पिपिएलमा तहल्का पिटेका सन्नी पटेल र गौरभ तोमर इपिएल खेल्ने पक्का

  • विकेटनेपाल, मङ्सिर-६  

आउदो मङ्सिर २२ गते ( डिसेम्बर ८-२२ ) देखि सुरु हुने एभरेस्ट प्रिमियर लिग प्रतियोगितामा पोखरा प्रिमियर लिग पिपिएल टि-२० मा उत्कृस्ट प्रदर्शन गर्दै प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका भारतीय खेलाडी सन्नी पटेल र उत्कृस्ट ब्याट्सम्यान चुनिएका गौरभ तोमर एभरेस्ट प्रिमियर लिगमा पनि खेल्ने पक्का भएको छ।

गत महिना पोखरामा सम्पन्न पिपिएलमा पारस खड्का कप्तानीको टिम चितवन राइनोजको प्रतिनिधित्व गरेका सन्नी पटेलले टिमलाई फाइनलसम्म पुर्याउन ब्याटिंगमा कुल १९४ रन तथा बलिङ्गमा १० विकेट लिएका थिए भने उत्कृस्ट खेलाडी स्वरुप सुजुकी मोटरसाइकल समेत पाएका थिए। पटेलले काठमाडौँ रोयल्स बिरुद्धको इलिमिनेटर खेलमा ३ विकेट ( ४-०-९-३ ) लिंदै टिमलाई फाइनल पुर्याएका थिए।

ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाडौँ रोयल्सको लागि खेल्दै पिपिएलमा उत्कृस्ट ब्याट्सम्यान चुनिएका गौरभ तोमरले पनि पहिलो पटक इपिएल खेल्ने पक्का भएको छ। तोमरले पिपिएलमा २ अर्धशतक प्रहार गर्दै कुल २१२ रन बनाएका थिए। यस क्रममा उनले धनगढी ब्लुज बिरुद्ध प्रतियोगिताकै सर्वाधिक व्यक्तिगत स्कोर ९५ रन तथा बिराटनगर टाईटन्स बिरुद्ध ६६ रन बनाएका थिए।

Sunny Patel
Sunny Patel ( Photo – Lalit Patriots Facebook )

एभरेस्ट प्रिमियर लिगमा एउटा टिमले १५ जना खेलाडीको टिममा ३ जना बिदेशी राख्नै पर्ने नियम रहेको छ र ३ जना खेलाडीलाई अन्तिम ११ मा पनि समाबेस गर्नुपर्ने नियम रहेको छ। त्यसै नियम अनुरुप ज्ञानेन्द्र मल्ल कप्तानीको इपिएल टिम ललितपुर प्याट्रीएट्सले सन्नी पटेल र गौरभ तोमरलाई टिममा अनुबन्ध गर्ने निर्णय गरेको हो। पटेल गत सिजन पनि ललितपुर प्याट्रीएट्सबाटनै इपिएल खेलेका थिए।

यस्तै सन्नी पटेलसंगै यो सिजन पनि प्याट्रीएट्सले अघिल्लो सिजन टिममा रहेका अर्का खेलाडी जयकिशन कोल्सावाललाई पनि टिममा समाबेस गरेको छ। पिपिएलमा कोल्सावाला गौरभ तोमरकै टिम काठमाडौँ रोयल्सबाट खेलेका थिए। पिपिएलमा खास प्रदर्शन गर्न नसकेका कोल्सावालाले गत सिजन इपिएलमा भने राम्रो ब्याटिंग गरेका थिए।

Gaurav Tomar ( Pic – Kathmandu Royals Facebook )

कोल्सावालाले ललितपुरलाई गत सिजन प्लेअफसम्म पुर्याउन ७ खेलमा २२७ रन बनाउदै टिम सबैभन्दा सफल खेलाडी मध्ये आफुलाई उभ्याउन सफल भएका थिए। यस्तै पटेलले गत सिजन अलराउण्ड प्रदर्शन गर्दै ४ खेलमा ५ विकेट तथा कुल ६६ रन समेत बनाएका थिए। जयकिशन बरोडाका लागि रणजी खेलीसकेका खेलाडी हुन् भने पटेल गुजरातको लागि रणजी खेलीसकेका खेलाडी हुन्। यस्तै गौरभ तोमर उत्तर प्रदेशको रणजी ट्रफी खेलीसकेका खेलाडी हुन्।

