फर्गुसनले घातक बलिंग गर्दा सुपर ओभरमा कोलकाताद्वारा हैदरावाद पराजित

युएईमा जारि आईपीएल २०२० अन्तर्गत आइतबारको पहिलो तथा लिगको ३५ औं खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै पाँचौ जित दर्ता गरेको छ।

अबुधाबी स्थित शेख जायद स्टेडियममा कोलकाताले दिएको १६४ रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएपछि खेल बराबरी भएको थियो। जसपछि खेलको निर्णय सुपर ओभरमा गरिएको थियो। सुपर ओभरमा पहिले ब्याटिंग गरेको हैदरावादले मात्र २ रन बनाउन सकेपछि ३ रनको लक्ष्य कोलकाताले ४ बलमा पछ्यायो।

आईपीएल २०२० मा सुपर ओभरमा पुगेको यो तेश्रो खेल थियो। यस अघि दिल्ली र पन्जाब तथा मुम्बई र बैंगलोर बीचको खेल पनि सुपर ओभरमा पुगेको थियो जसमा दिल्ली र बैंगलोर विजयी भएको थियो। एकै सिजन ३ वटा खेल सुपर ओभरमा पुगेको यो पहिलो पटक हो।

सुपर ओभरमा के भयो 

सुपर ओभरमा हैदरावादले पहिले ब्याटिंग गर्यो जसको लागि डेभिड वार्नर र जोनी बेयरस्टो ब्याटिंग गर्न आए। कोलकाताको लागि बलिंग लकी फर्गुसनले गरे।

पहिलो बलमा फर्गुसनले वार्नरलाई बोल्ड गरे। त्यसपछि दोश्रो बलमा अब्दुल समदले २ रन लिए। तेश्रो बलमा समदलाई बोल्ड गर्दै फर्गुसनले २ रनमै हैदरावादलाई सिमित गरे।

मात्र ३ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताको लागि ब्याटिंगमा कप्तान मोर्गन र दिनेश कार्तिक आए। बलिंगमा हैदरावादका लेग स्पिनर राशिद खान आए।

राशिदले पहिलो बलमा डट गरे भने दोश्रो बलमा मोर्गनले १ रन लिए। तेश्रो बलमा दिनेश कार्तिकले रन बनाउन सकेनन्। चौथो बलमा लेग बाइको रुपमा २ रन आएपछि कोलकाताले खेल जित्यो।

सुपर ओभरको पहिलो बलमै वार्नरलाई फर्गुसनले बोल्ड गरे

हैदरावादको ब्याटिंग, वार्नरको उत्कृस्ट ब्याटिंग 

हैदरावादको लागि कप्तान डेभिड वार्नरले अविजित ३३ बलमा ५ चौका मद्दतले ४७ रन बनाउदै खेल बराबरी गर्न महत्वपूर्ण योगदान दिए।जोनी बेयरस्टोले २८ बलमा ७ चौका हिर्काउदै ३६ रन बनाए। केन विलियमसनले १९ बलमा ४ चौका र १ छक्का हिर्काउदै २९ रन बनाए। अब्दुल समदले १५ बलमा २ चौका र १ छक्का मद्दतले २३ रन बनाए।

हैदरावादको लागि डेभिड वार्नरको स्थानमा ओपनिंग गर्न आएका केन विलियमसन र जोनी बेयरस्टोले ५७ रनको ओपनिंग साझेदारी गरे। सातौँ ओभरमा पहिलो बलमा विलियमसनलाई लकी फर्गुसनले क्याच आउट गराएपछि भने हैदरावादले लगातार विकेट गुमायो। नवौं ओभरमा प्रियम गर्ग ( ४ रन ) , दशौँ ओभरमा बेयरस्टो तथा १२ औं ओभरमा मनिष पाण्डे ( ६ रन ) बनाएर आउट भए। गरग र पाण्डेए फर्गुसनले बोल्ड गरे।

पाँचौ विकेटको लागि डेभिड वार्नर र विजय शंकरले २७ रनको साझेदारी गरे। १६ औं ओभरमा शंकरलाई ( ७ रन ) प्याट कमिन्सले क्याच आउट गराउदै कोलकातालाई खेलमा हावी गराए। तर पनि वार्नरले एक किनार सम्हालीरहे र समदसंग साझेदारी गर्दै जितको आशा जगाए।

वार्नरले अविजित ४७ रन बनाए

अन्तिम ३ ओभरमा जितको लागि हैदरावादलाई ३७ रन आवस्यक थियो। फर्गुसनले १८ औं ओभरमा मात्र ७ रन खर्चिए। ओभरको चौथो बलमा आन्द्रे रसेलले समदको क्याच छुटाउन पुगे। अन्तिम २ ओभरमा ३० रन आवस्यक रह्यो।

१९ औं ओभरमा शिभम माभी बलिंग गर्न आए। ओभरको पहिलो बलमा समदले र तेश्रो बलमा वार्नरले चौका प्रहार गरे। अन्तिम बलमा समद डिप- मिड विकेट बाउन्ड्रीमा शुबमन गिलबाट समातिन पुगे। ओभरमा १२ रन आयो जसपछि अन्तिम ओभरमा जितको लागि १८ रन आवस्यक रह्यो।

अन्तिम ओभर बलिंग गर्न आन्द्रे रसेल आए। रसेलले पहिलो बलमै नो बल दिए। त्यसपछिको बलमा राशिदले १ रन लिंदै वार्नरलाई स्ट्राइक दिए। वार्नरले दोश्रो, तेश्रो र चौथो बलमा लगातार चौका हिर्काए। त्यसपछि २ बलमा जित्न ४ रन आवस्यक रह्यो। पाँचौ बलमा वार्नरले २ रन लिए।

जितको लागि अन्तिम बलमा २ रन आवस्यक रह्यो। अन्तिम बलमा लेग बाइको रुपमा १ रन आयो जसपछि खेल सुपर ओभरमा पुग्यो।

कोलकाताको बलिंगमा सिजनमा पहिलो पटक मौका पाएका न्युजिल्यान्ड फास्ट बलर लकी फर्गुसनले लिग करियरमा व्यक्तिगत उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र १५ रन खर्चिए।

शिभम माभी ( ३-०-३४-१ ) , प्याट कमिन्स ( ४-०-२८-१ ) र वरुण चक्रवर्ती ( ४-०-३२-१ ) ले समान १ विकेट लिए। आन्द्रे रसेल ( २-०-२९-० ) र कुलदिप यादव ( ३-०-१८-० ) विकेटविहिन रहे।

कोलकाताको ब्याटिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाएको थियो।

कोलकाताको लागि शुबमन गिलले ३७ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ३६ रन बनाए। कप्तान ओएन मोर्गनले २३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३४ रन तथा दिनेश कार्तिकले अविजित २९ रन बनाए जुन क्रममा १४ बलमा २ चौका र २ छक्का हिर्काए। यस्तै नितिश रानाले २० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २९ रन तथा राहुल त्रिपाठीले १६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रन बनाए।

मोर्गन र कार्तिकले अर्धशतकीय साझेदारी गरे

ओपनर शुबमन गिल र राहुल त्रिपाठीले पहिलो विकेटको लागि ४८ रनको साझेदारी गरे। छैठौ ओंभरमा त्रिपाठीलाई नटराजनले बोल्ड गर्दै साझेदारी तोडे।

गिलले दोश्रो विकेटको लागि नितिश रानासंग ३९ रन जोडे। १२ औं ओभरमा गिललाई राशिद खानले क्याच आउट गराए। लगत्तै ओभरमा रानालाई विजय शंकरले क्याच आउट गराए। खराब लय जारि राख्ने क्रममा आन्द्रे रसेललाई नटराजनले १५ औं ओभरमा क्याच आउट गराए। एक समय ८७/१ को अवस्थाबाट कोलकाता १०५/४ को अवस्थामा पुग्यो।

पाँचौ विकेटको लागि कप्तान मोर्गन र कार्तिकले अर्धशतकीय साझेदारी गर्दै टिमको योगफल १५० पार गराए। मोर्गन अन्तिम बलमा बसिल थम्पीबाट आउट हुनु अघि कार्तिकसंग ३० बलमा ५८ रनको साझेदारी गरे। अन्तिम ५ ओभरमा कोलकाताले १ विकेट मात्र गुमाएर ५८ रन बनायो।

हैदरावादको बलिंगमा टि नटराजनले सर्वाधिक २ विकेट ( ४-०-४०-२ ) लिए। बसिल थम्पी ( ४-०-४६-१ ), विजय शंकर ( ४-०-२०-१ ) र राशिद खान ( ४-०२८-१ ) ले समान १ विकेट लिए। सन्दिप शर्मा ( ४-०-२७-० ) विकेटविहिन रहे।

अंकतालिका र आगामी खेल 

जितपछि कोलकाता अंकतालिकामा ९ खेलमा ५ जित र ४ हार पछि १० अंक बटुल्दै चौथो स्थानमा यथावत रहेको छ। दिल्ली १४ अंक सहित पहिलो, मुम्बई र बैंगलोर १२ अंक सहित दोश्रो र तेश्रो स्थानमा रहेका छन्।

हारपछि हैदरावाद पाँचौ स्थानमा यथावत रहेको छ। हैदरावादले ९ खेल खेल्दा ३ खेल मात्र जित्न सकेको छ। बराबर अंक रहे पनि चेन्नाई र राजस्थान छैठौं र सातौँ स्थानमा रहेको छ। पन्जाब ४ अंक सहित आठौँ स्थानमा रहेको छ।

लिग अन्तर्गत कोलकाताले आगामी खेल बुधबार बैंगलोर बिरुद्ध तथा हैदरावादले राजस्थान बिरुद्ध बिहिबार खेल्ने तालिका रहेको छ।

कोलकातालाई राहत : आईपीएलको बलिंग याक्सन कमिटिबाट नारायणले पाए सफाइ

लाइभ अन्तर्वार्तामा पोन्टिङसंग रिशभ पन्तको प्र्यान्क

धवनले शतक बनाउदा चेन्नाईलाई पराजित गर्दै दिल्ली पुनः शिर्ष स्थानमा

कोहली र स्मिथद्वारा डी भिल्लीयर्सको तारिफ – “एबिको लागि कुनै पनि बाउन्ड्री ठूलो छैन”





थप समाचार

यु १९ एसिया कप खेलतालिका सार्वजनिक

काठमाडौं । एसियान क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा यु १९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ । पहिलो खेलमा […]

एनपीएल : गुर्खाजले भित्र्यायो इंग्ल्यान्डका अलराउण्डर ड्यान डौथवेट

काठमाडौँ, नेपाल – काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको प्रमुख क्रिकेट फ्रेन्चाइज काठमाडौँ गुर्खाजले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ का लागि […]

अस्ट्रेलियामाथि पाकिस्तानको जित

काठमाडौं । घरेलु टोली अस्ट्रेलियाले पाकिस्तानसँगको दोस्रो ओडिआईमा शुक्रवार ९ विकेटले पराजित भएको छ । ३ खेलको ओडिआई सिरिजमा पाहुना […]

ओमानले युएईलाई हरायो

काठमाडौं । ओमानले विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा युएईलाई पराजित गरेको छ । बिहीवार भएको खेलमा ओमानले युएईमाथि […]

विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित

नेपालले आइसिसी यु-१९ महिला विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ । युएईमा जारी छनोटमा बिहीवार नेपालले कुवेतलाई […]

नेपाल र कुवेत खेल्दै

काठमाडौं । युएईमा जारी महिला यु-१९ टि-ट्वान्टी विश्वकपको एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतको सामना गर्दैछ । नेपाल र […]