अम्पायरको निर्णयको बिरोध गर्दा सन्नी पटेललाई कारबाही

  • विकेटनेपाल, पौष-३ , शनिवार 

एभरेस्ट प्रिमियर लिग अन्तर्गत मंगलबार सम्पन्न पहिलो क्वालिफायर खेलमा खेलको भावना विपरित व्यवहार देखाएको आरोपमा ललितपुर प्याट्रीएट्सका बिदेशी खेलाडी सन्नी पटेललाई कारबाही गरिएको छ।

काठमाडौँ किंग्स-११ संगको खेलको दौरान दोश्रो इनिंगमा १०९ रनको लक्ष्य पछ्याउने क्रममा लगातार विकेट गुमाएको अवस्थामा ब्याटिंग गर्न आएका पटेललाई ११ औं ओभरमा अम्पायरले प्रदिप साहुको बलमा कट बिहाइन्डको रुपमा आउट दिएपछि पटेलले उक्त निर्णयको बिरोधमा तुरुन्त बिरोध गरेका थिए। पटेल पहिलो बलमा खाता नखोल्दै छैठौं विकेटको रुपमा आउट भएका थिए।

११ औं ओभरको तेश्रो बलमा भारतीय लेग स्पिनर साहुको ठुलो टर्न लिएको लेग स्पिन बल रोक्न खोज्दा विकेटकिपरले बललाई क्याच गरेका थिए। विकेटकिपरले क्याच गरेपछि बलर र किपर दुवैले ठुलो अपिल गर्दा अम्पायर बिनय कुमार झाले आउटको निर्णय दिएका थिए।

सन्नी पटेल आउट भएको बल 

निर्णय लगत्तै सन्नी पटेलले आफु आउट नभएको बताउन अम्पायरलाई इंगित गर्दै ब्याट र हात उचाल्दै बिरोध गरेका थिए भने मैदान बाहिर जान समेत ढिला गरेका थिए। त्यस क्रममा उनले बिपक्षी टिमका खेलाडीहरुसंग समेत बहस गरेका थिए। विकेटनेपाललाई जानकारी प्राप्त भए अनुसार पेभेलियनमा पुगेर समेत पटेलले आफ्नो भडास निकाल्दै अम्पायरलाई गालि गरेका थिए।

आउट भएपछि अम्पायरको निर्णयको बिरोध गर्दै सन्नी  

 

टेलिभिजन रिप्लेमा हेर्दा साहुको उक्त बलमा ब्याट र बल बिच केहि दुरी देखिएको थियो। टेलिभिजन कमेन्टेटर नभनित कृष्णाले उक्त निर्णय पछि बल र ब्याट बीच ठुलो ग्याप देखिएको भन्दै अम्पायरको निर्णय गलत भएको बताएका थिए।

बिपक्षी केभिन ओ ब्रायनसंग बहस गर्दै सन्नी 

खेलपछि पटेललाई उनले पाउने म्याच फिको ७५ प्रतिशत जरिवाना लगाईएको छ भने ३ डिमेरिट अंक समेत दिईएको छ। उनले ईपीएल खेलेबापत पाउने कुल रकमबाट खेलेको खेलले भाग गर्दै १ दिनमा पर्न आउने पैसाको ७५ प्रतिशत रकम ईपिएल आयोजकलाई बुझाउनु पर्नेछ। डीमेरिट अंक ४ अंक पुगेमा खेलाडीलाई केहि खेलको खेल्न समेत प्रतिबन्ध लाग्ने गर्छ।

इपिएलद्वारा जारि बिज्ञप्तिमा पटेलले खेल पछि म्याच रेफ्रीसंग आफ्नो गल्ति स्विकारी सकेको बताईएको छ।

खेल पछि गरिएको पत्रकार सम्मेलनमा ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले अम्पायारिंगको स्तर माथि प्रश्न उठाएका थिए र आफु आउट भएको बलपनि आउट नभएको प्रतिक्रिया दिएका थिए। ज्ञानेन्द्र एलबिडब्लु हुँदा उनले आफ्नो ब्याटको किनारा लागेको बताएका थिए।

अत्यन्त रोमान्चक क्वालीफायर खेलमा काठमाडौँलाई अन्तिम बलमा ललितपुरले १ विकेटले पराजित गरेको थियो। जितसंगै ललितपुर फाइनल प्रवेश गरिसकेको छ भने काठमाडौँले इलिमीनेटरमा भैरहवा ग्ल्याडीएटर्स र चितवान टाइगर्स बीचको विजेतासंग खेल्नेछ जुन खेलको विजेताले ललितपुरसंग फाइनल खेल्नेछ।

ईपिएलको जारि संस्करणमा यस अघि पोखरा राइनोजका खेलाडी शुबेन्दु पाण्डेलाई पनि अम्पायरको निर्णयको बिरोध गरेकोमा कारबाही स्वरुप म्याच फिको १० प्रतिशत जरिवाना र १ डीमेरिट अंक दिईएको थियो। भर्खरै सम्पन्न पोखरा प्रिमियर लिगमा समेत बिराटनगर टाईटन्सका कप्तान सन्दिप लामिछाने कारबाहीमा परेका थिए। सन्दिपले पनि अम्पायरको निर्णयको बिरोध गरेका थिए।

भारत गुजरातका पटेल गत सिजन एभरेस्ट प्रिमियर लिग देखि धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिगमा समेत प्रतिनिधित्व गरिसकेका छन्।

के-हो डी-मेरिट अंक ?

अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०१६ बाट प्रयोगमा आएको डी-मेरिट अंक खेलाडीको अनुसासन कायम गर्न प्रयोग गरिने मापदण्ड हो। अन्तर्राष्ट्रिय क्रिकेटमा २४ महिनाको समयमा कुनै खेलाडीले ४ डी-मेरिट अंक बटुलेमा १ टेस्ट वा २ सिमित ओभर क्रिकेट खेलबाट निलम्बन गर्ने नियम छ।

नेपाली घरेलु क्रिकेटमा भने डी-मेरिट अंक १२ महिनासम्मको समयका लागि रहने छ। त्यस अवधिमा ४ अंक कुनै खेलाडीले पाएमा उसलाई केहि खेलको प्रतिबन्ध लगाईनेछ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]