कम योगफलको खेलमा जिम्बाबेसंग आयरल्याण्ड पराजित

२०७४ चैत्र ३, शनिबार ०९:०४

  • विकेटनेपाल, चैत्र २ – शुक्रबार

जिम्बाबेमा जारी विश्वकप छनौट प्रतियोगिता अन्तर्गत शुक्रवार सम्पन्न  सुपर सिक्स चरणको एकमात्र खेलमा आयोजक जिम्बाबेले आयरल्याण्ड माथि १०७ रनको ठुलो अन्तरको जित दर्ता गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ।

हरारे क्रिकेट मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिंगको निम्तो पाएको जिम्बाबेले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २११ रन मात्र बनाउन सक्यो। सिकन्दर राजाले उत्कृष्ट ब्याटिंग गर्दै अविजित ६९(८३ बल, ४ चौका, ३ छक्का) रन जोडे। कठिन परिस्थितिमा सातौँ नम्बरमा आएका राजाले आठौं विकेटका लागि टेन्दाई चिसोरो(२१) संग ४२ रनको महत्पूर्ण साझेदारी गर्दै जिम्बाबेलाई खेलमा फर्काएका थिए। त्यस्तै ब्रेण्डन टेलरले २५ तथा शेफस झुवाओ र क्रेग एर्विनले समान २०-२० रनको योगदान गरे।

आयरल्याण्डको बलिंगमा  टिम मुर्ताघले ३ विकेट हात पारे। १० ओभरको स्पेलमा उनले ३६ रन खर्चेर ३ विकेट चट्काए। यस्तै म्याकब्राइनले २ विकेट लिए ।

ग्रेम क्रिमर बोल्ड हुँदै

जवाफमा २१२ रनको बिजय लक्ष्यको पिछा गरेको आयरल्याण्डले ३४.२ ओभरमा सबै विकेट गुमाउंदै मात्र १०४ रन बनाउन सक्यो र १०७ रनले फराकिलो अन्तरले पराजित भयो।

बिर्सिनलायक आयरल्याण्डको इंनिंगमा ओपनर ब्याट्सम्यान पल स्टिरलिंगले ४१ (७० बल,चौका)  रन प्रहार गरे। यस्तै ग्यारी विल्सनले १५ रन जोडेपनि अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन्। आयरल्याण्डलाई सस्तैमा समेट्न टेन्दाई चिसोरो र कप्तान ग्रेम क्रिमरले समान ३-३ विकेट लिएभने कायल जर्विस, सेन विलियम्स र सिकन्दर रजाले समान १-१ विकेट हात पारे।

सिकन्दर राजा

शनिवार हुने खेलहरु :-

नेपाल Vs  नेदरल्याण्ड

पपुवा न्यु गिनी Vs हंगकंग

फोटोहरु :- (@cricketworldcup)

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy