Nepal T20 : सुपर ओभरमा फारवेस्ट पराजित, लुम्बिनीको लगातार चौंथो जित

२०७९ पुष १३, बुधबार १६:०१

नेपाल टी-२० लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा लुम्बिनी अल स्टार्सले फार वेस्ट युनाइटेडलाई हराएको छ ।

त्रिवि क्रिकेट मैदानमा आज बुधवार भएको पहिलो खेलमा लुम्बिनीले फार वेस्टलाई सुपर ओभरलाई हरायो । सुपर ओभरमा लुम्बिनीले दिएको २० रनको लक्ष्य पछ्याएको फार वेस्टले १० रनमात्र बनाउन सक्यो । स्कोरकार्ड 

यसअघि फार वेस्टले दिएको एक सय ३८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३७ रन बनायो । जित्न अन्तिम बलमा ३ रन आवस्यक हुँदा गुल्सन झाले २ रन लिएपछि खेल सुपर ओभरमा पुगेको थियो।

लुम्बिनीका लागि गुलसन झाले नटआउट ३६, लाहिरु मिलन्थाले ३४ र विपुल शर्माले ३१ रन बनाए । फार वेस्टका करण केसी र शेर मल्लले दुई-दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको फार वेस्टले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३७ रन बनायो । फार वेस्टका लागि देव खनालले ४८ र हशमतुल्लाह शाहिदीले ३२ रन बनाए । लुम्बिनीका श्याडली भान स्खलक्विकले दुई विकेट लिए ।

लुम्बिनी लगातार चौथो जित निकाल्दै आठ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको फार वेस्ट दुई अङ्कसहित चौथो स्थानमा छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy