अष्ट्रेलियाको प्रिमियर लिग क्रिकेटमा सुनम गौतमको शतक

  • विकेटनेपाल – कार्तिक २५, आइतवार

पुर्व यु-१९ राष्ट्रिय खेलाडी सुनम गौतमले अष्ट्रेलियाको घरेलु क्रिकेटमा शतकीय पारि खेलेका छन्। घरेलु क्रिकेट प्रतियोगिता भिक्टोरियन प्रिमियर लिग क्रिकेटमा ग्रिन्भेल कंगारुजको टोलीबाट खेल्दै सुनमले शतक बनाएका हुन्।

अष्ट्रेलियाको कुनैपनि स्तरको घरेलु क्रिकेटमा नेपाली खेलाडीले बनाएको यो पहिलो शतक हो। सुनम पछिल्लो केहि बर्ष यता अष्ट्रेलियामा बस्दै आएका छन्।

नेपालमा रहंदा सुनमले उमेर समुहको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन्। नेपाली यु-१७ र यु-१९ टोलीका सुनम महत्वपूर्ण सदस्य थिए। सिनियर राष्ट्रिय टोलीको क्याम्पमा रहेका समयमानै सुनम अष्ट्रेलिया उडेका थिए। सन् २०१७ को एभरेष्ट प्रिमियर लिग सिजनमा चितवन टाइगर्सको टोलीमा रहेपनि सुनमको प्रदर्शन सिंगो टोलीकोझैँ राम्रो रहन सकेको थिएन।

भिक्टोरियन प्रिमियर लिग क्रिकेटमा ग्रिन्भेल कंगारुजबाट पहिलो लेभेलको क्रिकेट खेल्ने सुनम लगातार राम्रो प्रदर्शन गर्दै आइरहेका छन्। प्रिमियर लिग क्रिकेटमा गरेकै प्रदर्शनको आधारमा यस अघिको बिग ब्यास लिग (बिबिएल) सिजनमा सुनमलाई मेलबर्न स्टार्सले ट्रायलका लागि समेत लिएको थियो।

Sunam Gautam
Sunam Gautam

प्रिमियर लिग क्रिकेटमा सुनमको शतक :

भिक्टोरियन प्रिमियर लिगलाई अष्ट्रेलियन टोलीमा छनौट हुने दोस्रो खुड्किलोका रुपमा लिइन्छ। प्रिमियर लिगमा गरेको प्रदर्शनको आधारमा अष्ट्रेलियन स्टेट टोलीमा खेलाडी छनौट हुने गर्दछन्। स्टेट क्रिकेटमा उत्कृस्ट प्रदर्शन गर्ने खेलाडीले अष्ट्रेलियन राष्ट्रिय टोलिमा स्थान बनाउँछन्।

Sunam Gutam
Sunam Gutam

” एकदम खुशी लागिरहेको छ। र मुख्य चाहिं नेपाललाई चिनाउन पाउँदा अझ खुशी छु। यसले गर्दा यहाँ रहेका अन्य नेपालीहरुले पनि खेल्न पाउने मौका हुन्छ।” अष्ट्रेलियाको उच्च स्तरको घरेलु प्रतियोगितामा शतक बनाउंदाको खुशी व्यक्त गर्दै सुनमले भने।

सोहि प्रिमियर लिग क्रिकेटमा कोकाबुरा मेन्स प्रिमियर फर्स्ट ग्रेड अन्तर्गत प्रह्रण बिरुद्ध सुनमले शतक बनाएका हुन्। प्रतियोगिताको पाँचौ चरणको खेलमा सुनमले शतक बनाएपनि उनको टोलि कंगारुजले प्रह्रण बिरुद्ध खेल बराबरीमा अन्त्य गर्यो।

टस जितेर पहिले ब्याटिंगमा उत्रिएको प्रह्रणले ५ विकेट गुमाएर ३६६ रन जोड्दै इनिंग समाप्तिको घोषणा गरेको थियो। कंगारुजको बलिंगतर्फ सुनमले ३ विकेट (३३-६-११५-३) समेत लिएका थिए।

Sunam Gautam's Batting Performance
Sunam Gautam’s Batting Performance

जवाफी ब्याटिंगमा उत्रिएको कंगारुजले ९७ ओभर ब्याटिंग गर्दै ६ विकेट गुमाएर ३०९ रन जोडेपछी खेल बराबरीमा अन्त्य भयो। कंगारुजको इनिंगमा सुनमले सर्वाधिक १०६ रन जोडे। चौथो नम्बरमा ब्याटिंग गर्न उत्रिएका उनले ११३ बलको सामना गर्दै १२ चौका प्रहार गरे।

यस सिजन ६ खेल खेलेका सुनमले उत्कृस्ट लयमा रहँदै २६९ रन बनाएका छन्। यस्तै बलिंगतर्फ समेत सुनमको नाममा ९ विकेट रहेको छ।





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]