पोखरा राइनोजद्वारा चितवनलाई १३० रनको लक्ष्य प्रस्तुत, धमलाको अर्धशतक

२०७५ मंसिर २९, शनिबार १४:४५

Sunil Dhamala
  • विकेटनेपाल, मङ्सिर-२९ , शनिबार 

एभरेस्ट प्रिमियर लिग ( इपिएल टि-२० ) अन्तर्गत १३ औं चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा पहिले ब्याटिंग गरेको पोखरा राइनोजले २० ओभर ब्याटिंग गर्दै ५ विकेट गुमाएर १२९ रनको योगफल तयार गरेको छ।

टस हारेर पहिले ब्याटिंग गरेको पोखराको ओपनिङ्ग गर्न आएका कप्तान कायल कोट्जर २३ रन बनाएर पाँचौ ओभरमा २३ रनको व्यक्तिगत स्कोरमा जर्ज स्कटको बलमा क्याच आउट भए। त्यसपछि दोश्रो विकेटको लागि अर्का ओपनर बिनोद भण्डारीले सुनिल धमलासंग ४८ रनको साझेदारी गरे।

Lalit Bhandari
Lalit Bhandari

सुस्त ब्याटिंग गरेका भण्डारी २७ रन ( ३६ बल , ३ चौका ) बनाएर ललित भण्डारीको बलमा आउट भए। त्यसै ओभरमा ललितले पल कग्लिनलाई खाता नखोल्दै क्याच आउट गराए।

त्यसपछि चौथो विकेटको लागि धमला र राजेश पुलामीले २७ रन जोडेपछि पुलामी १२ रन बनाएर जर्ज स्कटको बलमा क्याच आउट हुन पुगे।

अमित श्रेष्ठ पछि लिगमा दोश्रो अर्धशतक प्रहार गर्ने खेलाडी बनेका सुनिल धमला ५१ रन बनाएर स्कटकै बलमा क्याच आउट भए जुन क्रममा उनले ४२ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

खेल जीवनकै अन्तिम खेल खेलीरहेका शक्ति गौचन १ रन तथा सन्नी भिमसरिया ४ रन बनाएर अविजित रहे।

२० ओभर ब्याटिंग गरेको पोखराले ५ विकेट १२९ रनको योगफल तयार गर्यो।

चितवनको बलिङ्गमा जर्ज स्कटले सर्वाधिक ३ विकेट ( ४-०-२४-३ ) लिए भने ललित भण्डारीले २ ( ४-०-२९-२ ) लिए।

प्रतियोगितामा यस अघि लगातार ४ खेल हार्दै पोखरा प्रतियोगिताको दोश्रो चरण नपुग्ने निश्चित भइसकेको छ। उता चितवन टाइगर्सले भने आजको खेल जितेमा प्ले-अफ सम्भावना जीवित राख्नेछ। आज चितवनले जितेर यदी बिराटनगर वारियर्सले काठमाडौँ किंग्स-११ संग पराजित भयो भने नेट-रन रेटमा जो अघि हुन्छ त्यो प्ले-अफ चरण प्रवेश गर्नेछ।

 

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy