पोखरा राइनोजद्वारा चितवनलाई १३० रनको लक्ष्य प्रस्तुत, धमलाको अर्धशतक

Sunil Dhamala
  • विकेटनेपाल, मङ्सिर-२९ , शनिबार 

एभरेस्ट प्रिमियर लिग ( इपिएल टि-२० ) अन्तर्गत १३ औं चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा पहिले ब्याटिंग गरेको पोखरा राइनोजले २० ओभर ब्याटिंग गर्दै ५ विकेट गुमाएर १२९ रनको योगफल तयार गरेको छ।

टस हारेर पहिले ब्याटिंग गरेको पोखराको ओपनिङ्ग गर्न आएका कप्तान कायल कोट्जर २३ रन बनाएर पाँचौ ओभरमा २३ रनको व्यक्तिगत स्कोरमा जर्ज स्कटको बलमा क्याच आउट भए। त्यसपछि दोश्रो विकेटको लागि अर्का ओपनर बिनोद भण्डारीले सुनिल धमलासंग ४८ रनको साझेदारी गरे।

Lalit Bhandari
Lalit Bhandari

सुस्त ब्याटिंग गरेका भण्डारी २७ रन ( ३६ बल , ३ चौका ) बनाएर ललित भण्डारीको बलमा आउट भए। त्यसै ओभरमा ललितले पल कग्लिनलाई खाता नखोल्दै क्याच आउट गराए।

त्यसपछि चौथो विकेटको लागि धमला र राजेश पुलामीले २७ रन जोडेपछि पुलामी १२ रन बनाएर जर्ज स्कटको बलमा क्याच आउट हुन पुगे।

अमित श्रेष्ठ पछि लिगमा दोश्रो अर्धशतक प्रहार गर्ने खेलाडी बनेका सुनिल धमला ५१ रन बनाएर स्कटकै बलमा क्याच आउट भए जुन क्रममा उनले ४२ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

खेल जीवनकै अन्तिम खेल खेलीरहेका शक्ति गौचन १ रन तथा सन्नी भिमसरिया ४ रन बनाएर अविजित रहे।

२० ओभर ब्याटिंग गरेको पोखराले ५ विकेट १२९ रनको योगफल तयार गर्यो।

चितवनको बलिङ्गमा जर्ज स्कटले सर्वाधिक ३ विकेट ( ४-०-२४-३ ) लिए भने ललित भण्डारीले २ ( ४-०-२९-२ ) लिए।

प्रतियोगितामा यस अघि लगातार ४ खेल हार्दै पोखरा प्रतियोगिताको दोश्रो चरण नपुग्ने निश्चित भइसकेको छ। उता चितवन टाइगर्सले भने आजको खेल जितेमा प्ले-अफ सम्भावना जीवित राख्नेछ। आज चितवनले जितेर यदी बिराटनगर वारियर्सले काठमाडौँ किंग्स-११ संग पराजित भयो भने नेट-रन रेटमा जो अघि हुन्छ त्यो प्ले-अफ चरण प्रवेश गर्नेछ।

 

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]