पूर्व भारतीय ओपनिंग ब्याट्सम्यान बिरेन्द्र सेहवागले दिल्ली क्यापिटल्स र सनराइजर्स बिरुद्ध आइतबार राति सुपर ओभरमा पुगेको खेलमा डेभिड वार्नर कप्तानीको हैदरावादले जोनी बेयरस्टोलाई ब्याटिंग गर्न नदिने निर्णयमा आश्चर्य प्रकट गरेका छन्। बेयरस्टोले खेलमा १६० रनको लक्ष्य पछ्याउने क्रममा कप्तान डेभिड वार्नरसंग ओपनिंग ब्याटिंग गर्ने क्रममा आक्रामक ब्याटिंग गर्दै १८ बलमा ३८ रन बनाएका थिए।
बेयरस्टो खेलमा बिपक्षी बलरबिरुद्ध हावी भएका थिए र आक्रामक रुपमा प्रस्तुत भएका थिए। तर सुपर ओभरमा ब्याट्सम्यान चुन्दा बेयरस्टोलाई पहिलो रोजाइमा राखिएन। हैदरावादले डेभिड वार्नर र केन विलियमसनबाट सुपर ओभरमा ओपनिंग गराउने निर्णय लियो। विलियमसनले खेलमा ५१ बलमा अविजित ६६ रन बनाएका थिए। वार्नर र विलियमसनले सुपर ओभरमा मात्र ७ रन बनाउन सक्यो जसलाई दिल्लीले पछ्याउदै जित दर्ता गर्यो।
सेहवागले खेल पछि रमाइलो ट्वीट गर्दै बेयरस्टो ट्वाइलेटमा भएको बाहेक अन्य अवस्थामा उनलाई ओपनिंग नगराएको कुरा अस्वीकार्य भएको बताएका हुन् –
“बेयरस्टो ट्वाइलेटमा नभएसम्म, मैले बुझ्न सकिन किन उनि सुपर ओभरमा पहिलो रोजाइमा पर्न सकेनन्। मुख्य इनिंग्समा उनले १८ बलमा ३८ रन बनाएका थिए र स्पस्ट हिटर देखिएका थिए। चकित पार्दै हैदरावादले राम्रो फाइट त गर्यो तर उनीहरु अचम्मित पार्ने निर्णयको दोषी छन्।”
इंगलिस ब्याट्सम्यान जोनी बेयरस्टो राम्रो लयमा देखिएका थिए र बल राम्रो हिर्काइरहेका थिए। दायाँ हाते ब्याट्सम्यान क्रिजमा भएको भए सुपर ओभरमा हैदरावादले राम्रो गर्न सक्थ्यो। तर उनमा टिम व्यवस्थापनले भरोसा देखाएन।
खेलमा हैदरावादले १६० रनको लक्ष्य पछ्याउने क्रममा केन विलियमसनले कलात्मक ब्याटिंग गर्दै मन जितेका थिए। बेयरस्टो आउट भएपछि विलियमसनले अर्को किनारमा साथ नपाएता पनि अन्तिमसम्म क्रिजमा रहेका थिए। जगदिश सुचितले अन्तिममा आक्रामक सटहरु खेल्दै ६ बलमा २ चौका र १ छक्का मद्दतले १४ रन बनाउदा टिमले खेल बराबरी गर्न सकेको थियो।
हार पछि हैदरावाद लिग अंकतालिकामा ५ खेलमा १ जित र ४ हार पछि २ अंकसहित सातौँ स्थानमा रहेको छ। समान अंक रहेता पनि कोलकाता नेट रन रेटमा पछि पर्दै आठौँ स्थानमा छ। आइतबारको खेलमा विजयी चेन्नाई पहिलो र दिल्ली दोश्रो स्थानमा रहेका छन्। लिगमा हैदरावादले आगामी खेल अप्रिल २८ तारिखमा चेन्नाईसंग खेल्ने तालिका रहेको छ।
यो पनि पढ्नुस
https://wicketnepal.com/ipl-m20-srh-vs-dc-report-wn21/
https://wicketnepal.com/dhoni-ko-sujhaw-jasle-jadeja-37/
https://wicketnepal.com/ashwin-achanak-liye-ipl-bata-break-wn21/