डिपिएल-३: सन्नी पटेलको उत्कृस्ट प्रदर्शनमा अत्तरियाको रोमान्चक जित

धनगढी प्रिमियर लिग (डिपिएल) ३ क्रिकेट अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा सिवाईसी अत्तरियाले धनगढी स्टार्सलाई ५ रनले पराजित गर्दै प्रतियोगितामा उद्घाटन सुरुवात गर्यो। धनगढी स्टार्सको भने यो लगातार दोश्रो हार हो।  यसअघि हिजो भएको खेलमा धनगढी काठमाण्डौसँग ४ विकेटले पराजित भएको थियो।

अत्तरियाले दिएको ९६ रनको बिजयी लक्ष्य पछ्याएको धनगढी स्टार्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९० रन बनायो।

धनगढीले मात्र १० रनको स्कोरमा सुनिल धमला ४ रन र अमित श्रेष्ठ पहिलो बलमा नै पेभेलियन फर्किएका थिए। त्यसपछि सन्दिप रजाली र रोहन मुस्तफापनि क्रमश: ११ रन (२८ बल) र १८ रन (२७ बल, २ चौका) मा आउट भए।

धनगढीले लगातार विकेट गुमाउनेक्रम जारि नै रह्यो। उसका पवन सर्राफ शुन्य, सोमपाल कामि १०, आमिर हयात ४ रनमा आउट भए। सौरभ खनाल पनि गोल्डेन डक हुँदा टिमको स्कोर ७०/८ मा पुगेको थियो। यस्तै राजु रिजाललाई स्ट्राक दिनको लागि रन लिन खोज्दा रोबिन क्षेत्री पनि २ रनमा आउट भए।

कमल ऐरीले गरेको अन्तिम ओभरमा जितको लागि १८ रन आबश्यक रहेका बेला राजु रिजालले पहिलो बलमा चौका, तेस्रो बलमा छक्का र पाचौं बलमा २ रन लिएर खेललाई रोमान्चक बनाए। अन्तिम बलमा जितका लागि ६ रन रहँदा राजुले कुनै रन लिन नसकेपछि ५ रनको हार व्यहोर्यो।  राजु रिजाल अविजित २६ रनमा रहे। बिपिन खत्रीले कुनै बलको सामना गरेनन्।

भुवन कार्कीले उत्कृस्ट बलिंग गर्दै १० रन खर्चेर पवन सर्राफ, सोमपाल कामि, आमिर हयात र सौरभ खनाललाई आउट गरे। सन्नी पटेलले २ विकेट, दिपेन्द्र रावत र दिपेन्द्र ऐरीले समान १/१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिंग गरेको अत्तरियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९५ रन बनाएको थियो।

उसका जयकिशन कोल्सवालाले २१ रन (२६ बल, १ चौका, १ छक्का) बनाए। पहिलो विकेटको रुपमा आउट हुनुअघि उनले सुबेन्दु पाण्डेसँग २७ रनको साझेदारी गरे। सुबेन्दुले मात्र ३ रन (१५ बल) बनाएर आउट भए।

त्यस्तै कप्तान दिपेन्द्र ऐरी र प्रेम तामांगले साझेदारी बनाउने प्रयास गरेपनि क्रमश: ११ रन (१६ बल) र १२ रन (२५ बल, १ चौका) मा आउट भए। सन्दिप जोरा पनि मात्र २ रन (५ बल) मा पेभेलियन फर्किए। त्यो संगै अत्तरिया ६५/५ को स्थितिमा पुगेको थियो।

छैठौं विकेटको लागि भुवन कार्की र सन्नी पटेलले ३.४ ओभरमा ३० रनको साझेदारी गरे। पटेल अविजित ३५ रन (२८ बल, २ चौका, २ छक्का) तथा भुवन कार्की अविजित ३ रन (५ बल) मा रहे।

बलिंगतर्फ रोहन मुस्तफाले १४ रन खर्चेर २ विकेट (४-०-१-२) लिए। त्यस्तै बिपिन खत्रीले १० रन तथा अमिर हयातले १९ रन दिएर समान १/१ विकेट लिए। सोमपाल महँगो साबित हुँदै २९ रन खर्चेर १ विकेट लिए।

खेलमा अविजित ३५ रन, ४ क्याच र २ विकेट लिएका सन्नी पटेल प्लेयर अफ द म्याच घोषित भए।





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]