल र तिब्र गति बलर अमृत भट्टराईलाई ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाडौँ गोल्डेन वारियर्सले लिएको छ। दुवैलाई ५० हजार रुपैयाँमा टिमले लिएको हो। काठमाडौँले नरेश बुढायर, सुमित झा र सुधिर चौधरीलाई रिलिज गरको छ। राष्ट्रिय क्रिकेटर नरेश हाल क्यानडामा रहँदै आएका छन्।

Amrit Bhattarai

सुबास खकुरेल गत वर्ष सेप्टेम्बरमा आयोजित एसिया कप छनौट पछि राष्ट्रिय क्रिकेट टिम र घरेलु क्रिकेटमा समेत देखिएका छैनन्। पीपीएलमा उनको पुनरागमन हुनेछ। यस्तै तिब्र गति बलर अमृत भट्टराई केहि वर्ष यता अस्ट्रेलियामा रहँदै आएका छन्। उनले अन्तिम पटक २०१४ मा नेपाली टिमको प्रतिनिधित्व गरेका थिए।

अघिल्लो वर्ष पीपीएल खेलेको टिम काठमाडौँ रोयल्सको सट्टा नयाँ मालिक रहेको टिम काठमाडौँ गोल्डेन वारियर्स लिगमा भित्रिएको हो। धनगढी प्रिमियर लिगमा ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौँ गोल्डेन्सले उक्त प्रतियोगिता प्ले-अफ चरणमा बहिस्कार गरेको थियो। टिमको मालिक हाल राखेप सदस्य सचिव रहेका रमेश सिलवाल रहेका थिए। धनगढी प्रिमियर लिग छोडेर शिलवालको टिम पीपीएल प्रवेश गरेको छ।

सुनम गौतम धनगढीमा 

नयाँ खरिद हुने खेलाडीहरुमा उमेर समुहका पुर्व राष्ट्रिय क्रिकेटर सुनम गौतम पनि रहेका छन्। अस्ट्रेलियाको घरेलु क्रिकेटमा सफलता हाँसिल गरिरहेका ब्याटिंग अल-राउण्डर सुनमलाई दिपेन्द्र ऐरी कप्तान रहेको धनगढी ब्लुजले टिममा ५० हजार रुपैयाँमा भित्र्याएको हो। यस्तै अन्डर-१६ रष्ट्रिय टिमका पुर्व क्रिकेटर देब्रे हाते स्पिनर अनिल खरेललाई पनि धनगढीले समान ५० हजार रुपैयाँमा लिएको छ। धनगढीले यस अघि टिममा रहेका दिलिप नाथ, सन्तोष भट्ट र योगेन्द्र कार्कीलाई रिलिज गर्दै सुनम र अनिललाई टिममा लिएको हो।

Dilip Nath

शेर मल्ल र कमल खत्री बुटवलमा 

यस्तै शरद सोमपाल कामि कप्तानीको टिम बुटवल ब्लास्टर्सले सागर पुन, अनिल खरेल र प्रकाश केसीलाई टिमबाट रिलिज गरेको छ। सागर ,अनिल र प्रकाश तिनजना खेलाडी बुटवलकै खेलाडी हुन् जसलाई यो पटक स्थानीय टिमले मौका दिएन। सागर गत सिजन इपिएल देखि घाइते भएका छन् र अझै फिट भइसकेका छैनन्। बुटवलले यो पटक अन्डर-१९ राष्ट्रिय क्रिकेटर शेर मल्ल तथा प्रदेश-१ को प्रतिनिधित्व गर्ने कमल खत्रीलाई टिममा भित्र्याएको छ। शेरलाई ५० हजार तथा कमललाई ३० हजार रुपैयाँ तिरेको हो।

कुशललाई पोखराले दियो सर्वाधिक मूल्य 

यस्तै पीपीएलको पहिलो संस्करणको विजेता टिम शरद भेसावकर कप्तानीको पोखरा पल्टनले दिपेश खत्री, बिक्रम भुसाल र दिभ्याँशु मलिकलाई रिलिज गरेको छ। पोखराले टिममा राष्ट्रिय क्रिकेट टिमका कुशल मल्ल तथा यु-१९ राष्ट्रिय क्रिकेटर आकाश चन्दलाई टिममा भित्र्याएको छ। विस्फोटक ब्याटिंग तथा देब्रे हाते स्पिन समेत राम्रो गर्न सक्ने अल-राउण्डर कुशलले १ लाख ५० हजार रुपैयाँ पाएका छन्। कुशललाई टिममा लिन चितवन राइनोज, बिराटनगर टाईटन्स, पोखरा पल्टन र बुटवल ब्लास्टर्सले चाहेका थिए तर मूल्य बढाबढमा पोखराले कुशललाई लिन सफल भएको थियो। नयाँ खरिद गरिएका खेलाडीहरुमा यो मूल्य सर्वाधिक हो।

