खुकुरी कप: सुबास र प्रकासले राम्रो खेल्दा फाइटरको दोश्रो जित

  • विकेटनेपाल, माघ २२ – सोमबार

मुलपानी मैदानमा आयोजना भईरहेको खुकुरी च्यालेंजर्स कप टी२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएका दुई खेलहरुमा लर्ड बुद्द क्रिकेट क्लब र रोयल पिसी फाइटर बिजयी भएका छन्। प्रतियोगितामा फाइटरको यो दोश्रो जित हो भने लर्ड बुद्दको पहिलो हो । यसअघि फाइटरले लर्ड बुद्दलाई ८ विकेटले पराजित गरेको थियो।

पहिलो खेल: त्रिमुर्ति बोयज Vs लर्ड बुद्द क्रिकेट क्लब

आज भएको पहिलो खेलमा लर्ड बुद्द क्रिकेट क्लबले त्रिमुर्ती बोयजलाई ६ विकेटले पराजित गरेको थियो ।

टस जितेर पहिले ब्याटिंग गरेको त्रिमुर्ति बोयजले २० ओभरमा ५ विकेट गुमाउदै १५१ रन बनाएको थियो । उसका लागि जीवन लम्सालले ४८ रन बनाउन ५१ बलमा ३ चौका प्रहार गरे । यस्तै दिपेन्द्र मगरले ३६ रन (३० बल, ६ चौका) र संजय तामांगले २८ रन (२१ बल, १ चौका, १ छक्का) बनाए । लर्ड बुद्दका प्रसून थापा मगरले ३ विकेट हात पारे ।

जवाफमा मनिष श्रीवास्तवले अविजित ३९ रन बनाएपछि लर्ड बुद्दले मात्र १८.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । ४३ बल खेल्दै ३ चौका प्रहार गरेका श्रीवास्तवले तेस्रो विकेटको लागि ज्योति भण्डारीसँग ४० रनको तथा चौथो विकेटको लागि अनुप श्रेष्ठसँग ४९ रनको साझेदारी गरेका थिए । भण्डारीले ३६ रन ( २६ बल, ४ चौका, २ छक्का) र श्रेष्ठले २३ रन बनाए ।

लर्ड बुद्दका लागि खेल जिताउन ३६ रनको विस्फोटक पारि खेल्नेक्रममा मात्र २६ बलमा ४ चौका र २ छक्का प्रहार गरेका ज्योति भण्डारी म्यान अफ द म्याच घोषित भए ।

दोश्रो खेल: रोयल पिसी फाइटर Vs आईओई पुल्चोक

आजै भएको दोश्रो खेलमा रोयल पिसी फाइटरले आईओई पुल्चोकलाई ६६ रनको फराकिलो अन्तरले पराजित गर्यो।

खकुरेलले अविजित अर्धशतकीय इनिंग खेले

सुबास खकुरेलले अविजित ६६ रनको पारि खेलेपछि टस जित्दै ब्याटिंग गरेको फाइटरले २० ओभरमा ८ विकेट गुमाएर १६३ रनको योगफल तयार पारेको थियो । ४८ बलमा ७ चौका र २ छक्का प्रहार गरेका खकुरेलले दोश्रो विकेटको लागि सन्दिप सुनारसँग ५२ रनको साझेदारी गरे। सन्दिपले ३० रन बनाउन २६ बलमा ४ चौका र १ छक्का हाने।

बलिंगतर्फ पुल्चोकका सुबाश अर्याल, चिरन्जिबी पाण्डे, मनिष ज्ञवाली र दिनेश ठगुन्नाले २/२ विकेट हात पारे ।

 

जवाफमा फाइटरका प्रकाश बिस्टले ५ विकेट लिन मात्र १२ रन खर्चेपछी पुल्चोक मात्र ९७ रनमा समेटिन पुग्यो । पुल्चोकका लागि गौरभ खड्काले ३१ रन बनाएपनि अन्य खेलाडीहरुको साथ पाएनन् । यस्तै मेहबूब आलमले पनि २ विकेट लिन ३ रन खर्चिए ।

५ विकेट हात पारेका प्रकाश बिस्ट म्यान अफ द म्याच घोषित भए ।

अंक तालिका

Group B

TEAM MATCH WIN LOSS NO RESULT POINTS
Baluwatar Cricket Club 2 2 0 0 6
Royal PC Fighter 2 2 0 0 6
IOE Pulchowk 3 1 2 0 3
Lord Buddha Cricket Club 2 1 1 0 3
Trimurty Boys 2 0 2 0 0

मंगलबार हुने खेलहरु:

पहिलो खेल: रौतहट-११ Vs बुटवल क्रिकेट ब्वाइज
दोश्रो खेल:  इन्टर- डिस्ट्रिक्ट क्रिकेट क्लब Vs मकवानपुुर क्रिकेट क्लब

खुकुरी इन्टरटेन्मेन्टको आयोजनामा सुरु भएको प्रतियोगिताको बिजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँ पाउनेछ। यस्तै उत्कृस्ट खेलाडीले २० हजार तथा बलर/ब्याट्सम्यानले १०/१० हजार रुपैयाँ पुरस्कार पाउनेछ।

प्रतियोगितामा कुल २० टिम सहभागी रहेको छ। प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा संचालन हुनेछ भने क्वार्टरफाइनल खेलहरु मुलपानी मैदानमा खेलिनेछ।

सहभागी टिम र समुह

समूह ‘ए’ : काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर , अल्टिमेट इन्डोर क्रिकेट, आरसिए प्युठान च्यालेन्जर्स, शान्तिनगर युवा क्लब, मलपोखरी क्रिकेट क्लब

समूह ‘बी’ : आई.ओ.ई. पुल्चोक, रोयल पिसी फाईटर्स, लर्ड बुद्ध क्रिकेट क्लब, बालुवाटार क्रिकेट क्लब, त्रिमुर्ति व्वाइज

समूह ‘सी’ : ओएसिस क्रिकेट एकेडेमी, ग्रेट हिमालय क्रिकेट एकेडेमी, आई.ओ.ई थापाथली, नेपाल क्रिकेट स्कुल, त्रिभुवन आर्मी क्लब

समूह ‘डी’ : टिकापुर क्रिकेट, रौतहट-११, मकवानपुुर क्रिकेट क्लब, बुटवल क्रिकेट ब्वाइज, इन्टर- डिस्ट्रिक्ट क्रिकेट क्लब

 





थप समाचार

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]

कोलकोताले दियो बैंगलुरुलाई १७५ रनको लक्ष्य

काठमाडौँँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) काे उद्घाटन खेलमा कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई १७५ रनकाे लक्षय […]

पीएम कप ; कोशीविरुद्ध बागमती १३१ रनले विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले फराकिलो जित हासिल गरेको छ। शनिबार […]

आईपीएल आजदेखि, उद्घाटन खेलमा कोलकोता र बैंगलुरु भिड्दै

काठमाडौँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि सुरु हुँदै छ। उद्घाटन खेल कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा हुँदै […]

आर्मीको छैटौँ जित

काठमाडौं । विभागिय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा छैटौं जित दर्ता गरेको छ। देउखुरी […]

नेपालले दिल्लीसँग अभ्यास खेल खेल्ने

काठमाडौं। आइसिसी यु–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ। यु–१९ विश्वकप एसिया […]