सन्नी पटेल लेग स्पिन बलिङ्ग र विस्फोटक ब्याटिंग गर्नेगर्छन् भने जयकिशन कोल्सावाल विकेटकिपर तथा ओपनिङ्ग ब्याट्सम्यान हुन्। यस्तै गौरभ तोमर माथिल्लो मध्येक्रममा ब्याटिंग तथा स्पिन बलिङ्ग समेत गर्ने गर्छन्।

Jaykisan Kolsawal
Jaykisan Kolsawala

ज्ञानेन्द्र मल्ल मार्की खेलाडी र कप्तान रहेको ललिपुर प्याट्रिएट्सको प्रशिक्षण गत सिजन झैँ पुर्व राष्ट्रिय क्रिकेटर समेत रहेका राजु बस्नेतले गर्नेछन्। ३ जना बिदेशी खेलाडी अनुबन्ध पछि बस्नेतले अनुभवी भारतीय खेलाडी आउनुले इपिएलमा टिम सन्तुलित हुने टिमले जारि गरेको बिज्ञप्तिमा बताएका छन् –

“३ जना अनुभवी र प्रतिभावान भारतीय खेलाडीहरुको आगमनले टिमको सन्तुलन बलियो भएको छ। हाम्रो टिम गत बर्ष भन्दा पनि अझ बलियो र सन्तुलित भएको छ। म बिस्वस्त छु कि हाम्रा खेलाडीहरुले अनुभवी बिदेशी खेलाडीहरुबाट धेरै कुरा सिक्ने अवसर पनि पाउनेछन्।”

मेहबुब आलमलाई राखेन प्याट्रिएट्सले 

प्याट्रिएट्स टिममा ज्ञानेन्द्र मल्लसंगै सन्दिप लामिछाने, ललित राजबंशी, कुशल भुर्तेल, सन्दिप जोरा, राशिद खान, शंकर राना, पवन सर्राफ, सोनु तामांग जस्ता खेलाडीहरु रहेका छन्।

अघिल्लो सिजन टिममा रहेका मेहबुब आलमलाई रिलिज गरेको छ। आलमलाई गत सिजन १ लाख ५० हजार तिरेर टिमले किनेको थियो।

इपिएलमा ३ जना खेलाडीलाई रिलिज गर्न पाउने नियम अनुसार गत सिजन खराब प्रदर्शन ( ४ खेलमा १६ रन र २ विकेट ) प्याट्रिएट्सले आलमलाई रिलिज गरेको हो। यस्तै अर्का खेलाडी राजबिर सिंहलाई पनि रिलिज गर्दै २ जना खेलाडीहरु योगेन्द्र सिंह कार्की र नारायण जोशीलाई टिममा समाबेस गरेको छ। योगेन्द्र यु-१९ राष्ट्रिय खेलाडी तथा नेपाल पुलिस क्लबका खेलाडी हुन् भने नारायण यु-१६ राष्ट्रिय क्रिकेटर हुन्।

Mehboob Alam
Mehboob Alam

एभरेस्ट प्रिमियर लिगमा सिकन्दर राजा (काठमाडौं किंग्स एघार), केभिन ओ ब्रायन (काठमाडौं किंग्स एघार), रोहन मुस्तफा (काठमाडौं किंग्स एघार), पल स्टर्लिंग (चितवन टाइगर्स), मोहम्मद नाबिद (भैरहवा ग्लाडीएटर्स), कायल कोट्जर (पोखरा राइनोज) जस्ता नाम चलेका बिदेशी खेलाडीहरुले सहभागिता जनाउदै छन्।

एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्स ११, भैरहवा ग्लाडीएटर्स, बिराटनगर वारियर्स, पोखरा राइनोज, ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्स गरि ६ टोलीको सहभागिता रहनेछ।

केहि दिनअघि प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट मान्यता समेत पाएको थियो। आईसीसीलाई मान्यता वापत २० हजार डलर लिग आयोजकले तिरेको र आवस्यक पर्ने सबै दस्ताबेजहरु समेत पठाएपछि आईसीसीले मान्यता दिएको आयोजकले जानकारी गराएको थियो।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]