पुलिसको तेश्रो जीतमा सुनिल धमलाको अलराउण्ड प्रदर्शन

Sunil Dhamala

फिचर फोटो – सुनिल धमला ( फाइल )

  • विकेटनेपाल , बैशाख -९ 

दिपक गुप्ता मेमोरियल टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न २ वटा खेलमा नेपाल पुलिस क्लब र युनाइटेड क्रिकेट क्लबले जित हात पारेका छन्। पुलिसले फोनिक्स क्रिकेट क्लबलाई ३४ रनले तथा युनाइटेडले जनकपुर क्रिकेट टिमलाई ४० रनले पराजित गर्यो । प्रतियोगितामा समुह ‘ए’ मा रहेको पुलिसको यो लागातार तेश्रो जित हो।

समुह ‘ए’ मा तेश्रो जित पछि पुलिस क्लब ६ अँक सहित शिर्ष स्थानमा रहेको छ भने फोनिक्स क्रिकेट क्लब र युनाइटेड क्रिकेट क्लबले २ खेलमा १ जित र १ हार बेहोरेका छन्। जनकपुर क्रिकेट टिमले खेलेको ३ वटै खेलमा पराजय बेहोरेको छ।

पुलिसको जितमा धमलाको अलराउण्ड प्रदर्शन 

टस जितेर ब्याटिंग गरेको नेपाल पुलिस क्लबले २० ओभरमा ६ विकेट गुमाएर १६१ रनको योगफल तयार गरेको थियो। दिलिप नाथले सर्वाधिक ४५ रन योगदान दिने क्रममा मात्र २७ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। सुनिल धमलाले २७ रन ( २३ बल, ४ चौका र १ छक्का ) , आरिफ शेखले २३ रन ( १२ बल, ३ छक्का ) को योगदान दिए।

Dilip Nath
दिलिप नाथले ४५ रन बनाए ( फाइल फोटो )

१६२ रन लक्ष्य पछ्याउने क्रममा फोनिक्सले २० ओभर ब्याटिंग गरे पनि ८ विकेट गुमाएर १२७ रन मात्रै बनाउन सक्यो। राजपल सल्कियाले सर्वाधिक ३७ तथा भारत नेवारले २५ रन योगदान दिए।

पुलिस बलर सुनिल धमला र दिपेन्द्र ऐरीले समान २/२ विकेट हात पारे भने ललित भण्डारी, ललित राजबंशी र योगेन्द्र कार्कीले पनि १/१ विकेट लिए। अल-राउण्ड योगदान दिएका सुनिल धमला खेलको प्लेयर अफ द म्याच चुनिए।

युनाइटेडसंग जनकपुर पराजित 

टस हारेर ब्याटिंग गर्दै युनाइटेड क्रिकेट क्लबले २० ओभरमा ४ विकेट क्षेतीमा १५७ रनको योगफल तयार गर्यो। राजा सिंह सर्वाधिक  रन ( ३३ बल, ५ चौका र १ छक्का ) बनाए भने हसिम अन्सारी र आराजब राजले समान ३६ रन योगदान दिए।

जनकपुर बलर संसाद शेखले ३ विकेट हात पार्न ४ ओभरमा २६ रन मात्रै खर्चिए।

हसिम अन्सारी ( फाइल फोटो )

१५८ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले २० ओभरमा ८ विकेट गुमाएर ११७ रन मात्रै बनायो। ओपनर शंकर रानाले ४७ रन ( ५२ बल, ५ चौका र १ छक्का ) तथा हरिशंकर शाहले २८ रन बनाए पनि अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्नु जनकपुरको हारको कारण बन्नपुग्यो ।

युनाइटेड बलर सैदुल्लाह अन्सारी र हसिम अन्सारीले समान ३/३ विकेट हात पारे। खेलको प्लेयर अफ द म्याच हसिम अन्सारी घोषित भए।

प्रतियोगिताको बिजेता टिमले ३ लाख ११ हजार रुपैयाँ प्राप्त गर्नेछन्।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]