सुपर ओभरमा ब्याटिंगमा इशान किशनलाई किन पठाईएन ? रोहितले बताए कारण

१३ औं इन्डीएन प्रिमियर लिगमा रोमान्चक खेलहरुको शिलशिला कायमै छ जस अन्तर्गत सोमबार राति अर्को सनसनीपूर्ण खेल भयो। रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इन्डीएन्स बीचको खेल बराबरी भयो जुन लिगको दोश्रो बराबरी खेल थियो ( दिल्ली र पन्जाब पछि ) । खेलमा बैंगलोरले अन्ततः सुपर ओभरमा मुम्बईलाई पराजित गरि छाड्यो। सुपर ओभरमा बैंगलोरसंग मुम्बई पराजित

दोश्रो इनिंगको अन्तिम बलमा काइरन पोलार्डले चौका प्रहार गर्दै मुम्बईले बैंगलोरले दिएको २०१ रनको लक्ष्य बराबरी गर्यो। सुपर ओभरसम्म टिमलाई पुर्याउन आक्रामक ब्याटिंग गर्दै उत्कृस्ट योगदान दिएका इशान किशन सुपर ओभरमा ब्याटिंग गर्न जाने धेरैको अपेक्षा थियो तर त्यसो भएन। काइरन पोलार्ड र हार्दिक पान्ड्यालाई सुपर ओभर खेल्न पठाइयो। किशनले मुम्बईको लागि ५८ बलमा ९९ रन बनाउदै लगभग मुम्बईलाई खेल जिताएका थिए। तर उनलाई सुपर ओभरमा नपठाउने निर्णय प्रति धेरैले प्रश्न उठाए। सुपर ओभरमा मुम्बईले मात्र ७ रन बनाउन सक्यो जसलाई पछ्याउने क्रममा बैंगलोर कप्तान बिराट कोहलीले अन्तिम बलमा चौका प्रहार गरे।

किशनलाई नपठाईएको बारे मुम्बई कप्तान रोहित शर्माले खेल पछि कारण बताएका छन् –

“उनि पुरै थकित थिए र तयार थिएनन्। हामीले पनि उनलाई पठाउने सोचेका थियौं तर उनले ताजा महसुस गरेनन्। त्यसपछि लामो सट हिर्काउन हामीले विश्वास गर्ने हार्दिक थियो।”

“मात्र ७ रन रक्षा गर्न भाग्य साथ हुनु जरुरि थियो, विकेट लिनु पर्थ्यो तर दुर्भाग्यबस एउटा बाउन्ड्री गयो।” सुपर ओभर बारे शर्माले बताए।

इशान किशनले ९९ रन बनाए

“यो क्रिकेटको शानदार खेल थियो। हामीले ब्याटिंग सुरु गर्दा हामि खेलमै थिएनौ। इशन र पोलार्डले सधै जस्तै शानदार ब्याटिंग गरे। हामीले सुरुवात राम्रो गर्न सकेनौं। मलाई लाग्छ २०० रन हामीले पछ्याउन सक्छौं जस्तो हाम्रो ब्याटिंग छ। हामीले सुरुवातको ६-७ ओभरमा लय पायौं र ३ विकेट गुमाउन पुग्यौं।”

“पोलार्ड क्रिजमा हुन्छन् भने जे पनि हुन सक्छ। इशानले राम्रो प्रहार गर्दै थिए त्यसैले विश्वास थियो कि हामी त्यहाँ पुग्छौं। हामीले भन्दा बैंगलोरले आफूलाई बढी नियन्त्रणमा राख्यो। खेलबाट हामीले धेरै सकारात्मक कुरा लिएका छौँ जुन आगामी खेलमा लागु गर्नेछौँ।” रोहितले बताए।

सैनीले सुपर ओभरमा उत्कृस्ट बलिंग गरे – कोहली 

बैंगलोर कप्तान कोहलीले दोश्रो जितपछि खेलबारे बताए – “मसंग शब्द छैन। यो निकै उतारचढावको खेल थियो। मलाई लाग्छ उनीहरुले निकै राम्रो र धैर्यतापूर्वक खेले। “यो उच्चस्तरीय क्रिकेट थियो जुन सबैलाई हेर्न मन पर्छ।”

सुपर ओभरमा स्वयम् आउनुको पछाडी कोहलीले कारण बताए – “मलाई लाग्छ २ रन लिनको लागि म र ए बि उत्तम बिकल्प थियो। मैदानमा जिम्मेवारी लिने कुरा हो।”

“फिल्डिंगमा हामिले अझै मेहनत गर्नुपर्छ। हामीले मौका नगुमाएको भए खेल त्यति नजिक जाने थिएन।”

“वासिंगटनले उत्कृस्ट बलिंग गरे जसलाई हामीले न्याय गर्यौं। सैनीले सुपर ओभरमा उत्कृस्ट बलिंग गरे। उनले योर्कर र वाइड बललाई राम्रो प्रयोग गरे। यसले हामीलाई अघि बढ्न प्रेरणा दिएको छ।”

बैंगलोरको लागि ब्याटिंगमा देभदत्त पडीक्कल, आरोन फिन्च र एबि डी भिल्लीयर्सले क्रमशः ५४,५२ र ५५ रन बनाएका थिए। बलिंगमा वासिंगटन सुन्दरले ४ ओभरमा मात्र १२ रन खर्चेर रोहित शर्माको विकेट लिएका थिए। डेब्यु गर्ने क्रममा इसुरु उडानाले ४५ रन खर्चेर २ विकेट लिए।

बैंगलोर  आईपीएल अंकतालिकाको तेश्रो स्थानमा पुगेको छ। ३ खेलमा २ जित पछि बैंगलोरको ४ अंक रहेको छ तर -१.४५० नेट रन रेट भएका कारण दिल्ली समान अंक रहेता पनि तथा राजस्थान दोश्रो स्थानमा रहेको छ। मुम्बई ३ खेलमा दोश्रो हार पछि पाँचौ स्थानमा रहेको छ जसको नेट रन रेट ०.६५४ रहेको छ। पन्जाब १ स्थान माथि रहेको छ जसको पनि समान २ अंकनै रहेको छ। कोलकाता र चेन्नाई छैठौं र सातौँ स्थानमा रहेको छ भने दुवै खेलमा पराजित हैदरावाद पुछारमा रहेको छ।

लिग अन्तर्गत बैंगलोरले आगामी खेल राजस्थान बिरुद्ध शनिबार ( अक्टोबर ३ ) खेल्नेछ। मुम्बईले आगामी खेल बिहिबार ( अक्टोबर १ ) पन्जाब बिरुद्ध खेल्नेछ।

मंगलबारको खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादसंग प्रतिस्पर्धा गर्नेछ। शेख जायद स्टेडीयम, अबु धाबीमा हुने खेल राति ७:४५ बजे सुरु हुनेछ। दिल्लीले खेलेको दुवै खेलमा जित हात पार्दा हैदरावाद दुवै खेलमा पराजित भएको छ।

सुपर ओभरमा मुम्बई पराजित, सनसनीपूर्ण खेलमा बैंगलोरको जित

IPL : अंकतालिका, ताजा अरेन्ज र पर्पल क्याप लिस्ट ( मुम्बई र बैंगलोरको खेल पछि )

बैंगलोर र मुम्बई बीचको खेलमा बनेका ९ रोचक रेकर्डहरु

“इमान्दार भएर भन्छु, मैले जति पाउनु पर्ने हो त्यति पाईन” मिश्रा

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy