सुनिल नारायणको विस्फोटक ब्याटिंगले बेंगलोर पराजित

  • विकेटनेपाल, २५ चैत  – आइतबार

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा कोलकत्ता नाइटराईडर्सका सुनिल नारायणले विस्फोटक ब्याटिंग गर्दै मात्र १७ बलमा अर्धशतक प्रहार गरेपछि उसले रोयल च्यालेंजर्स बेंगलोरलाई ४ विकेटले पराजित गरेको छ ।

बेंगलोरले दिएको १७७ रनको लक्ष्य पछ्याएको कोलकत्ताले नारायणको विस्फोटक ब्याटिंग सँगै नितिश रानाको ३४ रन (२५ बल, २ चौका, २ छक्का) र कप्तान दिनेश कार्तिकको अविजित ३५ रन (२९ बल, ४ चौका) को मद्दतमा ६ विकेट गुमाएर ७ बल अगावै पुरा गरेको थियो । नारायणले ५० रन बनाउनेक्रममा १९ बलमा ४ चौका र ५ छक्का प्रहार गरेका थिए ।

बेंगलोरका लागि क्रिस वोक्सले ३ विकेट लिन मात्र ३६ रन खर्चेपनि जितको लागि पर्याप्त हुन सकेन । यस्तै उमेश यादव २ र वासिंगटन सुन्दरले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट १७६ रन बनाएको थियो । उसका लागि ओपनर ब्रेन्डन म्याकलमले ४३ रन प्रहार गर्न २७ बलमा ६ चौका र २ छक्का तथा एबी डी भिल्लियर्सले ४४ रन प्रहार गर्न २३ बलमा १ चौका र ५ छक्का प्रहार गरेका थिए ।   यस्तै मन्दिप   सिंहले ३७ रन बनाउन १८ बलमा ४ चौका र २ छक्का हान्दा कप्तान विराट कोहलीले ३१ रन (३३ बल, १ चौका, १ छक्का) बनाएपनि अन्त्यन्तै कमजोर पारि खेले ।

कोलकाताका लागि पार्ट टाइम बलर नितिश रानाले १ ओभरमात्र गर्ने क्रममा लगातार २ बलमा एबीडी भिल्लियर्स र विराट कोहलीलाई आउट गरेका थिए जुन अन्त्यमा खेलमा अन्तर बन्न गयो । यस्तै विनय कुमारले पनि २ विकेट लिन ३० रन खर्चेका थिए ।

विस्फोटक ब्याटिंग र १ विकेट समेत लिएका सुनिल नारायण म्यान अफ द म्याच भए ।

(Pictures: @iplt20.com)





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]