CPL T20 : सुपर ओभरमा गायना द्वारा ट्रिनबागो पराजित

सुपर ओभरमा ट्रिनबागो नाइट राइडर्सलाई पराजित गर्दै गायना अमेजन वारियर्सले करेबियन प्रिमियर लिगमा दोश्रो जित दर्ता गरेको छ।

सेन्ट किट्स स्थित वार्नर पार्क मैदानमा सम्पन्न खेलमा ट्रिनबागोले दिएको १३९ रनको लक्ष्य पछ्याउने क्रममा गायनले २० ओभरमा ९ विकेट क्षेतीमा १३८ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

जितको लागि अन्तिम ओभरमा मात्र ८ रन आवस्यकता हुँदा ट्रिनबागोका देब्रे हाते स्पिनर अकेल होसेनले अन्तिम ओभरमा ७ रन मात्र खर्चिएका थिए। अन्तिम बलमा जित्न २ रन आवस्यक हुँदा इमरान ताहिर दोश्रो रन लिने क्रममा रन आउट भएका थिए।

सुपर ओभरमा पहिले ब्याटिंग गरेको गायनाले ५ बलमा दुवै विकेट गुमाएर ६ रन बनाउन सक्यो। ट्रिनबागोका स्पिनर सुनिल नारायणले तेश्रो र पाँचौ बलमा निकोलस पुरन र शिमरन हेटमायरको विकेट लिए। चौथो बलमा हेटमायरले चौका प्रहार गरेका थिए। ७ रनको लक्ष्य पछ्याउने क्रममा ट्रिनबागोले पहिलो बलमै काइरन पोलार्डको विकेट गुमाउन पुग्यो। रोमारियो शेफर्डले उनलाई लंगअफमा क्याच आउट गराए। त्यसपछि कोलिन मुनरोले दोश्रो बलमा रन बनाउन सकेनन् ,तेश्रो बलमा मुनरोले १ रन लिए भने टिम सेफर्टले चौथो बलमा २ रन लिए। पाँचौ बलमा सेफर्टले रन बनाउन सकेनन् भने अन्तिम बलमा ४  रन आवस्यक हुँदा सेफर्टले १ रन मात्र बनाउन सके। अन्तिम बलमा उत्कृस्ट योर्कर गर्दै रोमारियो शेफर्डले टिमलाई रोमान्चक जित दिलाए।

यस अघि गायनाको दोश्रो इनिंग्समा शिमरन हेटमायर र कप्तान निकोलस पुरनले समान २७ रन, रोमारियो सेफर्डले १८ रन तथा मोहम्मद हफिजले १६ रन बनाएका थिए। ट्रिनबागो पेसर रभी रामपौलले ४ विकेट ( ४-०-२९-४ ) तथा सुनिल नारायणले ४ ओभरमा मात्र ९ रन दिएर २ विकेट लिएका थिए। अकेल होसेन र खरी पीएरिले समान १ विकेट लिए।


टस हारेर पहिले ब्याटिंग गरेको ट्रिनबागोले २० ओभरमा ९ विकेट क्षेतीमा १३८ रन बनाएको थियो। उसको लागि कोलिन मुनरोले सर्वाधिक ३२ रन, सुनिल नारायण र इसुरु उडानाले सर्वाधिक २१ रन तथा टायन वेबस्टरले १९ रन बनाएका थिए। गायनाको बलिंगमा दायाँ हाते पेसर रोमारियो सेफर्ड ३ विकेट ( ४-१-२४-३ ) र मोहम्मद हफिजले ( ३-०-१८-३ ) ले समान ३ विकेट तथा चन्द्रपौल हेमराज, नभिन उल हक र इमरान ताहिरले समान १ विकेट लिएका थिए।

सन्ता किट्सको जित 

गय राति सम्पन्न दोश्रो खेलमा सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सले जमैका तलावाज लाई ६ विकेटले पराजित गर्यो।

जमैकाले दिएको १६७ रनको लक्ष्य सेन्ट किट्सले १७.४ ओभरमा ४ विकेट गुमाएर भेटायो। सेन्ट किट्सको लागि शर्फेन रुथरफोर्डले अविजित सर्वाधिक ५० रन बनाए जुन क्रममा २६ बलमा २ चौका र ४ छक्का प्रहार गरे। यस्तै इभिन लुइसले ३९ तथा फाबियन एलेनले अविजित ३० रन बनाए। रुथरफोर्डले एलेनसंग पाँचौ विकेटको लागि ५५ रनको साझेदारी गरे।


टस हारेर ब्याटिंग गरेको जमैकाले २० ओभरमा ८ विकेट क्षेतीमा १६६ रन बनाएको थियो। उसको लागि कार्लोस ब्राथवेटले सर्वाधिक २७ , चाडविक वाल्टनले २६, रोभम्यान पावेलले २४ रन योगदान दिए। सेन्ट किट्सका कप्तान ड्वेन ब्राभोले ३ विकेट ( ४-०-२५-३ ) लिए भने पल भान मिकीरन र डोमिनिक ड्रेक्सले समान २ विकेट लिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy