मिलन चम्किंदा, सुदूरपश्चिम बन्यो यु-१९ राष्ट्रिय च्याम्पियन

डिफेन्डिङ च्याम्पियन लुम्बिनी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। गत वर्ष लुम्बिनी प्रदेशले सुदूरपश्चिमलाई ११३ रनले पराजित गर्दै उपाधि जितेको थियो। सुदूरपश्चिम प्रतियोगितामा सबै ७ खेलमा अपराजित रहँदै जित हात पार्न सफल रह्यो।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न फाइनलमा लुम्बिनीले दिएको ९३ रनको लक्ष्य सुदूरपश्चिमले २१ ओभरमा ४ विकेट गुमाएर भेटायो।

सुदूरपश्चिमको लागि गजेन्द्र बोहराले सर्वाधिक ३९ रन बनाए जुन क्रममा अविजित रहँदै १९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। दिपक बोहराले २५ तथा कप्तान अनुराग सिंहले २२ रन बनाए। लुम्बिनीका रमेश कुर्मीले २ तथा निर्मल गुरुङ र अभिशेक गौतमले १/१ विकेट लिए।

Milan Bohara
Milan Bohara ले ५ विकेट लिए ( फाइल फोटो )

यस अघि टस जितेर ब्याटिंग रोजेको लुम्बिनीले २९.१ ओभरमा ९२ रन बनाउदा सबै विकेट गुमायो।

लुम्बिनीका ओपनर आकाश त्रिपाठीले ३८ तथा नर सार्कीले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। अतिरिक्तको रुपमा सुदूरपश्चिमले १८ रन खर्चियो। ४८ रनमा १ विकेट गुमाएको अवस्थाबाट लगातार विकेट गुमाएको लुम्बिनीले थप ४४ रन बनाउदा सबै विकेट गुमायो।

सुदूरपश्चिमका देब्रे हाते स्पिनर मिलन बोहरा एक्लैले ५ विकेट लिए जुन क्रममा ९ ओभरमा २ मेडन ओभर गर्दै १५ रन खर्चिए। हेमन्त धामी ( ६-०-१३-२ ) र नरेन साउदले ( ५.१-०-१४-२ ) २/२ तथा आकाश चन्दले १ विकेट लिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy