IPL : सुनिल नारायणको बलिंग याक्सन शंकास्पद पाइयो, दोहिरिए प्रतिबन्ध हुन सक्ने

कोलकाता नाइट राइडर्सका स्टार स्पिनर सुनिल नारायणको किंग्स-११ पन्जाब बिरुद्धको शनिवार सम्पन्न खेलमा बलिंग याक्सन संकास्पद पाइएको छ। कोलकाताले पन्जाबलाई २ रनले पराजित गर्दा नारायणले डेथ ओभरमा उत्कृस्ट बलिंग गरेका थिए।

इन्डियन प्रिमियर लिगले बिज्ञप्ति जारि गर्दै मैदानमा रहेका अम्पायरले नारायणको याक्सन बारे रिपोर्ट दर्ता गरेको जसपछि उनलाई पहिलो चेतावनी दिईएको छ – “अनफिल्ड अम्पायरहरुले आईपीएलको अबैध बलिंग याक्सन नियम अनुसार रिपोर्ट गरेका हुन्। नारायणलाई चेतावनीको सूचीमा राखेर उनलाई प्रतियोगितामा बलिंग गर्ने अनुमति दिईन्छ।” बिज्ञप्तिमा लेखिएको छ।

अब अर्को पटक नारायणको याक्सन रिपोर्ट भएको खण्डमा प्रतियोगितामा बलिंग गर्न प्रतिबन्ध लगाइनेछ। त्यसो भएको खण्डमा भारतीय क्रिकेट बोर्डको अबैध बलिंग याक्सन कमिटीले उनको याक्सनलाई मान्यता नदिएसम्म पुनः लिगमा बलिंग गर्न पाउनेछैनन्।

बलिंग गर्दा बलरले आफ्नो कुहिनो १५ डिग्री भन्दा बढी खुम्च्याउन पाउदैन। खेलको दौरान यदी अम्पायरले कुनै बलरले १५ डिग्री भन्दा बढी हात बाङ्गो गरेको पाएमा रिपोर्ट गर्न पाउने नियम रहन्छ। नेपालमा गत सिजनको २०१९ धनगढी प्रिमियर लिगमा ( डिपीएल) अंकित दबास नामक भारतीय बलरलाई यही आरोपमा दोश्रो पटक अम्पायरले रिपोर्ट गरेपछि बलिंग गर्न प्रतिबन्ध लगाइएको थियो। बलर प्रतिबन्धमा परेपछि ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाडौं गोल्डेन्सले लिगनै बहिस्कार गरेको थियो

बलिंग गर्दा बलरले आफ्नो कुहिनो १५ डिग्री भन्दा बढी खुम्च्याउन पाउदैन।

नारायणको बलिंग याक्सन विवाद नयाँ हैन। ६ वर्ष अघि २०१४ मा आयोजित च्याम्पियन्स लिग प्रतियोगितामा २ पटक उनको याक्सन अबैध पाइएको थियो जसपछि उनले याक्सन सुधार्ने क्रममा २०१५ को विश्वकपनै गुमाउनु परेको थियो। यस्तै २०१५ को आईपीएलमा पनि उनको बलिंग शंकास्पद भएको भन्दै रिपोर्ट दर्ता गरिएको थियो जसपछि सोहि वर्ष नोभेम्बरमा बलिंगबाट प्रतिबन्ध लगाइएको थियो। आईसीसीले २०१६ अप्रिलमा उनको याक्सन सुधार पछि पुनः प्रतिबन्ध खुला गरेको थियो। त्यसै कारण उनले २०१६ को टि-२० विश्वकप खेल्न पाएका थिएनन्। त्यसपहि २०१८ मार्चमा पुनः पाकिस्तान सुपर लिगमा उनको याक्सनबारे अम्पायरले रिपोर्ट गरेका थिए।

पन्जाब बिरुद्ध नारायण र प्रसिध कृष्णाले डेथ ओभरमा उत्कृस्ट बलिंग गर्दै कोलकातालाई २ रनको अपत्यारिलो जित दर्ता गराएका थिए। १६५ रनको लक्ष्य पछ्याउने क्रममा मायाँक अग्रवाल र केएल राहुलले १४.२ ओभरमा ११५ रनको साझेदारी गरेका थिए। त्यसको अवस्थाबाट कोलकाताले शानदार पुनरागमन गर्दै जित दर्ता गरेको थियो। खेलमा नारायणले ४ ओभरमा २८ रन खर्चेर निकोलस पुरन र मन्दिप सिंहको विकेट लिएका थिए। त्यस क्रममा उनले अन्तिम ओभरमा १४ रन आवस्यक रहंदा बलिंग गर्दै १ विकेट लिएर ११ रन खर्चेका थिए। यस्तै १८ औं ओभरमा मात्र २ रन खर्चेर १ विकेट लिंदै जितको आधार तयार गरेका थिए।

नारायणले जारि लिगमा ६ खेल खेल्ने क्रममा ५ विकेट लिएका छन्। ब्याटिंगमा भने कमजोर प्रदर्शन गरेका नारायणले ५ इनिंगमा मात्र ४० रन बनाउन सकेका थिए।

“जहाजमा धेरै प्वाल छन् , एउटा थुन्दा अर्को ठाउँबाट पानि चुहिरहेको छ।” – धोनी

रोमान्चक खेलमा कोलकातासंग पन्जाब २ रनले पराजित

फेरी चलेन चेन्नाईको ब्याटिंग, बैंगलोरको सहज जित ( अंकतालिका सहित )

७ फिट ६ इन्च अग्ला पाकिस्तानि बलरको ‘विश्वकै अग्लो बलर’ बन्ने लक्ष्य

करन केसीको ७ उत्कृस्ट बलिंग प्रदर्शन





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]