अघिल्लो सिजन पोखराबाट खेलेका शक्ति गौचनलाई यो पटक पोखराले रिलिज गरेको छ। रष्ट्रिय टिमबाट सन्यास लिएका गौचनले अघिल्लो वर्ष एभरेस्ट प्रिमियर लिगबाट घरेलु क्रिकेट खेल्न छाडेका थिए।

Kushal Malla

दिलिप नाथ बिराटनगरमा 

अघिल्लो वर्ष सन्दिप लामिछानेको कप्तानी रहेको बिराटनगर टाईटन्सले जितेन्द्र सिंह ठकुरी, रोबिन जोशी र हिमांशु दत्तालाई रिलिज गरेको छ। बिराटनगरमा यो पटक मार्की खेलाडी रहेका सन्दिप लामिछाने नखेल्ने या नखेल्ने तय भएको छैन। बिराटनगरले राष्ट्रिय क्रिकेटर दिलिप नाथ र यु-१९ टिमका सदस्य लोकेश बमलाई टिममा भित्र्याएको छ। दिलिपलाई धनगढी ब्लुजले रिलिज गरेको थियो। विकेटकपर ब्याट्सम्यान दिलिपले ७५ हजार तथा लोकेशलाई ५० हजार रुपैयाँ पाएका छन्।

बिक्रमलाई चितवनले दियो ठुलो मूल्य 

यस्तै अघिल्लो वर्ष पीपीएलको उप-विजेता टिम पारस खड्का कप्तानीको चितवन राइनोजले तिब्र गति बलर बिक्रम सोब र लेग स्पिनर बिक्रम भुसाललाई टिममा लिएको छ। बिक्रम सोबलाई १ लाख ३० हजार मूल्यमा टिमले लिएको हो भने भुसालले ५० हजार मूल्य पाएका छन्। बिक्रम भुसाललाई पोखरा पल्टनले रिलिज गरेको हो भने बिक्रम अघिल्लो वर्ष कुनै टिममा थिएनन्। बिक्रमलाई लिन चितवन र धनगढीले मूल्य बढाबढ गरेका थिए।

कुन टिमले कसलाई छाड्यो, कसलाई लियो 

धनगढी ब्लुज –

लिएको खेलाडी – सुनम गौतम ( ५०,००० ) , अनिल खरेल (५०,००० )
छाडेको खेलाडी – दिलिप नाथ, सन्तोष भट्ट, योगेन्द्र कार्की

चितवन राइनोज – 

लिएको खेलाडी – बिक्रम सोब ( १,३०,००० ) , बिक्रम भुसाल ( ५०,००० )
छाडेको खेलाडी – शक्ति गौचन, स्वप्निल अधिकारी र आकाश थापा

बुटवल ब्लास्टर्स – 

लिएको खेलाडी – शेर मल्ल ( ५०,००० ) , कमल खत्री ( ३०,००० )
छाडेको खेलाडी – सागर पुन, अनिल खरेल, प्रकाश केसी

बिराटनगर टाईटन्स

लिएको खेलाडी – दिलिप नाथ ( ७५,००० ) , लोकेश बम ( ५०,००० )
छाडेको खेलाडी – जितेन्द्र सिंह ठकुरी, रोबिन जोशी , हिमांशु दत्ता

काठमाडौँ गोल्डेन वारियर्स

लिएको खेलाडी – सुबास खकुरेल ( ५०, ००० ) , अमृत भट्टराई ( ५०, ००० )
छाडेको खेलाडी –  नरेश बुढाएर, सुमित झा र सुधिर चौधरी

पोखरा पल्टन 

लिएको खेलाडी – आकाश चन्द ( ५०,००० ) , कुशल मल्ल ( १,५०,००० )
छाडेको खेलाडी –  दिपेश खत्री, बिक्रम भुसाल, दिभ्याँशु मलिक





थप समाचार

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]

ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग […]