“कोहि पनि ठोस कारण बिना २० करोड छोडेर हिड्दैन” – सुरेश रैना

आईपीएल टिम चेन्नाई सुपर किंग्सका सुरेश रैनाले गतसाता अचानक व्यक्तिगत कारण आईपीएल नखेल्ने निर्णय लिंदै भारत फर्किएको विषयमा स्पष्टीकरण दिएका छन्। चर्चित क्रिकेट अनलाइन क्रिकबजसंग कुराकानी गर्दै ३३ वर्षीय खेलाडीले उनि माथि टिम मालिक एन. श्रीनिवासनले गरेको प्रतिक्रियालाई एउटा पिताले उसको छोरालाई गाली गर्नु जस्तै रहेको बताएका छन्। चेन्नाई टिमको सर्वाधिक रनकर्ता समेत रहेका बायाँ हाते ब्याट्सम्यानले कुराकानीको क्रममा आफ्नो तथा काकाको परिवारमा घटेको दुर्भाग्यपूर्ण घटनाका कारण आईपीएल क्याम्प छोड्ने निर्णयमा पुगेको बताएका छन्। पढ्नुस उनले क्रिकबजसंग गरेको कुराकानीको नेपाली अनुवाद – 

तपाइँसँग त्यहाँ त्यस्तो के घटना घटेको थियो जसकारण आईपिएल छाडेर घर फर्कन वाध्य गरायो ?

मेरो व्यक्तिगत कारणले गर्दा म परिवारको लागि घर फर्कनु परेको थियो। परिवारमा आकस्मिक समाधान गर्नुपर्ने समस्याहरु थियो। चेन्नाई मेरो लागि परिवार सरह हो र माहि भाइ ( धोनी ) मेरो लागि निकै महत्त्वपूर्ण व्यक्ति रहेको कारण उक्त निर्णय लिनु मेरो लागि कठिन थियो। कसैले पनि कुनै ठोस कारण बिना १२.५ करोड भारु ( २० करोड नेपाली रुपैयाँ ) छोडेर हिड्दैन। मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेपनि म अझै जवान छु र अझै ४-५ वर्ष चेन्नाईको लागि खेल्ने सोचिरहेको छु।

टिम मालिक श्रीनिवासनले तपाईमाथि आलोचनात्मक प्रतिक्रिया गर्नु भयो, त्यसलाई तपाईले कसरि लिनुहुन्छ ? 

उहाँ मेरो लागि पितासमान हुनुहुन्छ जो सधै मेरो पक्षमा उभिनु भएको छ र म वहाँको हृदयसंग नजिक हुनुहुन्छ। उहाँले मलाई सानो छोरा जस्तो व्यवहार गर्नुहुन्छ र म विस्वस्त छु कि वहाँले त्यो सन्दर्भ भन्दा बाहिरको कुरा गर्नु भएको हो। एउटा बाबुले आफ्नो छोरालाई गाली गर्नु स्वभाविक हो। वहाँले उक्त प्रतिक्रिया म फर्किनुको वास्तविक कारण थाहा नभएर हो। अहिले वहाँलाई सबै कुरा जानकारी भएको छ त्यसपछि वहाँले मलाई म्यासेज पनि पठाउनु भएको छ। हामीले यो बारे कुराकानी गरिसक्यौं र चेन्नाई टिम र म यो विषयबाट अघि बढ्न चाहन्छौ।

तपाईले चेन्नाईमा आफ्नो भविष्य कस्तो देख्नुहुन्छ ? 

म क्वारेन्टाइनमा हुँदा समेत यहाँ अभ्यास गरिरहेको थिए। के थाहा, तपाईले मलाई फेरी त्यहाँ क्याम्पमा देख्न सक्नुहुन्छ।

त्यहाँ होटलमा एकै ठाउँमा बन्द भएर बायो-बबल ( Bio Bubble ) मा कसरि बस्नु भयो, यस अघि त्यस्तो कहिले गर्नु भएको थियो ? 

भारतीय क्रिकेट बोर्ड र टिम व्यवस्थापनले सबैलाई सुरक्षित राख्न प्रशंसायोग्य काम गरेको छ। यस्तो कहिले भएको थिएन र सबैको लागि नयाँ थियो। त्यहाँ निकै सुरक्षित वातावरण रहेको थियो र कसैलाई पनि अनुमतिविना यता-उता गर्न अनुमति थिएन। हामि सबै एक्लै कोठा भित्र बस्यौं जहाँ हरेक २ दिनमा टेस्ट हुन्थ्यो।

“मेरो परिवार मेरो लागि सबैभन्दा महत्वपूर्ण छ” रैना

तपाइँ त्यसरी बस्दा त्यहाँ असहज महसुस गर्नु भएको थियो भन्ने कुरा बाहिर आएको थियो ? 

मेरो घरमा सानो बच्चा पनि रहेको परिवार छ मलाई महसुस हुन्थ्यो कि यदी मलाई केहि भइहाल्यो भने उनीहरुको के हुन्छ। मेरो परिवार मेरो लागि सबैभन्दा महत्वपूर्ण छ र त्यो समयमा म उनीहरु बारे निकै चिन्ता गर्थे। भारत फर्किए पनि क्वारेन्टाइनमा बस्नु परेको कारण मैले मेरो बच्चाहरुलाई २० दिन बढी भयो देख्न नपाएको।

तपाईको काका सम्मिलित दुर्भाग्यपूर्ण घटनाको यसमा कति हात थियो ? 

पठानकोट घटना निकै त्रासदीपूर्ण थियो जुन घटनाले परिवारको सबैलाई आतंकित बनाएको छ। त्यसैले मेरो जिम्मेवारी हो फर्केर उनीहरुको ख्याल राख्नु। तर म फर्किएता पनि क्वारेन्टाइनमा छु। त्यसैले अझै पनि मैले मेरो संकटमा रहनुभएको काकी र परिवारलाई भेट्न जानुछ।

चेन्नाई टिमको सदस्यहरुमा पनि कोरोना संक्रमण देखिनुलाई तपाई फर्कनुलाई अझ प्रेरित गरेको हो ? 

त्यो कुरा निकै दुखदायी थियो। यो निकै खतरनाक भाइरस हो जुन त्यत्रो सावधानी पछि पनि स्टाफहरुमा सर्न पुग्यो। त्यसले पनि अनुमान गर्न सकिन्छ। यस्तो अरु कसैलाई पनि हुन सक्छ। म आशा गर्छु सबैजना छिट्टै ठिक हुनेछन्।

यो पनि पढ्नुस :-

IPL : सबैभन्दा सफल बलर मलिंगाले आईपीएल नखेल्ने, अस्ट्रेलियन बलरले प्रतिस्थापन गर्ने

बिग ब्यास टिममा लिन स्टुवार्ट म्याकगिलको सिफारिसले सुनम उत्साहित

परिवारमा घटेको अप्रिय घटना बारे रैनाको ट्वीट

जन्मदिन विशेष : प्रदिप ऐरीको सम्झनलायक १० प्रदर्शन

IPL : धोनीले कति नम्बरमा ब्याटिंग गर्नुपर्ला ? गम्भीरसंग छ जवाफ

“यो पटक आईपीएल सर्वाधिक हेरिनेछ” गांगुली





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]