चिन्नुस नेपाल आउन लागेका बिदेशी प्रशिक्षक, यसकारण आएनन् देसाई

Nepal Cricket Team
  • विकेटनेपाल, माघ १ – सोमबार

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा रहेको नेपाली रास्ट्रीय क्रिकेट टिमलाई बिदेशी प्रशिक्षकले सघाउने भएका छन् । प्रतियोगिता फेब्रुवरी ८ देखि १५ तारिखसम्म नामिबियामा हुनेछ।

डिभिजन-२ मा नेपाल सहित युएई, केन्या, नामिबिया, ओमान र क्यानडा सहभागी हुने छन्। ६ टिम मध्ये उत्कृस्ट-२ हुने टिम एकदिवसीय बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ। नेपाल बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा सातौँ स्थानमा रहँदै डिभिजन-२ मा घटुवा भएको थियो। नेपाली टिम हाल टियु मैदानमा प्रशिक्षणरत छ

नेपाली टिमका प्रशिक्षक जगत टमाटाका अनुसार “नेपालको अभ्यासलाई सघाउन आईसीसीले एकजना बिदेशी प्रशिक्षकको ब्यबस्था गर्ने छ जसमा भारतीय प्रथम श्रेणी क्रिकेटर तथा मुम्बई क्रिकेट टिमका प्रशिक्षक रहीसकेका सुलक्षण कुलकर्नी नेपाल आउने सम्भावना बढी रहेको छ ।”

कुलकर्नीसँगै अन्य २ जना प्रशिक्षकहरुको प्रस्ताब आईसीसीले गरे पनि नेपाली टिमले कुलाकर्नीलाई रोज्दै आईसिसीलाई जानकारी गराएको छ तर आइसीसीको अन्तिम निर्णय भने आउन बाँकी रहेको छ। आईसीसीले सुझाएको अन्य दुई जनामा मुम्बईका उमेश पटुवाल र हैदरावादका अभिजित चटर्जी रहेका थिए।

मोन्टी देसाई ल्याउने चाहना पुरा भएन, कारण के ? 

मोन्टी देसाईको प्रशिक्षण शैलीबाट प्रभावित नेपाली टिमले उनलाई ल्याउन चाहे पनि कार्यकाल छोटो हुने भएकाले देसाईले आउने चाहाना देखाएनन्।

Monty Desai , Dilip Nath

प्रशिक्षक जगत टमाटालाई आधार मान्ने हो भने मोन्टी देसाईले लामो समयको लागि नेपाली टिमसँग रहने चाहना ब्यक्त गरेको तर क्रिकेट संघ नभएको कारणले आइसीसीले लामो समयको लागि नियुक्ति नदिएको हुनसक्छ। सरकारले ६ महिनाको लागि तलबको ब्यबस्था गर्ने भन्दै ६ महिनाको लागि मोन्टिलाई आग्रह गरेको तर उनले आफु १/२ बर्षको लागि काम गर्न सक्ने बताएका थिए ।

देसाईले यसभन्दा अगाडी विभिन्न समयमा नेपाली यु १९ रास्ट्रीय तथा रास्ट्रीय क्रिकेट टिमको लागि छोटो समयको लागि ब्याटिंग कन्सल्ट्यान्ट भएर काम गरिसकेका छन् ।

को हुन् सुलक्षण कुल्कर्नी

कुल्कर्नी भारतका पुर्व प्रथम श्रेणीका क्रिकेटर हुन उनले सन् १९८५ देखि २००२ सम्म भारतका घरेलु टोलीहरु मुम्बई, मध्य प्रदेश, आसाम, रेलवेज र विदर्भाका लागि रंजी ट्रफी क्रिकेट खेलेका थिए ।

आफ्नो खेल जीवनमा विकेट किपर ब्याट्सम्यानको भूमिका निर्वाह गरेका कुलाकर्नीले ६५ प्रथम श्रेणी र १३ लिस्ट ए क्रिकेट खेलेका छन् ।   प्रथम श्रेणीमा ३३३२ रन बनाउने क्रममा ६ शकत र १३ अर्धशतक १२२ क्याच र २१ स्टम्पिंग गरेका छन् भने लिस्ट ए क्रिकेट मा १३० रन बनाउदै १० क्याच र २ स्टम्पिंग गरेका छन् ।

(Picture: @Sportzwiki)

उनलाई मुख्य गरि सन् १९९७ को सौरास्ट्रको टिम बिरुद्द खेलेको पारिले सम्झने गरिन्छ, उनले वासिम जफ्फ़रसँग मिलेर पहिलो विकेटको लागि ४५९ रनको साझेदारी गरेका थिए । वासिफ जफ्फ़रले सन् २०१७मा विदर्भाबाट खेल्दै रंजी ट्रफीको उपाधी उचालेका छन् ।

कुलकर्नीले मुम्बईबाट सन् १९९४, १९९५ र १९९६ को रंजी ट्रफी जितेका थिए भने १९९६ मा रंजी क्रिकेटका उत्कृस्ट खेलाडी बनेका थिए ।२००२ पछी सन्यासको घोषणा गरेका उनले त्यसपछि प्रशिक्षकको भूमिका निर्वाह गर्दै आईरहेका छन् ।

सन् २००६ मा उनी मुम्बई यु१९ को प्रशिक्षक बनेका थिए त्यसपछि २००८ देखि ३ बर्ष विदर्भाको प्रशिक्षकको रुपमा रहदा २०११ मा बिदर्भले मुस्ताक अलि जोनल टी२० को उपाधी जिताएका थिए ।

विदर्भासँगको सफल कार्यकालपछी उनलाई सन् २०११ मा मुम्बईको टिमको प्रशिक्षक बनाईयो जसपछी मुम्बई २०११ मा सेमिफाइनलसम्म पुगेको थियो भने सन् २०१३ मा उपाधीनै उचालेको थियो । त्यसपछि २०१४ मा क्वाटरफाइनलबाट बाहिरिएपछी मुम्बई क्रिकेट एसोसिएनले उनलाई बर्खास्त गरेको थियो ।

सचिन तेन्दुलकर समेत भएको मुम्बईले २०१३ मा कुलाकर्नीको प्रशिक्षणमा रंजी ट्रफी जितेको थियो (Picture: tehelka.com)

५१ वर्षका कुलाकर्नीले सन् २०१६ मा छत्तीसगढको रंजी टिमको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

टिमको कम्बीनेसन, युएईमा अभ्यास खेल र कुलाकर्नीबारे के भन्छन त टमाटा (भिडियो)

https://www.youtube.com/watch?v=PFkTcmxO1EA

 





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]