सुनिल धमलाको अर्धशतकमा चौराहाले जोड्यो १४५ रन, आलमको ह्याट्रिक

Sunil Dhamala
  • फोटो फिचर : सुनिल धमला (फाइल फोटो)

विकेटनेपाल – १७ चैत्र, शनिवार | धनगढी प्रिमियर लिग )डिपिएल) को दोस्रो सिजनको उद्घाटन खेलमा टिम चौराहा धनगढीले काठमाडौं गोल्डेन्सलाई जितका लागि १४६ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ ।

धनगढीको एस.पी.ए मैदानमा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको चौराहाले बिष्फोटक सुरुवात गरेको थियो । पहिलो विकेटका लागि सुनिल धमला र पुनित मिश्राले ५५ रनको साझेदारी गर्दै काठमाडौंको बलिंगलाई जवाफबिहिन पारेका थिए । पावरप्लेको अन्तिम बलमा पुनित मिश्रा (९) आउट भएसंगै चौराहाले पहिलो विकेट गुमाएको थियो । काठमाडौंलाई पहिलो सफलता दिलाउने क्रममा राशिद खानले पुनितलाई ललित राजबंशीको हातबाट क्याच आउट गराएका थिए ।

Sunil Dhamla

टिम चौराहा धनगढीको इनिंगमा सुनिल धमलाले उत्कृस्ट ब्याटिंग गरे । प्रतियोगिताको पहिलो अर्धशतक जोड्ने क्रममा सुनिलले ५७ बलमा ६८ रनको इनिंग खेले । उनको इनिंगमा ८ चौका र २ छक्का सामिल थियो । दोस्रो विकेटका लागि धमलाले शंकर रानासंग ७१ रनको साझेदारी गर्दै चौराहालाई ठुलो स्कोर तर्फ लैजाने प्रयास गरेका थिए । तर शंकर राना व्यक्तिगत ३६ रन जोड्दै आउट भएसंगै चौराहले लगातार विकेट गुमाउन पुग्यो ।

चौराहा धनगढीलाई ठुलो स्कोर जोड्नबाट बन्चित गराउन काठमाडौं गोल्डेन्सका साहब आलमले ह्याट्रिक प्राप्त गरे । उनको ह्याट्रिकको शिकारमा सोमपाल कामी, सुनिल धमला र राजेश पुलामी परेका थिए। यस्तै राशिद खान, सन्नी पटेल र किशोर महतोले समान १-१ विकेट चट्काए ।





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]